Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • सत्ता गठबन्धनमा खटपट शुरु, सिन्धुपाल्चोक १ माओवादीलाई नछोड्ने काँग्रेसको घोषणा 
सत्ता गठबन्धनमा खटपट शुरु, सिन्धुपाल्चोक १ माओवादीलाई नछोड्ने काँग्रेसको घोषणा 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता मंगलबार, भदौ ७, २०७९

काठमाडौं । आगामी निर्वाचनमा मिलेर जाने निर्णय गरेको सत्ता गठबन्धनमा खटपट शुरु भएको छ ।

टिकट बाँडफाँडको सकस खेपिरहेको गठबन्धनमा विभिन्न जिल्लामा टिकटलाई लिएर खटपट शुरु भएको छ । सिन्धुपाल्चोकको क्षेत्र नम्बर–१ मा पनि गठबन्धनकै दलहरुबीच विवाद देखिएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर–१ सभामुख तथा माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाको चुनावी क्षेत्र हो । २०७४ सालको निर्वाचनमा सापकोटाका मूख्य प्रतिस्पर्धी नेपाली काँग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत हुनुहुन्थ्यो ।

सिन्धुपाल्चोकका प्रभावशाली नेता बस्नेतको सशस्त्र द्वन्द्वको समयबाट नै माओवादीसँग राम्रो सम्बन्ध छैन । त्यसबेला उहाँले आफ्नो नेतृत्वमा युवा दस्ता नै गठन गरेर माओवादीलाई खोजी–खोजी कारबाही गर्ने घोषणा गर्नुभएको थियो । अहिले पनि माओवादी केन्द्रप्रति बस्नेतको दृष्टिकोणमा परिवर्तन आएको छैन । यसैकारण केन्द्रमा पार्टीले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग तालमेलको निर्णय गरेर देशभर गठबन्धन हुँदा समेत बस्नेता स्थानीय तहमा विपक्षमा उभिनुभएको थियो । बस्नेतले सिन्धुपाल्चोक–१ मा गठबन्धन नगर्ने घोषणा नै गर्नुभयो । 

सिन्धुपाल्चोक–१ मा बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, बलेफी गाउँपालिका, सुनकोशी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको वडानम्बर–४ मा पर्छन् । 

यी सबै स्थानीय तहका वडामा पाएको मत हेर्दा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । क्षेत्रभरीको सबै स्थानीय तहमा वडाध्यक्षले पाएको मत जोड्दा नेपाली कांग्रेस ३४ हजार ७६१ मतसहित पहिलो छ । २७ हजार ८०३ मतसहित एमाले दोस्रो छ । माओवादी केन्द्र कांग्रेसभन्दा झण्डै १६ हजार मतले पछाडि छ । 

यही मतका आधार बनाएर कांग्रेस नेता बस्नेतले सिन्धु्पाल्चोक–१ गठबन्धन गर्दा पनि माओवादीलाई छोड्न नसक्ने अडान लिदै आएका छन् । तर गठबन्धनमा सिट बाँडफाँट हुँदा यो क्षेत्र माओवादी केन्द्रका प्रभावशाली नेता तथा सभामुख अग्नी सापकोटाको भागमा पर्ने पक्कापक्की छ । यस्तो अवस्थामा काँग्रेस नेता बस्नेतले विद्रोह गर्ने र बागी उम्मेदवारी दिने सम्भावना बढेको छ । 

नेविसंघ महामन्त्री तथा सिन्धुपाल्चोकमा मोहन बस्नेत निकटका नेता बलदेव तिमिल्सिना सिन्धुपाल्चोक–१ कांग्रेसले छोड्ने र माओवादीले पाउने अवस्थामा नरहेको बताउँनुहुन्छ । कांग्रेसभन्दा माओवादी झण्डै १६ हजार मतले पछाडि छ । यसर्थ यो क्षेत्रमा नेपाली कांग्रेसले छोड्नुपर्ने र माओवादी केन्द्रले पाउनुपर्ने भन्ने आधार कसैगरी पनि न्यायोचित देखिँदैन, उहाँको भनाइ छ ।  

माओवादीलाई दिए क्षेत्र नै विपक्षीको कब्जामा जाने अवस्था आएको उहाँको दाबी छ । 

तर, अग्निप्रसाद सापकोटा पक्ष भने बस्नेत पक्षले राखेको तर्क मान्न तयार छैन । सापकोटा निकटका नेता सुवोध सापकोटाले भोटमा केही कम भए पनि माओवादी एक्लाएक्लै चुनाव लड्न सक्ने अवस्था रहेको दाबी गर्नुहुन्छ । उहाँले सिन्धुपाल्चोक–१ यसअघि जितेका आधारमा माओवादीले नै पाउने भन्दै गठबन्धनबाट निर्णय भइसकेपछि बस्नेतले मात्र नमान्ने भन्ने नहुने तर्क गर्नुभयो । 


प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने बिहीबार, चैत १४, २०८१
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू)
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू) बिहीबार, साउन २४, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन् आइतबार, माघ २८, २०८०
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल शनिबार, माघ २०, २०८०
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली शुक्रबार, माघ १९, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्