सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले आफू पदमा आएपछिका सय दिनमा गरेका कामको सूची सार्वजनिक गर्नुभएको छ ।
मेयर साम्पाङले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रश्न गर्नेहरूलाई उत्तर भन्दै सय दिनमा गरेका काम १३ बुँदामा प्रस्तुत गर्नुभएको हो । उहाँले आफूले खानेपानीदेखि प्रशासनिक सुधार र शान्तिसुरक्षामासमेत सुधार ल्याएको दाबी गर्नुभएको छ ।
यी हुन् साम्पाङको नजरमा १०० दिनमा आफूले गरेका काम र उपलब्धी :
१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४. ६ लाख विरुवा रोपेँ
५. सरसफाइमा देखिने सुधार ल्याएँ
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेँ
८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद् व्यवस्थापन
९. लागु औषध विरुद्धको अभियान शुरु गरें
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ
११. पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ
१२. पालिकाका सेवामा तीब्रता र प्रस्टता ल्याइदिएँ
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ