Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • रामचन्द्र पौडेललाई भरतपुरका बागी उम्मेदवार जगन्नाथको जवाफ–'पछि प्रचण्डलाई सघाउँला, अहिले रेनुलाई पछि हटाउनुहोस्' 
रामचन्द्र पौडेललाई भरतपुरका बागी उम्मेदवार जगन्नाथको जवाफ–'पछि प्रचण्डलाई सघाउँला, अहिले रेनुलाई पछि हटाउनुहोस्' 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, वैशाख २२, २०७९

काठमाडौं । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्नाथ पौडेलले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँगको भेट अस्वीकार गर्नुभएको छ । भेट्न मानेनन्।

तर उहाँले कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भने विहीवार बिहान भेटेर कुराकानी गर्नुभएको छ । 

भरतपुरस्थित होटल सिरागचुलीमा भएको भेटमा रामचन्द्र र जगन्नाथबीच छोटो कुराकानी भएको हो। भेटवार्तामा जगन्नाथले मेयरमा उम्मेदवारी दिँदा प्रस्तावक रहेका कृष्णलाल सापकोटा र समर्थक रहेकी मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो । 

होटलकै कोठामा भएको बेक्रफाष्ट मिटिङमा सत्तागठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समितिका संयोजकसमेत रहेका रामचन्द्रले अहिले संविधान मिच्ने प्रयास भइरहेको र त्यस्तो षड्यन्त्र स्थानीय तहसम्मै रहेको बताउनुभएको थियो  उहाँले संविधान र लोकतन्त्र बचाउनका निम्ति बनेको यो गठबन्धनलाई सहयोग गर्न जगन्नाथ र उहाँका समर्थक नेताहरुलाई आग्रह गर्नुभएको थियो । 

पौडेलको आग्रहपछि चिवन कांग्रेस पूर्वसभापतिसमेत रहनुभएका जगन्नाथका प्रस्तावक कृष्णलाल सापकोटाले कांग्रेस बचाउन र भरतपुरमा संगठन बलियो पार्नकै लागि जगन्नाथले यसपालि मेयर पदमा उम्मेदवारी दिएकोले फिर्ता नहुने जिकीर गर्नुभएको थियो । जगन्नाथले उम्मेदवारी दिनुभएको हो। यो पछि गएर कांग्रेसकै जगन्नाथको विजयले काँग्रेसकै हित हुने जिकिर गर्दै उहाँले जगन्नाथले स्वतन्त्र उम्मेदवारी दिएकोले अब फिर्ता गर भनेर नेताहरूले दबाब दिन नमिल्ने बताउनुभयो । 

रामचन्द्रले पटकपटक फोन गरेपछि मात्रै आफूहरू भेटका लागि आएको सापकोटाको भनाइ थियो। गठबन्धन गर्ने पार्टी निर्णयमा आफूहरुको सहमति नरहने उहाँले अडान दोहोर्याउनुभयो ।

बरू संघीय चुनावमा प्रचण्डलाई सहयोग गर्न सकिने सापकोटाको तर्क थियो । तर मेयरमा दोहोर्‍याएर रेनुलाई भोट हाल्न नसकिने उहाँको प्रष्टोक्ति थियो, ०७४ मा पनि कांग्रेसले मेयर छाडेको हो, सधैँ माओवादीलाई मेयर छाड्न सकिन्न।’

भेटमा जगन्नाथले पनि कांग्रेस बचाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । 

‘कांग्रेसलाई बचाउने यो अभियानमा म एक्लै छैन, साथीहरू र धेरैको समर्थन छ । अब म धेरै अघि बढेँ, उम्मेदवारी निस्कृय गर्न सकिन्न,’ उहाँको भनाइ थियो । 

जगन्नाथले रामचन्द्रलाई बरू सक्ने भए रेनुलाई मेयर उम्मेदवारबाट पछि हटाउन आग्रह गर्नुभएको थियो । 

वरिष्ठ नेता पौडेलसँगको छोटो कुराकानीपछि उहाँहरु चुनावी प्रचारका कार्यक्रममा जान ढिलाइ भयो भन्दै होटलबाट बाहिरिनुभएको थियो । 

भरतपुरमा सत्तागठबन्धनबाट माओवादीकी नेता रेनु दाहाल मेयर र कांग्रेस नेता चित्रसेन अधिकारी उपमेयर उम्मेदवार छन्।

तर कांग्रेसका पुराना नेता जगन्नाथले स्वतन्त्र उम्मदेवारी दर्ता गरेर चुनाव चिन्ह भुइँकटहर लिएर प्रचारमा जुटिसक्नुभएको छ । 

महानगरभित्र कांग्रेसको धेरै भोट रहेकोले थोरै भोट भएको माओवादीलाई मेयर नछाड्ने जगन्नाथ पक्षको दाबी छ । 


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने बिहीबार, चैत १४, २०८१
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू)
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू) बिहीबार, साउन २४, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन् आइतबार, माघ २८, २०८०
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल शनिबार, माघ २०, २०८०
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली शुक्रबार, माघ १९, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्