Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • आगामी निर्वाचनमा सत्ता गठबन्धनसँग कडा टक्कर पर्ने एमालेको निष्कर्ष, ७० सिटमा कडा प्रतिस्पर्धा हुने अनुमान 
एमालेको निर्वाचन केन्द्रीत कार्यक्रम आगामी निर्वाचनमा सत्ता गठबन्धनसँग कडा टक्कर पर्ने एमालेको निष्कर्ष, ७० सिटमा कडा प्रतिस्पर्धा हुने अनुमान 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, भदौ ५, २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले आगामी संघीय प्रतिनिधिसभा निर्वाचन केन्द्रीत कार्यक्रममा जुटेको छ।

आफ्नो पार्टीविरुद्ध एकीकृत सत्ता गठबन्धनलाई निस्तेज पार्न एमालेका नेताहरु गाउँ केन्द्रित हुन थालेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल पहिलो हुने दाबी गर्दै आउनुभएको छ । यद्यपि गत स्थानीय तहमा खसेको मतको आधारमा भने एमाले दोस्रो स्थानमा रहेको छ । झिनो मतले गठबन्धनका नेतृत्वकर्ता दल नेपाली काँग्रेस पहिलो स्थानमा छ । त्यसैले थप गृहकार्य गरे बहुमत ल्याउन सक्ने विश्वासका साथ एमाले नेताहरु चुनाव केन्द्रीत कार्यक्रममा लागेका हुन् । 

अध्यक्ष ओली गृह जिल्लाकै कार्यक्रममा व्यस्त हुनुहुन्छ भने अन्य पदाधिकारी पनि गृह क्षेत्र केन्द्रित कार्यक्रममा खटिएका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पहिलो बनेको एमालेले आगामी निर्वाचनमा पनि गठबन्धनलाई कडा टक्कर दिनसक्ने सर्भेले देखाएको छ। ०७४ को निर्वाचनमा एमालेलाई वामगठबन्धनको साथ थियो। अहिले एमाले एक्लै मैदानमा जाँदैछ। तर पनि पार्टीप्रतिको जनलहर उस्तै रहेकोले एमाले उच्च मनोबलमा रहेको छ । 

त्यसो त एमालेले आउँदो निर्वाचनमा सत्ता गठबन्धनको कडा सामना गर्नुपर्नेछ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादीलगायतको वर्तमान गठबन्धन चुनावमा गएकोले एमाले झनै रक्षात्मक हुने अवस्था रहनेछ।

गठबन्धनको अभियान नै  ‘एमाले हराऊँ’ रहेकोले एमालेका लागि आगामी निर्वाचन सहज भने छैन । 

एमालेका केन्द्रीय र शीर्ष नेताहरुको चुनावी क्षेत्रमा पार्टीप्रतिको जनलहर यथावत रहेकोले जीत सुनिश्चित रहेको एमालेको निष्कर्ष छ ।  तर गठबन्धनको स्वार्थका कारण एमालेलाई सहज स्थिति भने नभएको एमाले प्रमुख सचेतक विशाल भट्टराईको स्वीकारोक्ति छ । 

भट्टराईकाअनुसार आउँदो निर्वाचनमा ७० सिटमा कडा प्रतिस्पर्धा हुनेछ। ‘अघिल्लो चुनावजस्तो यसपटक सहज छैन। हामी गठबन्धनको तारो बनेका छौँ’, उहाँले भन्नुभयो । 

सहरी क्षेत्रमा पार्टी कमजोर रहेको एमालेको निष्कर्ष छ । स्थानीय तहको निर्वाचनमा पनि महानगरपालिका क्षेत्रमा एमालेको मत कम आयो। त्यसैले काठमाडौँमा पनि यसपटक कडा मिहिनेत गर्नुपर्ने एमालेको अनुमान छ। 

स्थानीय तह निर्वाचनमा अन्तर्घातको समस्याले मतमा केही अन्तर परे पनि संघ र प्रदेश निर्वाचनमा त्यस्तो समस्या नदेखिने एमालेको विश्वास छ । तर पूर्ण रुपमा ढुक्क हुने स्थिति भने नरहेको एमाले नेताहरु बताउछन् । त्यसैले नतिजा सुधार गर्न र सत्ता गठबन्धनविरुद्ध लड्न गठबन्धन नै बनाएर जाने एमालेको योजना छ । यसका लागि अध्यक्ष ओलीले केही दलसँग गठबन्धनको प्रयास पनि गर्नुभएको छ । तर राप्रपासहितका साना दलमात्रै ओलीसँग गठबन्धनका लागि तयार देखिएका छन्। 

स्थानीय तह निर्वाचनमा एमालेसँग गठबन्धन गरेको लोसपा पनि अहिले सरकारमा जान खोज्दैछ। गठबन्धनको साथ पाए केही सिट बढ्ने लोसपाको पनि अनुमान छ। नागरिकता विधेयकमा विरोध गरेको भन्दै पछिल्लो समय लोसपा एमालेसँग रुष्ट बनेको छ । त्यसैले एमालेसँग गठबन्धन नहुन सक्ने लोसपा नेता केशव झा बताउनुहुन्छ । 

गठबन्धन नभई छुट्टाछुट्टै लडेमा कांग्रेस ७९ सिट, एमाले ६९ सिट, माओवादी केन्द्र ८ सिटमात्र जित्ने एमालेको अनुमान छ। अर्थात गठबन्धनकै कारण समस्या खडा भएको एमालेको निष्कर्ष छ।  यसैकारण पनि एमालेका कतिपय नेता गठबन्धन फोर्न हदैसम्म लाग्नुपर्ने बताउँछन्। पछिल्लो समय ओली पनि गठबन्धनप्रति आक्रामक हुनुहुन्छ । 

गठबन्धनको तेज निस्तेज पार्न केपी ओली सरकारमा रहेका बेला भएका विकास निर्माणका कामलाई जनतामाझ प्रचार गर्ने एमालेले रणनीति बनाएको छ। विगतमा सरकारमा रहेका बेला गरिएका राम्रा कामको प्रचार पनि जनमत बटुल्ने एउटा तरिका हुने भएकाले यो शैली अपनाइएको एक नेताले बताए । 

गत स्थानीय तह निर्वाचनको आधारमा एमालेको दलगत स्थिति

स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा प्रतिनिधिसभामा कांग्रेस र एमालेको शक्ति झण्डै बराबरी देखिएको छ।

निर्वाचन आयोगको अन्तिम मत परिणामअनुसार वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा कांग्रेस ७६ र एमाले ७१ निर्वाचन क्षेत्रमा अगाडि देखिएको छ। 

एमाले अगाडि देखिएका क्षेत्रहरु

अर्घाखाँची, इलाम–१, उदयपुर–१, उदयपुर–२, कञ्चनपुर–१, कपिलवस्तु–३, काठमाडौँ–२, काठमाडौँ–४, काठमाडौँ–५, काभ्रेपलाञ्चोक–२, कास्की–२, कास्की–३, कैलाली–२, खोटाङ, गुल्मी–१, गुल्मी–२, चितवन–१, चितवन–२, चितवन–३, जाजरकोट, झापा–१, झापा–२, झापा–४, झापा–५, तनहुँ–२, ताप्लेजुङ, तेह्रथुम, दाङ–२, दाङ–३, दार्चुला, दैलेख, धनकुटा, धादिङ–१, नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०–२, पर्वत, पाँचथर, पाल्पा–१, पाल्पा–२, प्युठान, बझाङ, बर्दिया–१, बाग्लुङ–१, बाग्लुङ–२, बाजुरा, बारा–३, बारा–४, बैतडी, भोजपुर, मकवानपुर–१, मकवानपुर–२, मनाङ, मुगु, मुस्ताङ, मोरङ–१, मोरङ–२, मोरङ–३, मोरङ–४, म्याग्दी, रुपन्देही–५, रौतहट–३, लमजुङ, संखुवासभा, सर्लाही–३, सिन्धुपाल्चोक–२, सिन्धुली–२, सिरहा–३, सिरहा–४, सुनसरी–१, सुनसरी–४ र सुर्खेत–२ 

कांग्रेसका १० र एमालेका १६ निर्वाचन क्षेत्र ‘रेडजोन’मा

स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा कांग्रेसका ७६ मध्ये १० र एमालेका ७१ मध्ये १६ क्षेत्रमा ‘रेडजोन’ मा देखिएका छन्। कांग्रेस अगाडि देखिएका विभिन्न जिल्लाका १० निर्वाचन क्षेत्रमा एमाले हजार भन्दा कम मतले मात्रै पछाडि छ।

नेकपा एमाले अछाम–१ मा १६१, इलाम–२ मा ४५१ र काठमाडौँ–१ मा ३५४ मतले कांग्रेसभन्दा पछाडि छ। त्यस्तै, काठमाडौँ–३ मा ९१९ र काठमाडौँ–९ मा ६३४ मतले मात्रै कांग्रेसभन्दा एमाले पछाडि देखिएको छ। त्यस्तै रसुवामा ७९९, ललितपुर–३ ८३७, सिन्धुली–१ मा ४६९ र स्याङ्जा–१ म ६६५ मतले एमालेलाई कांग्रेसले पछि पारेको छ।

एमाले ‘रेडजोन’ मा रहेका क्षेत्रहरु

इलाम–१ उदयपुर–१, कञ्चनपुर–१, काठमाडौँ–४, काभ्रेपलाञ्चोक–२, चितवन–३, तनहुँ–२, तेह्रथुम, मनाङ, मुगु, मुस्ताङ, मोरङ–१, मोरङ–३, रुपन्देही–५, सर्लाही–३ र सुर्खेत–२ एमालेको अग्रता रहेर पनि रेडजोनमा रहेका क्षेत्र हुन्। 

नेपाली कांग्रेस इलाम–१ मा ४६१, उदयपुर–१ मा ८९५, कञ्चनपुर–१ म ४१ र काठमाडौँ–४ मा ७४४ मतले एमालेभन्दा पछाडि छ। काभ्रेपलाञ्चोक–२ मा ५८, चितवन–३ मा ४२८, तनहुँ–२ मा ३५६ र तेह्रथुममा ४०१ मतले मात्रै कांग्रेस एमालेभन्दा पछाडि देखिएको छ।

एमालेले मनाङमा ३८, मुगुमा ९४५, मुस्ताङमा ३७६, मोरङ–१ मा ९५३, मोरङ–३ मा ४९४, रुपन्देही–५ मा २५७, सर्लाही–३ मा ३३४ र सुर्खेत–२ मा ९२९ मतले कांग्रेसलाई पछि पारेको छ।

यी १६ निर्वाचन क्षेत्रहरुमा मतान्तर कम रहेकाले एमालेलाई जोखिम देखिन्छ। 


प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने बिहीबार, चैत १४, २०८१
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू)
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू) बिहीबार, साउन २४, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन् आइतबार, माघ २८, २०८०
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल शनिबार, माघ २०, २०८०
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली शुक्रबार, माघ १९, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्