Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • ठूला दलहरुलाई फेरि स्वतन्त्र र "लौरो" कै डर !
ठूला दलहरुलाई फेरि स्वतन्त्र र "लौरो" कै डर !
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, भदौ १८, २०७९
तस्बिर : काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी सेयर कारोबारी राधा पोखरेल ।

काठमाडौं । गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले जितेपछि यसपटक प्रतिनिधिसभा निर्वाचनमा दलहरूलाई टक्कर दिन काठमाडौंका सबैजसो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिने भएका छन् । 

बालेन्द्र साहको जितले उपत्यकाका मतदातामा रहेका प्रमुख दलहरूप्रति असन्तुष्टि पोखिएको भन्दै स्वतन्त्र उम्मेदवार यसको फाइदा उठाउने दाउमा छन् । 

सामाजिक तथा राजनीतिक अभियन्ताका रूपमा परिचित पुकार बमले काठमाडौं– १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनी विवेकशील नेपाली दलका संस्थापकमध्येका एक हुन् । ‘अकुपाई बालुवाटार’ अभियान, डा गोविन्द केसीको अनशन, ‘नेपाल खुला छ’ जस्ता प्रतिरोधका राजनीतिक अभियानमा उनले सहभागिता जनाएका थिए । 

काठमाडौं– १ बाटै पूर्वडिआइजी रमेश खरेल पनि चुनाव उठ्ने तयारीमा छन् । भ्रष्टाचारविरुद्धको अभियान भन्दै नेपाल सुशासन पार्टीको नेतृत्व गरिरहेका उनको उम्मेदवारीले पनि मत विभाजनमा भूमिका खेल्ने आकलन छ । 

बिमा व्यवसायी कोषराज सुवेदीले काठमाडौं– २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनीसँगै सेयर मार्केटमा सक्रिय रोहन कार्कीले पनि यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिने चर्चा छ । काठमाडौं– ३ बाट रेडियोकर्मी हरिशरण लामिछाने स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् ।

काठमाडौं– ४ मा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको संख्या बढ्दै गएको छ । युवा इन्जिनियर आकर्षण पोखरेल, सामाजिक सञ्जालमा चर्चित अर्जुन प्रसाईं, सेयर कारोबारी राधा पोखरेल, समाजसेवी शिवराज पोखरेलसम्मले उम्मेदवारी दिने घोषणा गरेका छन् । 

महानगरको मेयरमा हारेका सामाजिक अभियन्ता सुमन सायमी संघको निर्वाचनमा उठ्ने भएका छन् । उनले काठमाडौं– ८ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । मेयरमा उनले १३ हजार सात सय ७० मत ल्याएका थिए ।  

मैदानमा फेरि ‘लौरो’ 

स्थानीय तह निर्वाचनमा निकै चर्चामा आएको चुनाव चिह्न हो– लौरो । कारण, लामो इतिहास बोकेका ठूला दलका लोकप्रिय चुनाव चिह्नलाई पनि यसले नराम्रोसँग हिर्काइदियो । यही चुनाव चिह्नबाट दुई स्वतन्त्र उम्मेदवारले मेयरमा जिते, काठमाडौं महानगरबाट बालेन साह र धरान उपमहानगरपालिकाबाट हर्क साम्पाङ ।

त्यतिवेला उनीहरूसँगै उनीहरूको चुनाव चिह्नले पनि खुब चर्चा पाएको थियो । भोट माग्न जाँदा उनीहरूको नारा नै थियो– ‘लौरा– बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।’

काठमाडौंमा लौरो चुनाव चिन्हप्रति युवा मतदाताको विशेष लगाव देखिन्छ । तर आउँदो निर्वाचनको परिदृश्य भने दलको पोजिसन र उसले दिने उम्मेदवारमा निर्भर हुने राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालको भनाइ छ । दलहरूले कमजोर उम्मेदवार दिए भने यसको फाइदा स्वतन्त्र उम्मेदवारले उठाउन सक्छन् । तर, स्थानीय निर्वाचनमा बालेन साहले जिते भन्दैमा त्यस्तै परिणाम फेरि दोहोरिन्छ भन्ने ग्यारेन्टीचाहिँ नभएको उनी बताउँछन् । 

उनी भन्छन्–लौरो अभियान चलाउँदैमा नामै नसुनिएका अनुहार देखापरे भने त्यसले फरक नपर्न सक्छ । बालेन्द्र र्‍याप गायक थिए, युवा मतदाताले उसको पक्षमा लहर चलाउनु उसका लागि फाइदाजनक भयो । तर, सबैले त्यस्तै लहर चलाउन सक्छन् भन्ने छैन । यद्यपि, काठमाडौंका मतदाता अहिलेका राजनीतिक दलहरूबाट ‘फ्रस्टेड’ भएको अवस्था छ ।

स्थानीय निर्वाचनले पनि त्यस्तै देखाएको उनको भनाइ छ । यस्तो अवस्थामा अहिलेसम्म सुनिएका पार्टीका उपत्यकाभित्रका उम्मेदवार खासै आशलाग्दा नदेखिएको बराल बताउँछन् । यसमा दलहरूले विवेक पुर्‍याएर निर्णय गरेनन् भने स्वतन्त्र उम्मेदवारहरू चुनौती बन्न सक्ने सम्भावना रहेको उनले ठम्याइ छ । तर, स्वतन्त्रबाट उठ्ने उम्मेदवार पनि उस्तै कमजोर भए केही भन्न नसकिने बरालको बुझाइ छ । 

अर्का राजनीतिक विश्लेषक भास्कर गौतमका अनुसार अलिकति प्रतिबद्धता भयो भने स्वतन्त्र उम्मेदवारले नचिताएको परिणाम पनि ल्याउन सक्छन् । 

स्थानीय तहमा निर्वाचित भएका स्वतन्त्र उम्मेदवार बालेन साह र हर्क साम्पाङहरूले अहिले फरक शैली भए पनि जसरी काम गरिरहेका छन्, त्यसले परम्परागत पार्टीलाई दबाब बढेको उनको बुझाइ छ । यसबाट अलिकति प्रतिबद्धता भयो भने स्वतन्त्रले काम गर्न सक्छन् भन्ने सन्देश गइरहेको गौतम बताएछन् । यसको असर आउने निर्वाचनमा निश्चित रुपमा पर्ने उनको धारणा छ । तर कुन क्षेत्रमा कसरी पर्छ, त्यो भने बेग्लै पाटो रहेको उनको भनाइ छ । 


प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  ०९:१२
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्