Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिबार, असोज १३, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
ग्लोबल नेपाल
  • Home
  • ग्लोबल नेपाल
  • एनआरएनए चुनावः यी हुन् निर्विरोध १५ पदाधिकारी, अध्यक्षमा थापा र केसीबीच प्रतिपस्पर्धा  
एनआरएनए चुनावः यी हुन् निर्विरोध १५ पदाधिकारी, अध्यक्षमा थापा र केसीबीच प्रतिपस्पर्धा  
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, चैत २, २०७८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय रविना थापा र डा बद्री केसीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । 

संघको निर्वाचन समितिले तोकेको समय सीमाभित्र दुई जनाको मात्र उम्मेद्वारी कायम भएपछि उनीहरूबीच प्रतिस्पर्धा हुने भएको हो । 

उम्मेद्वारी दर्ताका लागि दिइएको समय ७–११ मार्चसम्म एनआरएनएको विभिन्न ५१ पदका लागि ६१ जनाभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका थिए । तीमध्ये विभिन्न १५ पदमा निर्विरोध चयन भएका छन् ।

हाल संघको संशोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था गरिएको छ । उपाध्यक्ष खुलातर्फ ६ जनाको उम्मेद्वारी परेको छ । खुला उपाध्यक्ष पदका लागि डा हेमराज शर्मा (बेलायत), धर्मराज अधिकारी (अष्ट्रेलिया), डिबी क्षेत्री (ओमन), जयप्रकाश गुरुङ (बेलायत), आरके शर्मा (कतार) र टंक गैरे (जापान)ले उम्मेद्वारी दिएका छन् । यीमध्येबाट अत्याधिक मत ल्याउने चारजना मात्र निर्वाचित हुनेछन् ।

Pay_ru Remit

यस्तै महिला उपाध्यक्षमा साउदीबाट यासमिन बेगम सैयद र युवा उपाध्यक्षमा अफ्रिकाबाट रोशन थापाको उम्मेद्वारी परेको थियो । दोहोरो उम्मेद्वारी नपरेको कारण महिला र युवा उपाध्यक्ष निर्विरोध चयन भएका छन् ।

महासचिव पदको लागि अमेरिकाका गौरीराज जोशी र बेलायतका विनय अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै खुला सचिवतर्फ बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, अष्ट्रेलियाबाट अभिमासिंह बस्नेत, अमेरिकाबाट शंकर खड्का र क्यानाडाबाट चिरन्जीवी घिमिरेको उम्मेद्वारी परेको छ । यीमध्येबाट तीन जना निर्वाचित भएर आउनेछन् ।

महिला सचिवमा भने हङकङबाट राधिका गुरुङ (टीका) को एकल उम्मेद्वारी परेकोले निर्विरोध चयन भएकी छिन् । यस्तै कोषाध्यक्षमा बेल्जियमबाट लोकप्रसाद दाहाल र नेदरल्याण्डबाट फडिन्द्र पन्तबीच चुनाव हुने पक्का भएको छ । यसैगरी दक्षिण कोरियाबाट यज्ञराज सुवेदी सहकोषाध्यक्षमा निर्विरोध चयन भएका छन् ।

त्यस्तै महिला सहकोषाध्यक्षको जिम्मेवारी अमेरिकाकी यमुना भट्टराइले पाएकी हुन् । त्यसैगरी महिला संयोजकमा संगीता मरहठ्ठा र युवा संयोजकमा रविन्द्र खड्का निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

यता ५ क्षेत्रीय संयोजक पनि निर्विरोध चयन भएका छन् । मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल (जोन), एसिया प्यासिफिकमा पारसमणि पोखरेल, युरोप संयोजकमा सन्तोषकुमार भट्टराई, अमेरिका संयोजकमा प्रकाश सापकोटा, अफ्रिका संयोजकमा राजकुमार थापा निर्विरोध चुनिएका हुन् ।

ओसेनिया क्षेत्रीय संयोजकका लागि भने तीनजनाले उम्मेद्वारी दिएका छन् । न्युजिल्याण्डका लालबहादुर केसी तथा अष्टे«लियका दिपक शर्मा र दिनेशराज जोशीबीच प्रतिस्पर्धा हुने भएको हो ।

युरोप उपसंयोजक तीन पदको लागि चारजनाको उम्मेद्वारी परेकोमा सागर सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललितकुमार न्यौपाने, डा नवराज रोस्यारा, चित्रबहादुर सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै एसिया प्यासेफिकमा दुई पदको लागि तीन जनाको उम्मेदवारी परेको छ । ददिवल खड्का (जापान(, नविन विक (चीन( र हरिप्रसाद भट्टराई (मलेसिया) बीच प्रतिस्पर्धा हुने भएको हो ।

त्यसैगरी अमेरिका क्षेत्रीय उपसंयोजकमा अभिमन्यु बस्नेत र पुरुषोत्तम बोहोरा निर्विरोध निर्वाचित भएका छन् । मध्यपूर्वको दुई उपसंयोजक पदमा तीनजनाबीच प्रतिस्पर्धा हुनेछ । लालप्रसाद पुन (बहराइन), अमित राई (कुवेत) र कृष्णबहादुर हमाल (यूएई) बीच भिडन्त हुने भएको हो । 

यता अफ्रिका क्षेत्रीय उपसंयोजकमा रामप्रसाद पन्त र ओसेनिया उपसंयोजकमा अशोक केसी र रामराज ओली निर्विरोध भएका छन् । यस्तै सबै क्षेत्रका महिला संयोजक निर्विरोध चुनिएका छन् । जसमा तृष्णा शर्मा अमेरिका, पानकुमारी मल्ल युरोप, शान्तिदेवी अधिकारी एसिया प्यासिफिक, उषा किरण बरिया ओसेनिया रहेका छन्।

यस्तै क्षेत्रीय महिला उपसंयोजकमा इन्दिरा त्रिपाठी अमेरिका र डा इन्दिरा तिवारी एसियामा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै क्षेत्रीय युवा संयोजकमा किरण गुरुङ  युरोप, स्वराज खाती क्षेत्रीय युवा संयोजक, दिपक प्रसाद कंडेल एसिया प्यासिफिक, रोजनराज घिमिरे अफ्रिका र प्रदीप रुपाखेतीले ओसेनिया युवा संयोजकमा निर्विरोध भए । संयोजकमा युरोपबाट रोबट लिम्बू र अमेरिका युवा उपसंयोजकमा ईश्वर खत्री निर्विरोध भएका छन् ।

संघको निर्वाचन आगामी २१ र २२ मार्चमा अनलाइनमार्फत हुँदै छ ।


प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ०२:३०
प्रतिक्रिया दिनुहोस्
थप ग्लोबल नेपाल
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  आइतबार, मंसिर १८, २०७९
देशभर मतदान जारी, एक करोड ८९ लाख ८८ हजार ५७० जना मतदाता 
देशभर मतदान जारी, एक करोड ८९ लाख ८८ हजार ५७० जना मतदाता  आइतबार, मंसिर ४, २०७९
आ–आफ्नो मतदान केन्द्रमा गइ निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगको आह्वान
आ–आफ्नो मतदान केन्द्रमा गइ निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगको आह्वान शनिबार, मंसिर ३, २०७९
देशभरका एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ?
देशभरका एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै, कुन प्रदेशमा कति ? शनिबार, मंसिर ३, २०७९
सोलुखुम्बु र धनकुटामा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु 
सोलुखुम्बु र धनकुटामा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु  शनिबार, मंसिर ३, २०७९
यी हुन् मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगले दिएको ६ बुँदे निर्देशन
यी हुन् मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगले दिएको ६ बुँदे निर्देशन शनिबार, मंसिर ३, २०७९
कालापानी, लिपुलेक र लिम्पियाधुरामा मंसिर ४ को निर्वाचन नहुने 
कालापानी, लिपुलेक र लिम्पियाधुरामा मंसिर ४ को निर्वाचन नहुने  शुक्रबार, मंसिर २, २०७९
आमनिर्वाचनमा ७ हजार २१९ पर्यवेक्षकलाई अनुमति
आमनिर्वाचनमा ७ हजार २१९ पर्यवेक्षकलाई अनुमति शुक्रबार, मंसिर २, २०७९
एनआरएनएमा तमासा : उम्मेदवारी दिएका तीनैजना अध्यक्षमा चयन, आलोपालो नेतृत्व कार्यकाल बाँडफाँड
एनआरएनएमा तमासा : उम्मेदवारी दिएका तीनैजना अध्यक्षमा चयन, आलोपालो नेतृत्व कार्यकाल बाँडफाँड सोमबार, चैत १४, २०७८
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्