Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • आगामी निर्वाचनमा समाजवादी गठबन्धन बनाएर जाने  चार कम्युनिष्ट घटकको निर्णय, गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह
आगामी निर्वाचनमा समाजवादी गठबन्धन बनाएर जाने  चार कम्युनिष्ट घटकको निर्णय, गोलाकारभित्र हँसिया हथौडा चुनाव चिन्ह
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, साउन ९, २०७९

काठमाडौं । नेकपा समाजवादी केन्द्र बनाउने गरी छलफललाई तीव्र पारेका चार कम्युनिष्ट घटकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समाजवादी गठबन्धन बनाएर जाने निर्णय गरेका छन् । 

समाजवादी गठबन्धनले माओवादी केन्द्रकै चुनाव चिन्ह (गोलाकारभित्र हँसिया हथौडा) लिएर आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिने निर्णय पनि गरेको छ । 

जसपा पुनर्गठन गरेका डा बाबुराम भट्टराईको नयाँ गठन हुने पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय अभियान पार्टीबीच गोलाकारभित्रको हँसिया हथौडा चिन्ह लिएर चुनावमा जान सहमति भएको हो । यसअघि यो चुनाव चिन्ह नेकपा माओवादी केन्द्रले प्रयोग गरेको थियो। 

चारै दलले आगामी चुनावमा समाजवादी गठबन्धन बनाएर जाने सहमति जुटाएका हुन् । 

छलफलमा सहभागी डा बाबुराम भट्टराई निकट एक नेताका अनु्सार चुनाव चिन्ह माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा नै लिने गरि समाजवादी गठबन्धन बनाउने लगभग समझदारी भएको छ ।  यसबारेमा लिखित सहमति हुन भने बाँकी नै छ । 

एमालेबाट विभाजन भएपछि नेकपा एकीकृत समाजवादीले  पहिलो पटक स्थानीय चुनाव लडेको थियो। अहिले एकीकृत समाजवादीको कलम, डा बाबुरामले जसपा पुनर्गठन गरे नेपाल समाजवादी पार्टी नाम राख्ने अनौपचारिक निर्णय गर्नुभएको छ । तर उहाँको पार्टीले चिन्ह के पाउँछ भन्ने खुलेको छैन। वामदेव गौतमले गुलाफको फूल चिन्ह मागेर निर्वाचन आयोगमा दल दर्ता गराउनुभएको छ । 

सबै दलभन्दा पुरानो र तीनवटा ठूला चुनाव लडेकोले माओवादीकै चुनाव चिन्हमा उठ्ने समझदारी बनेको समाजवादीका एक नेताले बताउनुभयो । 

चार दलबीच चुनाव लगत्तै पार्टी एकता गर्नेगरी नेकपा समाजवादी केन्द्र पार्टी बनाउने सहमति जुटेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताउनुभयो। आइतबार संसदमा पत्रकारसँग कुरा गर्दै उहाँले चुनाव अघि कुनै पार्टीसँग एकता हुने सम्भावना भने नरहेको बताउनुभयो । 

पुनका अनुसार समाजवादी गठबन्धनले प्रत्यक्षका सबै सिटमा उम्मेदवारी दिनेछ। कांग्रेससँग पनि आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्ने उहाँले बताउनुभयो । 

मंसिरमा हुने चुनावलाई आधार बनाएर दलहरुबीच सिट बाँडफाँट गर्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । पुनका अनुसार सिट बाँडफाँट लगायतका विषयको निर्णय शीर्ष नेताहरु बसेर गर्नेछन्।

पछिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमबीच दुई चरणमा छलफल भइसकेको छ।

यस्तै, दाहाल र जसपा पुनर्गठन अभियानमा लागेका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच पनि चार चरणमा छलफल भइसकेको छ।

शीर्ष नेताहरुबीचको छलफलले पार्टी एकता गर्ने लक्ष्यसहित मोर्चा बनाएर जाने निष्कर्ष निकालेको छ । शीर्ष नेताहरुबीच जुटेको सहमतिलाई दोस्रो र तेस्रो तहका नेता समक्ष प्रस्तुत गरिएको छ।

कुनै कारणले नरोकिए शीर्ष नेताबीच बनेको सहमतिलाई तल्लो तहैसम्म सर्कुलरमार्फत् पठाइने पुनले जानकारी दिनुभयो । 

तर, कांग्रेसले एकल रुपमा बहुमत ल्याउनेगरी गठबन्धन बनाउने निर्णय गरेपछि चार दल एकै ठाउँमा उभिएका हुन्।


प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने बिहीबार, चैत १४, २०८१
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू)
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू) बिहीबार, साउन २४, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन् आइतबार, माघ २८, २०८०
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल शनिबार, माघ २०, २०८०
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली शुक्रबार, माघ १९, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्