Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • एनआरएनए भिक्टोरिया फुटसल टुर्नामेन्टमा काठमान्डू कटेज यती फुटबल क्लब विजयी 
एनआरएनए भिक्टोरिया फुटसल टुर्नामेन्टमा काठमान्डू कटेज यती फुटबल क्लब विजयी 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, चैत १४, २०७८

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा एनआरएनए भिक्टोरिया फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ। डाँफे कन्सल्टिङ्गको मूख्य प्रायोजन तथा २४ टिमको सहभागितामा आइतबार, २७ मार्चमा टुर्नामेन्ट सम्पन्न भएको हो। 

टुर्नामेन्टको लिगका खेलहरु बिहान ९ बजेदेखि सुरु भएका थिए। दोस्रो एनआरएन भिक्टोरिया फुटसल टुर्नामेन्टको लिगमा सैनीक टीम, चन्द्रसूर्य फुटबल क्लव, युनाईटेड फुटवल क्लव ए र बी, क्रेगीवन ब्रिगेड सकर क्लव ए र बी, गुल्मी टाइगर्स ए र बी, बेन्डीगो नेप्लिज फुटवल क्लव, हिमालयन फुटवल क्लव ए, बी र सी, हिमालयन टाइगर ए र बी, यती फुटबल क्लव ए, बी, सी र डी, रोयल वेस्टर्न क्लव ए र बी, रोयल फुटवल क्लव ए र बी र जीपी फुटवल टिमले प्रतिस्पर्धा गरेका थिए। 

लिग खेल मार्फत ८ टिमले क्वार्टर फाइनलको यात्रा तय गरे। उक्त क्वार्टर फाइनल खेलमा जित हासिल गर्दै काठमान्डू कटेज यती फुटबल क्लब, युनाइटेड फुटबल क्लब, रोयल फुटबल क्लब र कँडेल कन्सल्टेन्सी यती फुटबल क्लब सेमी-फाइनलमा प्रवेश गरेका थिए। रोचक भिडन्तको साथमा सम्पन्न सेमी-फाइनल खेलमा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै काठमान्डू कटेज यती फुटबल क्लबले फाइनलको यात्रा तय गर्यो भने यता रोयल फुटबल क्लबले कँडेल कन्सल्टेन्सी यती फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै फाइनलमा आफ्नो सिट पक्का गर्यो। 

आरएमआईटि सेन्टरको कोर्ट एकमा भएको फाइनल खेलमा रोयल फुटबल क्लबलाई २-१ को अन्तरले पराजित गर्दै काठमान्डू कटेज यती फुटबल क्लबले उपाधि जित्न सफल भयो। उक्त खेलमा यतीका मन्दिप सिंह बस्नेत म्यान अफ द म्याच घोषित भएका थिए। 

समग्र टुर्नामेन्टतर्फ भने काठमान्डू कटेज यती फुटबल क्लबका एलन न्यौपाने सर्वोत्कृष्ट गोलकीपर बन्न सफल भए। त्यसैगरी, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडी दुवै उपाधि अनिल ओझाले प्राप्त गरे। 

विजेताहरुलाई आइतबार नै छोटो औपचारिक कार्यक्रम मार्फत पुरस्कार वितरण गरिएको थियो। टुर्नामेन्टको विजेता टिमले ट्रफी र मेडलको साथमा १५ सय डलर तथा उपविजेता टिमले ट्रफी र मेडलको साथमा १ हजार डलर नगद पुरस्कार प्राप्त गरे। त्यसैगरी, खेलका सर्वोत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता खेलाडीलाई ट्रफी प्रदान गरी सम्मान गरिएको थियो। 

टुर्नामेन्ट उल्लेख्य सहभागिताका साथमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै मूख्य प्रायोजक संस्था डाँफे कन्सल्टिङ्गका डाइरेक्टर सन्तोष कर्ण भन्नुहुन्छ, " यो टुर्नामेन्टको हिस्सा बन्न पाउँदा गर्व लागिरहेको छ। फुटसल टुर्नामेन्ट युवाहरुका लागि प्लाटफर्म हो भने समुदायको समृद्धिका लागि एउटा पाटो हो। महिलाहरुका लागि पनि सेसन राखिएकोले यो टुर्नामेन्ट अझ विशेष बनेको छ। र संगै यसले युवाहरुको मानसिक तथा  शारीरिक स्वास्थ्यका लागि पनि सहयोग पुग्छ। यो सुन्दर कार्यमा हातेमालो गर्ने अवसर दिनुभएकोमा एनआरएनए भिक्टोरियाप्रति आभारी छु। सम्पूर्ण खेलाडी, टिमलाई सहभागिताका लागि धन्यवाद र विजेता टिमलाई बधाई दिन चाहन्छु। समुदायको हितका निम्ति डाँफे कन्सल्टिंगको साथ रहिरहने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु "। 

प्रतियोगितापछि टुर्नामेन्टमा महिलाहरुका लागि 'आऊ र प्रयास गर' (कम एण्ड ट्राई) सेसन रहेको थियो, जसमा महिला फुटबलप्रेमीहरुको उत्साहजनक सहभागिता रह्यो। यो सेसनका बारेमा बोल्दै टुर्नामेन्ट संयोजक विजय दाहालले समुदायमा भइरहेका फुटबल तथा क्रिकेट टुर्नामेन्टमा महिला सहभागिता तथा महिला टिमको प्रतियोगिता न्यून देखिएकोले महिलाहरुलाई खेलमा प्रोत्साहन गर्ने उद्देश्यका साथमा यो टुर्नामेन्ट राखिएको बताउनुभयो। सरलरेखासंगको कुराकानीमा उहाँले यसपटकको टुर्नामेन्टमा गरिएको यो प्रयासले आउँदा दिनमा महिलाहरुलाई प्रतियोगितामा सहभागी हुने अवसर बन्दै जाने विश्वास व्यक्त गर्नुभयो। 

त्यसैगरी, एनआरएनए भिक्टोरिया सदस्य बबी लामाले महिलाहरुका लागि विशेष सेसन समावेश गरेकोमा आभार व्यक्त गर्दै खेलमा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताउनुभयो। उहाँले महिला सहभागिताका लागि यी प्रयास निरन्तर भइरहने विश्वास समेत व्यक्त गर्नुभयो।

टुर्नामेन्ट आयोजनाको उद्देश्यबारे प्रष्ट पार्दै एनआरएनए भिक्टोरियाका संयोजक हरि खड्का भन्नुहुन्छ," खेल भनेको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अत्यन्तै आवश्यक छ। त्यसमा पनि यस्ता टुर्नामेन्टहरुले खेलप्रेमीहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्छन्। त्यसैगरी, यसले समुदायलाई खेल क्षेत्रमा अगाडी लैजान मद्दत गर्छ भने सामुदायिक एकता र सद्भावको वातवरण पनि निर्माण गर्छ "। युवा सहभागिता तथा अवसर र सामुदायिक एकता तथा समृद्धिका लागि खेलकुद गतिविधिहरुलाई एनआरएन भिक्टोरियाले प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ। सरलरेखासंगको कुराकानीमा उहाँले संस्थाको एकल प्रयासले मात्र यी लक्ष्य हासिल गर्न नसकिने बताउँदै टुर्नामेन्टको मूख्य प्रायोजक संस्था डाँफे कन्सल्टिङ्ग लगायत सम्पूर्ण प्रायोजक संस्थाहरुप्रति आभार व्यक्त गर्नुभयो। संयोजक खड्काले टुर्नामेन्ट सफल बनाउनका लागि अहम् भूमिका खेल्ने सहभागी खेलाडी, टिम, सपोर्टर संथाको रुपमा रहेको न्याभ, फुटसल टुर्नामेन्ट संयोजक टिम, स्वयंसेवक र सम्पूर्ण सहभागी तथा शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्नुभयो। 


प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । बुधबार, वैशाख ३, २०८२
नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा
नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा बुधबार, चैत २१, २०८०
नेपाली महिला टोली एसिया कपमा
नेपाली महिला टोली एसिया कपमा बुधबार, चैत १४, २०८०
नेपालले चुनौती पाएन
नेपालले चुनौती पाएन बुधबार, चैत १४, २०८०
नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै
नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै शनिबार, फागुन २६, २०८०
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन शुक्रबार, फागुन १८, २०८०
साम्बाले वाफको फाइनल नखेल्ने
साम्बाले वाफको फाइनल नखेल्ने बुधबार, फागुन १६, २०८०
नेपालले गुमायाे सातौं विकेट
नेपालले गुमायाे सातौं विकेट बिहीबार, फागुन ३, २०८०
वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित सोमबार, माघ २२, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्