Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल विशेष
  • Home
  • सरल विशेष
  • अभिभावक तथा शिक्षकको “भाइरल” हुने मोहले बालबालिकाको दुरुपयोग
समाज अभिभावक तथा शिक्षकको “भाइरल” हुने मोहले बालबालिकाको दुरुपयोग
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, असोज ५, २०७९
तीन वर्षीया छोरी समैरा थापाको टिकटक भिडियो खिच्दै २५ वर्षीया आमा सविना थापा ।

-प्रकाश दाहाल/ आइएनएस-स्वतन्त्र समाचार

हेटौंडा । हेटौंडाकी एक बालिकालाई साउथ इण्डियन हिरोइन रश्मिका मन्दनाले भेट्न खोजेको भन्ने विषय केही दिन अघिदेखि  भाइरल भइरहेको छ। युकेजीमा पढ्ने हेटौंडाकी ५ वर्षकी बालिका अहिले नेपालसँगै भारत अनि अन्य देशमा समेत भाइरल  भएकी छन्।

केही समयअघि हिट भएको दक्षिण भारतीय चलचित्र पुष्पाको ‘सामे सामे’ बोलको गीतमा सामूहिक नृत्य गर्दा ती बालिका पनि संलग्न थिइन्। त्यसैक्रममा लिइएको भिडियो अहिले भाइरल भएको हो। सामाजिक सञ्जालमा भाइरल भएपछि उनको घरमा गएर अन्तर्वार्ता लिनेहरूको भीड लागेको छ भने विद्यालयमा पनि पुगेका छन्। ती बालिकाको उमेर सानै भएकाले नकारात्मक असर पर्न सक्ने भएको हुँदा उनलाई भेट्न नआइदिन समेत परिवारले अनुरोध गरेको छ। तर त्यो कुरो युट्युबर, पत्रकारले मात्र होइन नेताजीहरूले पनि टेरेका छन्।

त्यसो त अहिले उनलाई राजनीतिक दलका उमेदवारलेसमेत प्रचार गर्ने माध्यम बनाएका छन्।

राप्रपाका उमेदवार दिपक सिंहले उनको विद्यालयमै  गएर कुराकानी गरेको भिडियो र नाचेको बेलासँगै उभिएको भिडियो पनि भाइरल भएको छ।

एउटा केही कुरालाई पायो भने त्यसलाई बढाइ चढाइ गर्न केही युटुब च्यानल काफी छन्। युटुबसँगै उनको समाचार मूलधारका सञ्चार माध्यमले पनि प्राथमिकता दिएर छापे। मूलधारका टीभीहरूले पनि उनी र उनलाई भेट्न खोज्ने सेलिब्रेटीको भनाइ राखेर रिपोर्ट बनाएका छन्।

हो उनको प्रतिभा छ, सम्मान गर्नुपर्छ। भारतीय नायिकालाई समेत मन पर्यो र उनले पनि भेट्छु भनिछन्। यहाँ बालिकाप्रतिको संवेदनशीलतालाई कत्तिको ख्याल गरिएको छ भन्ने कुरा त्यत्तिकै महत्त्वपूर्ण छ।

अहिले भाइरल भएको समयमा सबैले अन्तर्वार्ता लिन अनि भेट्न आउँछ्न्। केही समयपछि अन्य मानिस भाइरल भएर ओझेल परेजस्तै हुन सक्छिन्– उनी पनि।  त्यतिबेला ती बालिकाको मनोविज्ञान कसले बुझ्छ ? त्यसवेला बाल मनोविज्ञानमा पर्ने असर ख्याल गर्नेतर्फ कसैको ध्यान पुगेको देखिँदैन। सबै आफूलाई आवश्यक सामग्री तयार गर्ने ध्याउन्नमा मात्र रहेका देखिन्छन्।

विगतमा ‘के छ हजुर’ भन्ने थेगो भएका पश्चिम तिरका एक बालकले केही गीत पनि गाएका कारण भाइरल भएका थिए। धेरैले धेरै कुरा गरे, अन्तर्वार्ता लिए, संभाव्य सबै प्रयोग गरे तर पछि ती बालकको अवस्था बारे कसैले वास्ता गरेन। केही समय अगाडि माग्दै हिँडेको उनको भिडियो पो भाइरल भयो। यद्यपि उनी अहिले परिवारकै सदस्यको रेखदेखमा रहेका छन्।

यी र यस्ता प्रतिनिधि उदाहरण धेरै छन्। भाइरल भएका र पछि हाराएकाको सूची लामै छ। अभिभावकले उनीहरूलाई सहजरूपमा अगाडि बढाउन पाए वा सके भने त असल नै होला तर त्यसो हुन सकेन भने के होला ?

बालप्रतिभाका कारण केहीले केही समय छोटो अवधिको लागि प्रगति गरेको पनि देखिएको छ तर उनीहरूको भविष्य त सुरक्षित भएको उदाहरण छैन।

अहिलेको ट्रेण्ड हेर्दा सम्बन्धित बालिकासँग अन्तर्वार्ता गर्न नपाए बुवा आमा, नजिकका आफन्त, टाढाका आफन्त, अलि टाढाका आफन्त, छिमेकी, त्यो पनि नभए उखानमा भनेजस्तै गोरु बेचेको साइनो भएकोमा पुगेर पनि अन्तर्वार्ता लिन पछि पर्दैनन्। शीर्षक हुन्छ– ‘ल हेर्नुहोस्, फलानोको छिमेकीले के भने? फलानोको बारेमा एक्स्क्लुसिभ भिडियो’ आदि इत्यादि।

बालबालिकाको उमेर अनुसार के गर्न हुने, के गर्न नहुने भन्ने परिधी खिच्न जरूरी रहेको तर्क छ– अधिवक्ता मदन दाहालको। भाइरल बालबालिकाको वृत्ति विकास भन्दा पनि आफ्नो स्वार्थ पूर्ति गर्न लाग्नेहरूको जमात बढी भएको उहाँले बताउनुभयो। यस्ता बालबालिकाको हित भन्दा उनीहरूलाई प्रयोग गर्ने र आफू प्राचारित हुने गरी कुनै पनि बालबालिकाको प्रयोग गर्न नहुने उहाँको भनाइ छ। यो कुरा बालबालिकाको सर्वोत्तम हित विपरीत रहेको टीप्प्णी उहाँले गर्नुभयो।

बाल मनोविज्ञानका कारण उनीहरूमा खुशी र कौतुहलता हुनु स्वभाविक छ तर कतिसम्म एक्स्पोज गर्ने, कतिसम्म गरियो भने उनीहरूमा असर पर्दैन भन्ने हेक्का राख्नु जरुरी छ।

अङ्ग्रेजीमा भाइरस भनेको जिवाणु हो, शरीरमा जिवाणु (भाइरस) लाग्नुलाई भाइरल भनिन्छ। भाइरसको वृद्धि साह्रै द्रुत गतिमा हुने भएकाले भाइरसको संक्रमणपछि मानिस बिरामी हुन्छ।

अहिले चलेको भाइरल शब्दले भने भाइरस सरह समाजमा सामाजिक सञ्जालका माध्यमले छिटो फैलिनु भन्ने अर्थ बोकेको छ। साधारण भाषामा भन्दा भाइरल हुनु भनेको सबैले थाहा पाउनु, चिन्नु, धेरै सकारात्मक वा नकारात्मक रूपमा चर्चित हुनु पनि हो।

वयस्क मानिसहरू भाइरल भए त उनीहरूले आफ्नो व्यवस्थापन गर्लान् तर बालबालिकाले कसरी गर्ने ? यसतर्फ अधिकांशको ध्यान गएको देखिदैन।

अहिले हरेक दिन कुनै न कुनै समाचार, गीत वा कुनै घटना भाइरल हुने गरेका छन्।

अहिलेको ट्रेण्ड भनेको सकारात्मक होस वा नकारात्मक रातारात हरेकले हरेक ठाउँबाट सामाजिक सञ्जालमा भाइरल गराइरहेका पनि हुन्छन्।

बालबालिकाको हकमा यही खालको लोकप्रियता कायम नरहन सक्छ। त्यही खालको प्रतिभा नरहन पनि सक्छ। त्यस्तो नहुँदाको अवस्थामा भने उनीहरूमा विचलन आउन पनि सक्छ। पहिले राम्रो थियो अहिले बिग्रियो भनेर बालबालिकामाथि दवाव पर्छ।

सामाजिक सञ्जालमार्फत प्राप्त हुने स्टारडम त क्षणिक  समयका लागि मात्र हो। यसले भोलिका दिनमा निरन्तरता पाइरहन वा नपाउन पनि सक्छ। निरन्तरता नपाएपछि उनीहरूमा विचलन आउन सक्ने जोखिमलाई हामीले कम आँक्न हुँदैन। स्टारडमलाई कायम  राख्न चुनौती हुन्छ, आफूले आफैंलाई दबाब दिने त छँदैछ त्यसमाथि परिवार, आफन्त अनि छिमेकीको समेत दबाब झेल्नुपर्ने हुनसक्छ। स्टारडममा केन्द्रित हुँदा उनीहरूले आफ्नो पढाइ बिगार्ने सम्भावना पनि उच्च रहन्छ। अस्वाभाविक चर्चाका कारण उनीहरू हौसिने र घमण्डी बानिव्यहोरा विकास हुने सम्भावनालाई पनि नकार्न सकिन्न।

अहिले घरका सदस्यहरूले नै टिकटक भिडियो जबर्जस्ती बनाउने गरेका पनि छन्। अभिनय गर्न जानेन मानेन भने गाली गलौज र कुटपिट गर्न पछि नपर्ने भएका छन्। यो सब गरेर हामीले बाल अधिकार हनन गर्ने मात्र होइन उनीहरूको स्वतन्त्रतामा समेत अंकुश लगाइरहेका छौँ।

भाइरल भएका कारण त्यसले दीर्घकालीन रूपमा फाइदा हुने  भए त भलो नै हुन सक्छ तर  बाल मनोविज्ञानलाई असर पुगे के होला ? यस्तो कार्य समाजका कसैले पनि गर्नु उचित छैन। समाजले त हरेक बालबालिकालाई उत्तरोत्तर प्रगति हुनेदिशातर्फ लाग्न प्रेरित गर्न सक्नुचाहिँ बढी उपयोगी हुन्छ।

बाल मनोविज्ञानमा भाइरल हुँदा र त्यसपछि गुमनाम हुँदा के असर पर्छ भनेर खासै अध्ययन भएको छैन। तर पश्चिमी देशहरूमा बालबालिकालाई भाइरल बनाइदिदा उनीहरूको आर्थिक तथा शारीरिक शोषण हुन सक्ने भएकाले त्यससम्बन्धी कानुनको माग हुन थालिसकेको छ।

अमेरिका बाल तथा किशोरकिशोरीको मनोविज्ञानका विशेषज्ञ डा. पाउल वेगलेको सामाजिक सञ्जालमा बालबालिकाको बढी संलग्नता उनीहरूको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ। डा. पाउल भन्नुहुन्छ, “सामाजिक सञ्जालले सबैभन्दा बढी असर गर्ने बालबालिकाको निद्रामा हो र राम्रो निद्रा उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यका लागि अत्यावश्यक छ।” डा. पाउलको भनाईमा सामाजिक सञ्जालमा बालबालिकाको बढी संलग्नता र बालबालिकाको बढ्दो गम्भीर सामाजिक व्यग्रता (एन्जाइटी) तथा अवसाद (डिप्रेशन) जस्ता मानसिक समस्याका बीचमा गहिरो सम्बन्ध छ।

त्यसैले पश्चिमि देशहरूमा सामाजिक सञ्जालमा दुरूपयोग हुनबाट बालबालिकालाई कसरी जोगाउने भने अभिभावक तथा शिक्षकलाई सिकाउन थालिएको छ । तर हाम्रो दुर्भाग्य, यहाँ त अभिभावक तथा शिक्षक नै आफू “भाइरल” हुन बालबालिकाको दुरुपयोग गर्छन्।


प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्