Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • माओवादी र काँग्रेसबीच मात्र भागवण्डा हुने भएपछि गठबन्धन फुट्ने संकेत 
माओवादी र काँग्रेसबीच मात्र भागवण्डा हुने भएपछि गठबन्धन फुट्ने संकेत 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, चैत २८, २०७८

गोरखा । आसन्न निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पार्टीहरु देशभर चुनावी तालमेल गर्ने निर्णय गरेपछि गोरखामा अस्वभाविक चुनावी टक्कर हुुने संकेत देखिएको छ । 

गोरखामा चुनावी तालमेल र भागवण्डा मिलाउन गठबन्धन भित्रका चार दल कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो बैठकले कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको संयोजकत्वमा जिल्ला संयन्त्र बनाएको थियो । गत चैत्र १८ गते यता सो संयन्त्रको औपचारिक वैठक तीन पटक बसिसकेको छ । 

तर, सत्तारुढ गठबन्धनका जिल्लास्तरीय नेताहरूबीच तीन पटक छलफल भए पनि कसरी उम्मेदवारी भागबण्डा गर्ने ?, कुन ठाउँमा कसले छोड्ने ?, कहाँ कसलाई सघाउने ? भन्ने बारेमा कुरा नमिल्दा चुनावी तालमेल हुने भन्नेबारे कुनै मार्गचित्र बन्न सकेको छैन। 

गोरखामा दुई नगरपालिका र  नौ गाउँपालिका गरि ११ वटा स्थानीय तह रहेको छ । २०७४ को स्थानीय निर्वाचनबाट नेपाली कांग्रेसले नौ  वटा र नेकपा माओवादी केन्द्रले दुुई वटामा नेतृत्व सम्हालिरहेको छ ।

कांग्रेसले गोरखामा एक्लाएक्लै चुनाव लडे ११ वटै पालिका जित्ने दावी गर्दै गठबन्धन भएमा हाल नेतृत्व लिईरहेको नौ वटा पालिका नछाड्ने अडान लिएको छ । यद्यपी गठबन्धन पार्टीका एक नेताका अनुसार गठबन्धनलाई मिलाएर लैजाँदा राष्ट्रिय राजनीति हेरेर कांग्रेस सात वटा पालिकामा खुम्चिएर सहमति गर्ने भित्री रणनीतिमा छ । 

सत्ता गठबन्धन नै मिलेर जाने हो भने नेकपा माओवादीले सात वटा पालिका दावी गरेको छ । तर, माओवादीका जिल्लास्तरीय एक नेतालेले कांग्रेसका नेतृत्वलाई जिल्ला समन्वय समितिसहित १२ हिसाब गरेर ६–६ वटा बाँडेर चुनावमा जान प्रस्ताव गरेको स्रोत बताउँछ । 

‘जिल्लामा जसपा र नेकपा एसको संगठन बलियो छैन् । यिनीहरुलाई नेतृत्व दिनु पर्दैन । हामी जिसससहित १२ वटा हिसाब गरेर आधा आधा बाँडौँ । अरु दललाई नेतृत्व नदिई चित्त बुझाऔं, यदिन मानेनन् भने कांग्रेस माओवादी मात्रै मिलेर चुनावमा जाऔँ भनेर माओवादीले नेतृत्वले कांग्रेसलाई प्रस्ताव गरेको रहेछ । तर, कांग्रेसले त्यो कुरालाई अस्वीकार गर्यो’, स्रोतले भन्यो । 

जसपाले भने गोरखामा एक नगरपालिकासहित तीन वटा पालिका दावी गरेको छ । तर, गठबन्धनका दुई शिर्ष दल कांग्रेस र माओवादी आफुले मात्रै नेतृत्व लिएर साना दललाई उपमेयर, उपाध्यक्ष र वडाध्यक्षमा नै चित्त बुझाउन लगाउने चलखेल शुरु भएपछि जसपाका नेताहरु असन्तुष्ट देखिन्छन् । जसपा र नेकपा एसलाई नेतृत्व नदिएर दुई दल मात्रै भाग लिने भन्दै माओवादीले गरेको लविङ कांग्रेसले अस्वीकार गरेको छ । 

एकीकृत समाजवादीले हालसम्म कुनै पालिकामा दावी प्रस्तुत नगरेपनि तालमेल हुँदा कम्तिमा एउटा पालिका पाउने कुरामा ढुक्क छ । राष्ट्रिय राजनीति हेरेर पनि गोरखामा सम्मानजनक तालमेल हुने भन्दै एकीकृत समाजवादी नेतृत्वले अहिलेसम्म कुनै पालिकामा दावी भने गरेका छैनन् । 

अनौपचारिक रुपमा दलका नेताहरु पटकपटक वैठक बसेपनि औपचारिक रुपमा भने गत चैत्र १८ गते यता गोरखामा सत्तारुढ गठबन्धनका दल चुनावी तालमेलको बिषयमा छलफल गर्न तीन पटक वैठक बसिसकेको छ ।  

गोरखा वाहेक अन्य जिल्लामा गठबन्धन दलले धमाधम यसअघि आफूले जितेको क्षेत्र यथावत राख्दै एमालेले जितेको ठाउँको पद आपसमा बाँडीचुडी गरेर चुुनावी तालमेल गर्ने निर्णय गरिरहेका छन् । 

तर, गोरखामा एमालेको १३ वटा वडा वाहेक जिल्लामा नेतृत्व नै छैन् । गठबन्धन भएको खण्डमा साझेदार दलहरुलाई खुसी बनाउन कांग्रेसले विगतमा आफुुले जितेका चार(पाँच वटा पालिका अन्य दललाई बाँड्नु पर्ने देखिन्छ । जसका लागि कांग्रेस तयार छैन । 

माओवादीले सात वटा, जसपाले तीन वटा पालिका दावी छ । नेकपा एसले कम्तिमा एउटा पालिकाको नेतृत्व पाए चित्त बुझाउने देखिन्छ । 

माओवादी र जसपा पनि आफ्नो दावी अनुसार सम्मानजनक हिस्सा नपाए चुनावी तालमेलको आधिकारीक निर्णय गर्न तयार छैनन्  । कांग्रेस आफु ‘मरिज’ जस्तो खुम्चिएर तालमेल गर्नु भन्दा एक्लाएक्लै लड्न चाहन्छ । 

सबै दल आ–आफ्नै अडान र दावीबाट पछि हट्ने अवस्था नभएपछि गोरखामा अहिले सोचेजस्तै सत्तारुढ गठबन्धन दलहरुबीच चुनावी तालमेल हुने सम्भावना कम हुँदै गएको गठबन्धन दलका एक नेताले भने । 


प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  १०:३०
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने बुधबार, वैशाख २४, २०८२
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा  ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । आइतबार, चैत २४, २०८१
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह आइतबार, माघ २०, २०८१
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार, पुस २७, २०८१
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा  औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड सोमबार, पुस १५, २०८१
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न बुधबार, भदौ १९, २०८१
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ? शनिबार, भदौ १, २०८१
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्