Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल विशेष
  • Home
  • सरल विशेष
  • वहसमा प्रतिनिधिसभाको म्यादः के फेरि प्रतिनिधि सभा विघटन होला ? 
सरल विशेष वहसमा प्रतिनिधिसभाको म्यादः के फेरि प्रतिनिधि सभा विघटन होला ? 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता मंगलबार, साउन ३, २०७९

काठमाडौँ । सरकारले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन मिति तोक्ने तयारी गरिरहँदा प्रतिनिधिसभाको म्याद कहिलेसम्म रहने भन्ने विषयमा अन्योल देखिएको छ। प्रतिनिधिसभाको कार्यकालबारे संविधानविद्, सांसद र सभामुखबीच नै राय बाझिएको छ ।  

संविधानतः प्रतिनिधिसभाको म्याद पाँच वर्षको हुन्छ । प्रतिनिधिसभाको निर्वाचन २०७४ साल मंसिर १० र २१ मा भएको थियो । अर्थात प्रतिनिधिसभाको पाँच वर्षे अवधि पुग्नै लागेको छ ।  

निर्वाचन आयोगले कात्तिक अन्तिम अथवा मंसिर पहिलो साताभित्रमा निर्वाचन सम्पन्न हुने गरि मिति तोक्न सरकारलाई सुझाव दिइसकेको छ । कतिपयले प्रतिनिधिसभाको मिति तोकेसँगै चालु प्रतिनिधिसभा स्वतः भंग हुने तर्क गर्दै आएका छन्  । त्यसैले  नयाँ चुनाव मिति तोक्ने र प्रतिनिधिसभा भंग गर्ने काम एकैचोटि गर्नुपर्ने उनीहरुको भनाइ छ । 

प्रतिनिधिसभाको म्याद नयाँ सदस्यका लागि मनोनयनसम्म रहने सभामुख अग्निप्रसाद सापकोटाको दाबी छ ।

‘प्रतिनिधिसभा आउँदो निर्वाचनको मनोनयनसम्म रहन्छ । हामी त्यही नियमअनुसार अघि बढौँ,’ सभामुख सापकोटाले भन्नुभयो, ‘सरकारले केही समयमै अर्को निर्वाचनको म्याद तोक्दैछ । अन्य व्यवस्थामा हामी बहस गरौँ।’ 

तर उहाँको यस्तो तर्कमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । सापकोटाको अभिव्यक्ति विवादित समेत बनेको छ । त्यसैले उहाँले यसबारेमा संविधानविद्हरूसँग परामर्श गरेर मात्र अघि बढ्ने प्रष्ट पार्नुभएको छ । 

संविधानविद्हरूबीच मतान्तर

प्रतिनिधिसभाको म्यादको विषयमा संविधानविद्हरूका मत पनि बाझिएका छन् । अर्थात यसबारे उनीहरुको मत एकरूपता देखिँदैन । संविधानविद् डा. विपिन अधिकारीका अनुसार संसद्को मिति तोक्नेबित्तिकै सरकार कामचलाउ हुन्छ । कामचलाउ सरकारले ‘बिजिनेस’ दिन सक्दैन अथवा मिल्दैन । त्यसैले सरकारले संसद् विघटन र निर्वाचन मिति एकैपटक घोषणा गर्नु उपर्युक्त हुन्छ । देश निर्वाचनमय भएपछि संसद्ले कानुन निर्माण गर्नै नसक्ने अधिकारीको तर्क छ,‘कानुन निर्माण नभएपछि संसद् राख्नुको औचित्य हुँदैन।’ 

अर्का संविधानविद् डा. भीमार्जुन आचार्य पनि संरकारले प्रतिनिधिसभाको मिति तोकेपछि चालु प्रतिनिधिसभा आफैँ भंग हुने तर्क गर्नुहुन्छ । भंग नभएपनि संविधानतः संसद्ले बिजिनेस दिन नसक्ने भएकाले स्वतः निष्क्रिय हुने उहाँको भनाइ छ ।  तर सरकारले संसद् विघटन गर्नुपर्ने तर्कको भने उहाँ विपक्षमा हुनुहुन्छ । वर्तमान सरकारले संसद भंग गरेमा राजनीतिमा त्यसले अर्कै अर्थ दिने भएकोले त्यस्तो गल्ती गर्न नहुने उहाँको सुझाव छ ।  

संसद् भंग गर्ने प्रावधानलाई सर्वोच्च अदालतले पनि ‘असंवैधानिक’ भन्दै पटकपटक संसद् ब्युँताएको उहाँको भनाइ छ । 

तर कतिपय संविधानविद्ले भने संसद् विघटन गर्नुको विकल्प नभएको तर्क गरेका छन् । एमाले सांसद एवम् वरिष्ठ अधिवक्ता कृष्णभक्त पोखरेलका अनुसार उम्मेदवारी दिने दिनसम्म मात्र प्रतिनिधिसभा रहन्छ । स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी दिने दिनसम्म पद रहेको थियो । 

संविधानमा के छ ? 

शेरबहादुर देउवा नेतृत्वको सरकार संविधानको धारा ७५ को (घ) अनुसार चयन भएको हो । संविधानअनुसार वर्तमान सरकारले विश्वासको मत नपाएको अवस्थामा मात्रै राष्ट्रपतिले संसद् भंग गर्न पाउने प्रावधान छ । यस्तो अवस्थामा छ महिनाभित्रमा निर्वाचन गर्नुपर्ने प्रावधान छ । 

संविधानविद् अधिकारीका अनुसार निर्वाचन वर्षमा प्रधानमन्त्रीलेसंसद् विघटन गर्न सक्ने प्रावधान रहेको छ, ‘यसअघि केपी ओलीले गरेको संसद् विघटन निर्वाचन वर्षमा थिएनन् । त्यसैले सर्वोच्चले त्यसलाई खारेज गरिदियो । तर अहिलेको सरकारले भने संसद् विघटन गर्न सक्छ ।’ 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्न सक्ने प्रावधान संविधानमा रहेको उहाँको तर्क छ । 
 


प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्