Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल विशेष
  • Home
  • सरल विशेष
  • रित्तिदै गाउँहरु, के हाम्रा गाउँ मर्दै गएका हुन् ?
सरल विशेष / फिचर रित्तिदै गाउँहरु, के हाम्रा गाउँ मर्दै गएका हुन् ?
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, असोज ३, २०७९
आवरणः ताल्चा लगाइएको एउटा घर। तस्बिरः राजेश घिमिरे

- प्रकाश दाहाल / आइएनएस-स्वतन्त्र समाचार

मकवानपुर । सुगम क्षेत्र अनि सहरी सुखभोग रोजेका कारण मकवानपुरका ग्रामीण बस्तीमा जनसंख्या क्रमशः पातलिदै गएका छन्। ग्रामीण क्षेत्रमा विभिन्न सेवा सुविधाहरू पर्याप्त नभएपछि रित्तिने क्रम बढ्नु त स्वाभाविक नै हो तर सबै कुरा घर अगाडि नै आइपुगेका गाउँबाट समेत मानिस सहर पस्न थाल्नुको कारणचाहिँ यहाँ नीति निर्माताले पनि बुझ्न सकेका छैनन। ग्रामीण क्षेत्रमा घनाजङ्गल नजिकै हुने र विभिन्न वन्यजन्तुका त्रास, शिक्षा, स्वास्थ्य, रोजगारी तथा यातायातको कठिनाइका कारण पनि शहर या सदरमुकाममा आकर्षण बढ्दै गएको देखिन्छ।

पालिकाको बसाइँसराइको तथ्याङ्क हेर्दा शहरी क्षेत्रमा बसाइँ सरेर आउने दर उच्च देखिएको छ भने ग्रामीण क्षेत्रमा बसाइँ सरेर जाने अत्यन्तै कम देखिएको छ। मकवानपुरका १० वटा पालिका मध्ये हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा भने बसाइँ सरेर जाने भन्दा आउनेको संख्या बढि देखिएको छ। बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकामा २०७८ सालमा मात्र बसाइँ सरेर १ हजार २ परिवारका ३ हजार ६८७ जना आएका छन् भने ५६० परिवारका १ हजार ९३४ जनाले मात्र उपमहानगरपालिका छोडेका छन्। २०७७ सालमा १ हजार ८५२ परिवार बसाइँ सरी आएका छन् भने ८ सय ४ परिवार बसाइँ सरी गएको तथ्याङ्क छ। यसैगरी २०७६ सालमा ४६० परिवार बसाइँ सरी आएका  थिए भने २५० परिवार हेटौडाबाट अन्यत्र गएका थिए।

बागमती प्रदेशको राजधानी भएका कारण पनि हेटौडा उपमहानगरपालिकामा बसाइँ सरेर आउनेको लहर बढेको छ।

यता मकवानपुरको विकट भनेर चिनिने कैलाश गाउँपालिकाबाट बसाइँ सरेर जाने दर बढ्दो छ। सो पालिकामा २०७६ सालमा बसाइँ सरी जाने १०४ परिवारका २६३ जना थिए भने बसाइँ सरेर आउने ४ परिवारका जम्मा १४ जना मात्र थिए। यसैगरी २०७७ सालमा २०० सय परिवार पालिका बाहिर बसाइँ सरेर गएभने १७ परिवार कैलाश गाउँपालिकामा भित्रिएका थिए। यस्तै २०७८ सालमा २०७७ सालमा भन्दा कम बसाइँसराइ भएको छ। गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार १०४ परिवारका ४१३ जना बसाइँ सरी गएभने १२ परिवारका ६८ जना बसाइँ सरी आएका छन्।

यता मकवानपुरकै मनहरी गाउँपालिकामा हेटौडा उपमहानगरपालिकामा जस्तै बसाइँ सरेर आउने बढी देखिएको छ। मनहरीमा गएको ३ वर्षको तथ्याङ्क हेर्ने हो भने २०७६ सालमा ९२ परिवार पालिका बाहिर गएको देखिन्छ भने १४५  पालिकामा बसाइँ सरेर आएको देखिन्छ। २०७७ सालमा १९ परिवार गएको देखिन्छ भने ४५ परिवार आएको देखिएको छ। २०७८ सालमा २०९ परिवारका ८२९ जना बसाइँ सरी आएका छन् भने १२० परिवारका ४३४ जना बसाइँ सरी अन्यत्र गएका छन्।

यता गाउँपालिका भएपनि मनहरीमा भने बसाइँ सरेर आउने दर उच्च रहेको छ। पूर्व पश्चिम राजमार्गमा पर्ने यो गाउँपालिकाको सिमानामा मकवानपुरका विकट कैलाश गाउँपालिका र राक्सिराङ्ग गाउँपालिकाका मानिसहरू प्राय बसाइँ सरेर आउने गरेका छन्।

मकवानपुरको अर्को नगरपालिका थाहा नगरपालिकामा २०७६ सालमा १३ परिवार आएका थिए भने २७ परिवार बसाइँ सरी गएका थिए। २०७७ मा १९ परिवार बसाइँ सरेर आएका थिए भने ६३ परिवार बसाइँ सरी गएका थिए। यस्तै गएको वर्ष २०७८ मा ३६ परिवारका ११९ आए भने ७३ परिवारका २८९ जना बसाइँ सरी गएका छन्।

यस्तै मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा पनि बसाइँसराइको दर बढेको छ। २०७६ मा १८ परिवार बसाइँ सरी आए भने ८० परिवार बसाइँ सरी गएको देखिएको छ। यस्तै २०७७ सालमा १५ परिवार बसाइँ सरी आएको १९७ परिवार गएको र २०७८ मा २९ परिवार आएको र ९२ परिवार बसाइँ सरी गएका छन्। यसैगरी राक्सिराङ्ग गाउँपालिकामा २०७६ सालमा ७ परिवार बसाइँ सरी आएको देखिन्छ भने ८८ परिवार पालिका छोडेर अन्यत्र बसाइँ सरेको देखिएको छ। यसैगरी २०७७ सालमा ७ परिवार आएको र ४०५ परिवार गएको तथा २०७८ सालमा ११ परिवार पालिकामा बसाइँ सरी आए भने १६४ परिवार बसाइँ सरी गएका छन्। यस्तै मकवानपुरगढी गाउँपालिकामा ६३ जना बसाइँ सरी आएका छन् भने १४७ जना गएका छन्, २०७७ सालमा १२७ जना आएका र ५२६ जना गएको देखिएको छ भने २०७८ सालमा ४६० जना बसाइँ सरी गएका छन् भने १ हजार १२९ जना पालिकामा बसाइँ आएका छन्।

इन्द्रसरोवर गाउँपालिकामा २०७७ सालमा  एउटा परिवार पालिकामा बसाइँ सरेर आएको थियो भने १७ परिवार बसाइँ सरेर गएको थियो। २०७८ सालमा ८ परिवार बसाइँ सरी आएको छ भने ३१ परिवार बसाइँ सरेर अन्यत्र गएको छ। यसैगरी मकवानपुरको पूर्वी बकैया गाउँपालिकामा २०७६ सालमा १३४ परिवार बसाइँ सरेर आएका छन् भने १५२ परिवार बसाइँ सरेका छन्। २०७७ मा २९८ परिवार आएको र ३०४ परिवार गएको तथा २०७८ सालमा १३६ वटा परिवार बसाइँ सरेर आएको र  २४१ वटा परिवार बसाइँ सरेर अन्तै गएका छन्। मकवानपुरकै पूर्व बागमती गाउँपालिकामा २०७६ मा २१ परिवार आएभने १३० परिवार बसाइँ सरेका छन्। २०७७ मा ३० परिवार बसाइँ सरेर आएका  थिए भने २९२ परिवार बसाइँ सरेर गएको देखिन्छ र २०७८ सालमा ८८ परिवार आएका छन् भने १६१ परिवार बसाइँ सरेर गएका छन्।

त्यसो त ग्रामीण क्षेत्रमा बल्ल बल्ल सडक निर्माण हुने तर सम्भार नभएका कारण यातायात सहज पहुँच हुन नसक्दा पनि बसाइँसराइ बढेको हो।  अहिले बस्ती पातलो हुँदै जाँदा बस्तीमा नै जंगली जनावर, चराचुरुङ्गीले समेत दुख दिने गरेपछि पनि बसाइँसराइ बढेको पाइन्छ।

विगतमा बाक्लो बस्ती भएको ठाउँमा अहिले घर खोज्दै हिँड्नु पर्ने अवस्था भएको छ। सुगम स्थानमा बसाइँ सर्दा सर्दै बाँकी रहेका घरहरू झण्डै झण्डै जङ्गलको बीचमा हुन पुगेको छ। ग्रामीण भेगबाट कतिपय सुविधा खोज्दै हेटौडा, काठमाडौँ, चितवन गएका छन् भने कति अन्य टाढाका जिल्लाहरूमा समेत गएका छन्।

धेरै जसो वैदेशिक रोजगारमा गएकाहरूले पनि आफ्नो परिवारलाई शहरमा सारेका छन्। छोराछोरीलाई पढाउने भन्दै कतिपय शहर पसेका छन्। गाउँ छाड्नुपर्ने बाध्यात्मक अवस्था नरहे पनि सुविधाको नाममा मानिसहरू बसाइँ सरिरहेका छन्।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा भन्नुहुन्छ ‘हामीले गाउँ गाउँमा सडक पुर्‍याएका छौं। खानेपानी, बिजुली, सिँचाइ गाउँलेहरूको जे जे माग छ, पुर्‍याएका छौं, कोशिश गरेका छौं।’ तर पनि थप अवसरको खोजीमा मान्छे अझ सुविधा केन्द्रित हुने भएकोले पनि बसाइँसराइ हुने गरेको उहाँको भनाई छ। आर्थिक सबल हुन थालेपछि थप सुविधा खोज्न पनि मान्छे अन्यत्र जाने गरेको उहाँको बुझाई छ। बसाइँसराइ गरे पनि जग्गा जमिन भने नबेच्ने गरेको उहाँले जानकारी दिनुभयो। गाउँमा बस्ने वातावरण बनाउन बाझो जग्गा नराख्नेहरूको लागि प्रोत्साहन कार्यक्रम पनि गाउँपालिकाले राखेको छ।

बसाइँसराइको विषयमा  सहप्राध्यापक डा. यमबहादुर सिलवालले आर्थिक पक्षलाई पहिलो नम्बरमा अर्थ्याउनु भएको छ। ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रमा आर्थिक अवसर नै मुख्य कारण भएको उहाँको बिचार छ। सहज अनि सुविधाजन्य स्थानमा जान जो पनि तयार हुनुले पनि बसाइँसराइ बढेको उहाँको भनाई छ।  उहाँ भन्नुहुन्छ” यातायातको अप्ठ्यारो, आर्थिक अवसर तथा  रोजगारीको अभाव,   शिक्षा र  स्वास्थ्यको सहज पहुँच नहुनु पनि सुगम क्षेत्रमा आकर्षण बढेको हो। सुविधाजन्य जीवन ग्रामीण भेगमा छैन, पहिला पहिला सुविधाका लागि मानिसहरू पहाड र हिमालबाट तराई झरेका छन्,  आर्थिक उन्नति गर्नकै लागि दुर्गमबाट सुगम रोज्न थालेका हुन्।”

यता राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको भनाई भने फरक छ। राक्सिराङ्ग र कैलाश गाउँपालिकाका धेरै मानिसहरूले छिमेकी मनहरी गाउँ पालिकामा ऐलानी जग्गा किनेर बसाइँसराइ गरेका छन्। ” अव्यवस्थित बसोबासका माध्यबाट ऐलानी जग्गा लिनकै लागि पनि मनहरी तिर बढीजसो बसाइँ सरेका छन्।” त्यसैगरी बिकट गाउँपालिकामा सेवा सुविधा नपुगेर जग्गा बाझो राखेर नोकरी तथा मजदुरी गर्न गएको उहाँले बताउनुभयो। सडकको पहुँच  बिजुली बत्तिको विकास, रोजगार,  शिक्षाको कमी भएकाले विस्थापित हुने अवस्था आएको उहाँको भनाई थियो।


प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १०:१३
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्