Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिबार, असोज १३, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • कैलालीका अर्जुन दासको विभत्स हत्या प्रकरण : चार महिनापछि यसरी पक्राउ परे हत्या आरोपी
कैलालीका अर्जुन दासको विभत्स हत्या प्रकरण : चार महिनापछि यसरी पक्राउ परे हत्या आरोपी
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, वैशाख २, २०७९

काठमाडौं । कैलालीका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अर्जुनको हत्यामा संलग्न चारजनालाई पक्राउ गरेको हो । 

गत ३ पुसमा कैलाली जानकी गाउँपालिका–९ अमरावती सामुदायिक वनमा सोही ठाउँका अर्जुनको रूखमा बाँधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स तरिकाले हत्या गरेका थिए । 

उनको हत्यामा संलग्न रहेर फरार रहेका सुमित साउद, बमे भनिने बम बहादुर बोहरा, रोनी परियार भनिने दिलिप दास र मनोज भण्डारी छन् । जानकी गाउँपालिका–९ कैलाली घर भएका सबै जना १९ वर्षका छन् । 

रूपन्देहीको सिद्धार्थ नगरपालिका-१ बेलहिया सिमानाकाबाट गोप्य सूचनाको आधारमा अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । हिजो पक्राउ परेका चारैजनालाई कर्तव्य ज्यान कसुरमा मुद्दा रहेकाले थप अनुसन्धानका लागि कैलाली प्रहरीलाई बुझाएको हो । 

Pay_ru Remit

कसरी पक्राउ परे ? 

हत्या गरेर भारततर्फ फरार भएका चारैजना लुकिछिपी बस्दै आएका थिए । भारतमा बस्दा पनि त्यहीँबाट फेसबुक लाइभ आएर धम्की दिनेसमेत गरिरहेका थिए । नेपालको प्रहरीले पक्राउ गर्न नसक्ने उनीहरूको दाबी थियो । 

नयाँ दिल्लीतर्फ लागेका उनीहरू पछिल्लो समय काम खोज्दै बेलहिया नाकातर्फ आएका थिए । सुमित, मनोज, दिलीप र बमे बेहलिया नाकातर्फ आएको सूचना महानगरीय अपराध महाशाखाले पायो । त्यसपछि खटिएको विशेष टोलीले १ वैशाखको ४ः१५ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परेका चारैजनालाई आज कैलाली प्रहरीलाई बुझाएको छ । 

कसरी भएको थियो हत्या ?

घटना हुनुभन्दा तीन दिन अगाडि कमल साउदको मोबाइल फोन हराएको विषयलाई लिएर सुमित साउदलाई शंका गरी कुटपिट गरेको थिए । सुमित कुटिएको विषयमा मनोज भण्डारी र बमबहादुर समेतले कमल साउदको २५ हजार रुपैयाँ बराबरको लागूऔषध चोरी गरी जंगलमा लुकाएका थिए । 

अर्जुनले मोबाइल चोरी हर्के भाटलाई दिएको कुरा सुमितले पत्ता लगाई कमललाई फिर्ता दिएका थिए । कमलको मोबाइल चोरी गरेको र सुमितलाई कुटपिट गरेको विषयमा मुख्य दोषी अर्जुन हो भनी मनोज, सुमित, बम, सुशील मयाल, दिलीप दास, बादल विक, करण दर्नालले कुटपिट गर्ने योजना बनाएका थिए । 

२ पुस बेलुका ६ बजेतिथर अर्जुन र उनका साथीहरू लागुऔषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भएका थिए । सबैजनाले लागुऔषध सेवन गरेपश्चात कमलको चोरी भएको मोबाइल र सुमितलाई कुटपिट गरेको विषयमा अर्जुनलाई दोषी देखाई सबैजना मिलेर कुटपिट गरी हातखुट्टा बाँधेका थिए । 

अर्जुनलाई हातखुट्टा बाधेर ४–५ घण्टा राखेपछि सबैजनाको मार्ने योजनाअनुसार सुशीलले खुकुरी उपलब्ध गराएर घर फर्किएका थिए । राति ११ बजेतिर मनोजलगायतको समूहले अर्जुनलाई साजको रूखमा हातखुट्टा बाँधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी टाउको दुई फिट टाढा राखी सबैजनाले लागुऔषध सेवन गरी रातभरि घटनास्थलमै बसेका थिए । 

भोलिपल्ट बिहान ५ बजेतिर होश खुल्दा आफूहरुबाट हत्या भएको थाहा भएपछि मनोज, बादल, दिलीप, बमे, सुमित र विवेक भागेर भारतको दिल्लीतर्फ लागेका थिए । कनकलाल, करण, सुशील भने कैलालीमै साथीको घरमा लुकेर बसेका थिए । सुमित, मनोज, दिलीप र बमे भारतका विभिन्न स्थानमा बस्दै आएका थिए । 


प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय 
खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय  बिहीबार, फागुन २५, २०७९
काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा, बिहीबारदेखि मौसम खुल्ने पूर्वानुमान 
काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा, बिहीबारदेखि मौसम खुल्ने पूर्वानुमान  बुधबार, फागुन २४, २०७९
नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने 
नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने  आइतबार, फागुन २१, २०७९
जुलुशमा पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि दुर्गा प्रसाई आक्रोशित, राजतन्त्रको पक्षमा नारा लगाउन रोक
जुलुशमा पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि दुर्गा प्रसाई आक्रोशित, राजतन्त्रको पक्षमा नारा लगाउन रोक शनिबार, फागुन २०, २०७९
रामचन्द्र पौडेललाई मत दिन केपी ओलीलाई कांग्रेस सभापति देउवाको पत्र
रामचन्द्र पौडेललाई मत दिन केपी ओलीलाई कांग्रेस सभापति देउवाको पत्र मंगलबार, फागुन १६, २०७९
क्रिकेटर सन्दीप लामिछानेलाई १५ दिनका लागि विदेश जान सर्वोच्चको अनुमति
क्रिकेटर सन्दीप लामिछानेलाई १५ दिनका लागि विदेश जान सर्वोच्चको अनुमति सोमबार, फागुन १५, २०७९
बाटो नभएको ठाउँमा पुल बनाउन अनुमति दिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
बाटो नभएको ठाउँमा पुल बनाउन अनुमति दिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  आइतबार, फागुन १४, २०७९
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा 
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा  आइतबार, फागुन १४, २०७९
बागमती प्रदेश सरकारमा कांग्रेस र एकीकृत समाजवादीको इन्ट्री हुने सम्भावना
बागमती प्रदेश सरकारमा कांग्रेस र एकीकृत समाजवादीको इन्ट्री हुने सम्भावना आइतबार, फागुन १४, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्