Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल विशेष
  • Home
  • सरल विशेष
  • असारे गीत : दुःख कष्ट र थकाई विर्साउने भाका (गीतका नमूनासहित) 
संस्कृति असारे गीत : दुःख कष्ट र थकाई विर्साउने भाका (गीतका नमूनासहित) 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, असार १५, २०७९

नेपालमा धान रोप्दा गाइने गीतलाई असारे गीत भनिन्छ। नेपालमा खासगरी असार महिनामा धान रोप्ने गरिन्छ। रोपाईंका बेला कृषकहरूलाई कामको भ्याईनभ्याई हुन्छ। तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई विर्सन खोज्छन् । जसले थकाइ, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गरेको हुन्छ। खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका खुल्दछ।

असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ। असारेलाई पूर्वी भेगमा रसिया भनिन्छ भने पश्चिमाञ्चलतिर काँठेभाका भनिन्छ। लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाई अनि मात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ। यस भाकाका फाँकीहरू १६/१६ अक्षरका हुन्छन् र हरेक पाउका १० अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानी यो भाका गाइन्छ। असारे भाकाले थकित वातवारणलाई आनन्ददायी र रोचक बनाइदिन्छ। असारे भाकामा प्रेम, वियोग, व्यथा, पीडाका साथै हस्य रस पनि पाउन सकिन्छ।

थुप्रै कवि, साहित्यकारले पनि असारलाई आफ्ना काव्यमा उतारेका छन्। संस्कृतका, महाकवि कालिदासले त आषाढस्य प्रथम दिवसे भनेर नै मेघदूतमा आफ्ना भाव रोचक रूपमा प्रस्तुत गर्ने सुरू गरेका छन्। त्यसबाहेक महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल लगायत थुप्रै लेखक कविले विभिन्न कोठाबाठ असारलाई विश्लेषण गरेका छन्।

पूर्वी नेपालको असारे गीत

रोप न रोप रोपारै रानी म पँज्याईदिउँला बीऊ
हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ
असार मास छिप छिपे हिलो खै लाग्यो फालीमा
बुवालाई भनि भुरुल्ली काटेँ ओइलायो आलिमा ।

कर्णाली क्षेत्रको असारे गीत

कर्णाली क्षेत्रमा असारे गीतलाई स्थानीय भाषामा अवाली भनिन्छ। कर्णाली क्षेत्रका असारे गीतहरू यस प्रकार छन् ः

कठै छुपु छुपु रोपी ल्याऔँ सिउँती सेरा अ
कठै बडिमाईका थान चढेइ मोती मेराइ अ
कठै बाट डिलबाट भिता काट्यो तरिस
कठै बाँची रहे हली बाउसे लाखै बरिष
कठै शिरसैनको मुला चोतो चिर भाइ हो खाउँ
कठै लाला झ्याउँ झ्याउँ बसी गया अब घर जाउँ
कठै शिरसैनको मुला चोतो चिरेइ खाँदैन
कठै यति राम्रा साते छोडी घर जाँदैन
कठै झुमु झुमे मेघु आयो माँझै असार
कठै शिरको शिरबन्दी ल्यायौं बाहुली पसार
कठै उमा देश हाम्रा माइत जाइआ भमर
कठै बुवाज्यूका बगलीमा बस्यै भमर
हाम्रा बुवा सोध्याउन्ना बोल्यै भमर
तम्री चेली बडा दुःख कहेइ भमर ।

काठमाडौँ उपत्यका

यहाँ गाइने असारे गीत लेग्रो तानेर गाइन्छ। गीतको पहिलो फाँकी झिके पछि बीचमा अनुप्रासका टुक्का मिलाई अनि मात्र अन्तिम टुप्पो वा फाँकी भन्ने गरिन्छ।

सिरी पशुपति सिरी गुजेश्वरी उहीमाथि आर्जेघाट,
बाला जीवनको हातको माला सुक्यो कैले होला भेटघाट
तेन्जिङ शेर्पा हिमाल चढ्यो भन्छन्, कैले होला भेटघाट।

काफल पाक्यो, कोइली डाक्यो, नागार्जुनको बनैमा
शिरको फूल शिरमै सुक्यो, आधा सुक्यो मनैमा
हरे राम राम हिउँदको घाम, आधा सुक्यो मनैमा


तनहूँको असारे गीत

भित्र खोक्रो न बाहिर बोक्रो, गुलियो कसार
हनुमान ढोका उघारी हेर्दा लागेछ असार
छुपुमा छुपु खेतमै रोपु, हातको बिउ छउन्जेल
जे खानु खाइयो, जे लाउनु लाईयो बाबाको ज्यु छइन्जेलु
असारै खाउला दुधिलो मकै, साउने खाउला खीर
घरमा छैन शितलु बचन, मनमा छैन थीर

रसुवाको असारे गीत

गाईको दाम्लो, भैंसीको दाम्लो 
किलाको किलै छ, किलाको किलै छ
अलैंची दाना बाडौंला भन्थें 
हात मेरो हिलै छ, हात मेरो हिलै छ 
अलैंची दाना बाडौंला भन्थें हात मेरो हिलै छ ।

केही असारे गीतका नमूना

न भित्र खोक्रो, न बाहिर बोक्रो, गुलियो कसार,
पूरबै ढोका खोलेर हेर्दा लागेछ असार

असारमासको चीजको वस्तु पाकेको खुर्सानी,
एक चरन असारे भन्देउ राजै सम्झाउनी विर्साउनी

असारे मासूको दबदबे हिलो छि मलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो।

असारलाई भनी कुटेको च्युरा म कति साँचूला,
सौताका हात दुइ कुड्की भात म कति बाँचूला

जुत्ता है सिउने सार्की दाजु फूल भिने सर्किनी,
डाँडै र काटी गएको म त मायाले फर्के नि।

बाटो है माथि बाटो है तल बूढो नि खरायो,
रोपाहार रानी रोप्दै थिए बाउसे नै हरायो  ।

अर्को गीत

खोल्सा र खोल्सी बाढी है आयो वर्षाको बेलैमा
कांधमा हलो हातमा जुवा लागि हुन मेलैमा
मै पनि जान्थें हल गोरु साउनु बेंसीको खैतैमा
लैबरी भाखा गाएको सुन्थें डाँडा र पाखैमा  ।

धानको बिउ हातमा लिइ रोप्दी हुन छुपु छुपु
आलीमा बसी गहुँको रोटी खादी हुन् कुपु कुपु
तारे र माले गोरुले पनि खोज्दै होला खै हली भनेर
रात भरी पाले बस्दैछ हली डलर सम्झेर  ।

बट्टामा भात झोलामा लगाई डलरको खेतीलाई
कठुवामा जांड मकैको खाजा धनको खेतीलाई । 

यो लेख विकीपीडीयाबाट साभार गरेर पुनः सम्पादन गरिएको हो । 


प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्