Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • स्न्यापच्याट र इन्स्टाग्राम ब्लक गरेपछि पीडित किशोरीले सन्दीपविरुद्ध उजुरी दिएको खुलासा, १२ वर्षसम्म कैदको सम्भावना 
स्न्यापच्याट र इन्स्टाग्राम ब्लक गरेपछि पीडित किशोरीले सन्दीपविरुद्ध उजुरी दिएको खुलासा, १२ वर्षसम्म कैदको सम्भावना 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, भदौ २३, २०७९

काठमाडौं । नाबालिग बलात्कार आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध ‘प्राविधिक पक्ष’लाई केन्द्रमा राखेर अनुसन्धान अघि बढाएको छ ।

विशेष गरी ‘हाई प्रोफाइल’ वा आरोपी फरार भएका घटनामा यस खालका अनुसन्धान प्रक्रिया प्रयोगमा आउने गर्छ । अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा सहभागी सन्दीप ‘हाई प्रोफाइल’ व्यक्ति हुन् । उनलाई तत्काल पक्राउ गर्न सक्ने अवस्था नभएकाले प्रहरीले घटना स्थापित गराउन अनुसन्धानको प्राविधिक पक्षलाई केन्द्रमा राखेको हो । उनी अहिले क्यारेबिन प्रिमियर लिग खेल्न ट्रिनिडाड एन्ड टोबागोमा छन् ।

सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार १७ वर्षीया बालिकाले बलात्कार भएको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । प्रहरीले यसक्रममा घटनास्थलको सिसिटिभी फुटेज, बेडरुमका तन्ना, सिरक, घटना हुँदा बखत बेडरुममा प्रयोग भएको डस्बिन, घटना हुँदा पीडितले लगाएको कपडा, पीडितको भेजाइना परीक्षण, सिडिआर (कल डिटेल रिपोर्ट), सामाजिक सञ्जाललगायत सामग्री संकलन गरिसकेको छ । प्रहरीले ‘मेनुअल’भन्दा पनि ‘टेक्निकल’ विशेषज्ञ टोलीलाई घटनास्थलमा परिचालन गरेको छ । अनुसन्धानको नेतृत्व भने जिल्ला प्रहरी परिसर काठमाडौंले लिएको छ ।

काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले घटनाको अनुसन्धानमा ‘टेक्निकल’ पक्षलाई केन्द्रमा राखिएको बताउनुभयो । 

घटना अनुसन्धानका लागि प्रहरीको प्राविधिक टोली गौशालास्थित काठमाडौं इन होटेलमा पुगेर सिसिटिभी फुटेज नियन्त्रणमा लिएको छ । सन्दीप र बालिका बसेको ३०५ नम्बरको कोठामा प्राप्त दशी–प्रमाण संकलनमा जुटेको छ । घटनाका दिन दुईबीच भएका टेलिफोन कुराकानी, होस्टेलआसपासका सिसिटिभी फुटेज, नगरकोटको होटेल र त्यहाँको सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरेको छ । दुईबीच सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि कुराकानी हुने हुँदा त्यो पनि संकलन गर्न जुटेको छ । डिलिट भएका अन्य च्याट पनि रिकभर गर्ने प्रहरी तयारी छ । घटना भएको दिन पीडितले लगाएको अन्तवस्त्रसहितको कपडा पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालको कानुनले १८ वर्षभन्दा कम उमेरकालाई बालबालिका मानेको छ । मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २१९ को उपदफा २ अनुसार कसैले पनि मञ्जुरी लिएर वा नलिएर १८ वर्षभन्दा कम उमेरको कुनै पनि बालिकासँग यौन सम्बन्ध राखे त्यो जबर्जस्ती करणी गरेको ठहरिनेछ । उपदफा ३ को (घ)मा १६ वर्ष वा त्यसभन्दा माथि १८ वर्षभन्दा कम उमेरको महिलालाई करणी गरे १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ । उजुरीमा उल्लेख भएअनुसार बलात्कृत पीडित १७ वर्षकी छिन् । 

यसैबीच घटनापछि सन्दीपले किशोरीलाई सामाजिक सञ्जालबाट ब्लक गरेपछि प्रहरीमा उजुरी परेको खुलासा भएको छ । घटनापछि ६ भदौ बिहान ६ बजे दुवै होटेलबाट बाहिरिएका थिए । कारबाटै सन्दीपले बालिकालाई होस्टेलमा छाडेका थिए। उनी घर फर्के र केन्या उड्ने तयारीमा जुटे । बालिका सन्दीपसँग कुरा गर्न चाहन्थिन् । उनले फोन र सामाजिक सञ्जालमार्फत सन्दीपसँग सम्पर्क गर्न पनि खोजिन् । तर, सन्दीपले आफ्नो स्न्यापच्याट मात्र नभई इन्स्टाग्राममा समेत ब्लक गरिदिए । त्यसपछि मात्र उनले आफू सन्दीपबाट प्रयोग भएको महसुस गरिन् । तनावमा रहेकी बालिकाले ५ भदौको घटना साथीसंगीसँग सेयर गरिन् । सन्दीप सम्पर्कमा नआएपछि उनी प्रहरीमा उजुरी दिन पुगिन् । 


प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  ०७:५८
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्