Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिबार, असोज १३, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
संस्कृति
  • Home
  • संस्कृति
  • आज फूलपाती विसर्जन गरी स्वस्थानी व्रत समापन
आज फूलपाती विसर्जन गरी स्वस्थानी व्रत समापन
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, फागुन ५, २०७८
swasthani.jpeg

काठमाडौं। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार रातभर जाग्राम बसी आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरेर समापन गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि नै सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने क्रम समापन गरी बर्तालु रातभर जाग्राम बसेका थिए ।

जाग्रामपछि आज बिहान एक महिनासम्म स्वस्थानी देवीलाई चढाइएको फूलपाती नजिकको नदी, ताल, तलाउ वा पोखरीमा लगी सेलाउने व्रत विधि छ । विधिपूर्वक एक महिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन शनिबार १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थानअर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

Pay_ru Remit

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीका चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ । यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।

व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिनुभयो ।

उपत्यकाको पूर्वी भेगस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज बिहान स्नानलगायत कर्म गरी समापनको तयारी गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । यस वर्ष १२५ बर्तालुले माधवनारायणको व्रत गरेका थिए । रासस


प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  २०:५७
प्रतिक्रिया दिनुहोस्
थप संस्कृति
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै शुक्रबार, कात्तिक १८, २०७९
पशुपति क्षेत्रमा देवीदेवताका चित्र पेन्टिङ गर्न मन्त्री आलेको निर्देशन
पशुपति क्षेत्रमा देवीदेवताका चित्र पेन्टिङ गर्न मन्त्री आलेको निर्देशन बिहीबार, फागुन ५, २०७८
यस्तो छ भारतको गयामा गएर श्राद्ध गर्ने कारण
यस्तो छ भारतको गयामा गएर श्राद्ध गर्ने कारण शनिबार, माघ २२, २०७८
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्