Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • निर्वाचन आयोगले क–कसलाई सोध्यो स्पष्टीकरण ? 
निर्वाचन आयोगले क–कसलाई सोध्यो स्पष्टीकरण ? 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, वैशाख २२, २०७९

काठमाडौं । निर्वाचन आचारसंहिता लागू भएपछि निर्वाचन आयोगले एक दर्जनभन्दा बढी व्यक्ति, संघसंस्था र पार्टीलाई स्पष्टीकरण सोधेको छ । 

उनीहरुले निर्वाचन आचारसंहित उल्लंघन गरेको कारण स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । प्राय सबैलाई चौबिस घण्टाको समय दिई स्पष्टीरकण सोधिएको छ । निर्वाचन आचारसंहति गत चैत २६ गतेबाट लागू भएको हो । 

आयोगले सबैभन्दा पहिला नेपाली कांग्रेसका नेता डा शशांक कोइरालासँग स्पष्टीकरण सोधेको थियो । कोइरालाले गएको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको बताएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो । 

उक्त निर्वाचनमा आयोगले एक जना उम्मेदवारलाई २५ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने सीमा तोकेको थियो । निर्वाचनपछि कोइरालाले आयोगमा बुझाएको रिपोर्टमा आफूले निर्वाचनमा २१ लाख ७५ हजार रुपैयाँ खर्च गरेको उल्लेख गरेका थिए । कोइरालालाई स्पष्टीकरण बुझाएपछि आयोगले उनलाई सचेत समेत गराएको थियो । 

निर्वाचन आचारसंहित लागू भएपछि आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितसँग दुई पटक स्पष्टीकरण सोधेको छ । 

वैशाख १५ गते धुम्बाराहीस्थित नेशनल कलेजले आयोजना गरेको कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर आयोगले पहिलो पटक स्थापितसँग स्पष्टीकरण मागेको थियो । 

स्थापितले उक्त कार्यक्रममा एक जना महिलालाई आक्रोषित हुँदै ‘यु आर नाइस लेडि तर तपाईँको थुतुनो ठीक छैन’ भन्ने जवाफ दिएका थिए । उनले ‘यो बहिनीले वेश्यावृति गर्छ भनेर म पनि छपाउँ’ भन्ने अभिव्यक्ति पनि दिएका थिए । त्यसपछि आयोगले उनीसँग स्पष्टीकरण सोधेको थियो । 

स्थापितसँग आयोगले दोस्रो पटक काठमाडौं महानगरपालिकाका अर्का प्रमुखका उम्मेदवार बालेन साह विरुद्ध दिएको अभिव्यत्तिलाई लिएर सोधेको थियो । 

स्थापिततले साहका बारेमा ‘एउटा फुच्चे भन्ने बालेन साह रहेछ, उ त अन्तर्राष्ट्रिय ठग रहेछ...’ भन्ने अभिव्यक्ति दिएका थिए ।  

आयोगले निर्वाचन आचारसंहित प्रतिकूल गतिविधि गरेको भन्दै नेकपा माओवादी केन्द्रसँग पनि जवाफ मागेको छ । माओवादीले कलैया उपमहानगरपालिका–२३ का वडाध्यक्ष बिक्रम साह लगायतका व्यक्तिहरुले माओवादी केन्द्रको चुनाव चिन्ह अंकित टिसर्टसहित प्रचारमा देखिएको समाचार सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएपछि दलबाट भएको हो वा होइन ? भनि आयोगले जवाफ मागेको हो । 

आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग पनि स्पष्टीकरण सोधेको छ । उनले अग्निपीडित मुक्त कमैयाका घर बनाई दिने प्रतिवद्धता जनाएपछि स्पष्टीकरण सोधेको हो । 

मुख्यमन्त्री भट्टले अग्निपीडित मुक्त कमैया परिवारलाई एकीकृत वस्ती विकास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि तत्काल प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको बताएका थिए । 

निर्वाचन आचारसंहितामा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने उल्लेख छ । 

आयोगले निर्वाचन परिबेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई समेत स्पष्टीकरण सोधिसकेको छ । वैशाख १९ गते उनले एक टेलिभिजनमा निर्वाचन आचारसंहिता २०७८ विपरीत हुने गरी ‘राजनीतिक दल हैन स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्छ’ भनी मतदातालाई प्रभाव पार्ने अभिव्यक्ति दिएको जनाउँदै आयोगले स्पष्टीकरण सोधेको हो । 

यही बीचमा दुर्गा भगवती गाउँपालिका–४ का अध्यक्ष धर्मनाथ चौधरीलाई आयोगले स्पष्टीकरण सोधेको छ । वडा अध्यक्ष चौधरीले निर्वाचनलाई प्रभावित गर्नेगरी गतिविधि गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । चौधरीले दुर्गा भगवती वडा नं। ५ का एक जना महिलालाई दुई हजार रुपैयाँ नगद दिएको र अर्को एक जनालाई पाइप वितरण गरेको उजुरी आयोगमा परेको थियो । 

आयोगले नेपाली कांग्रेस पार्टीसँग पनि स्पष्टीकरण मागेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौँ’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिएपछि सो राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग जवाफ मागेको हो । 

तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख बासुदेव घिमिरेलाई आयोगले स्पष्टीकरण सोधेको छ । दलीय चुनावी प्रचारप्रसारमा खटिएको फोटोसहितको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन तथा सम्प्रेषण भएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । 

आयोगले नेपाल राष्ट्र आधारभूत विद्यालय कपिलवस्तुका प्रधानाध्यापक प्रल्हाद पाण्डेसँग स्पष्टीकरण मागेको छ । उनी दलीय चुनावी प्रचारप्रसारमा संलग्न रहेको भन्दै फोटोसहितको समाचार प्रकाशन भएपछि निर्वाचन आयोगले उनीसँग जवाफ मागेको हो । 

आयोगले मेलम्ची नगरपालिका–१० का वडा अध्यक्ष पदका उम्मेदवार अमृत खनाललाई पनि स्पष्टीकरण सोधेको छ । मतदाताको पाउमा एक हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार सञ्चार माध्यममा प्रकाशन भएपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको हो । 

यस्तै आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानलाई स्पष्टीकरण सोधेको छ । मन्त्री मोक्तान चुनावी प्रचारमा खटीएको फोटोसहितको समाचार प्रकाशन भएपछि के भएको हो भनी आयोगले स्पष्टीकरण सोधेको हो । 

आयोगले महिला पुनस्र्थापना केन्द्र (ओरेक) सँग पनि स्पष्टीकरण सोधेको छ । ओरेकले काठमाडौं महानगरपालिकाका प्रमुख पदका नेकपा एमालेका उम्मेदवार केशव स्थापितबारे जारी गरेको प्रेस विज्ञप्ति निर्वाचन आचारसंहिता प्रतिकूल रहेको जनाउँदै स्पष्ट पार्न भनेको हो । 


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने बिहीबार, चैत १४, २०८१
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू)
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू) बिहीबार, साउन २४, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन् आइतबार, माघ २८, २०८०
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल शनिबार, माघ २०, २०८०
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली शुक्रबार, माघ १९, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्