Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • एमसीसीले गठबन्धनमै संकट, नेताहरूको फरक फरक दाबी
एमसीसीले गठबन्धनमै संकट, नेताहरूको फरक फरक दाबी
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, माघ २०, २०७८
sattagathbandhan.jpeg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी भए पनि संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्नुपर्ने पक्षमा छन् ।

सत्ता गठबन्धनभित्रबाटै अमेरिकी सरकारको ‘हिन्द(प्रशान्त सैन्य रणनीति’ को एक अंगको रूपमा लिएर विश्लेषण हुँदै आएको छ । एमसिसी ५० करोड डलर बराबरको अमेरिकी सहयोग परियोजना हो । 

परियोजनालाई संसदबाट अनुमोदन गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले सत्तारूढ गठबन्धनका माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चामाथि दबाब दिँदै आएका छन् ।

माओवादी र एकीकृत समाजवादी एमसीसीका केही प्रावधान संशोधन नगरी अनुमोदन गर्न नहुने अडानमा छन् । दुवै दलले प्रधानमन्त्रीसँग १० दिनको समय मागेका छन् । 

एकीकृत समाजवादीका नेता एवं एमसीसी अध्ययन कार्यदल संयोजक झलनाथ खनालका अनुसार परियोजना कार्यान्वयन गरिएको अवस्थामा अमेरिकाको प्रचलित कानुन र पछि बनिने कानुनको पालना नेपाल सरकारले गर्नुपर्छ । पछि बनिने कानुन नेपालसँग सम्बन्धित हुन सक्ने उनी बताउँछन् ।

त्यसो भएको अवस्थामा उत्तरी छिमेकी शक्ति राष्ट्र चीनसँगको सम्बन्धमा दरार पैदा हुन सक्ने उनको शंका छ । ‘अमेरिकाले तिब्बतसम्बन्धी काननु, हङकङसम्बन्धी कानुन र ताइवान कानुन बनाएको छ । त्यस्तै भोलि हाम्रोमा पनि नेपालसम्बन्धी कानुन अमेरिकाले बनाउन सक्छ । त्यो भयो भने त हाम्रो चीनसँगको सम्बन्ध खत्तम हुन्छ,’ खनालले न्युज कारखानासँग भने ।

कार्यदलले अध्ययनपछिको निष्कर्ष उल्लेखित प्रतिवेदन प्रधानमन्त्री देउवालाई यसअघि नै बुझाइसकेको छ । र, देउवाले यथास्थितिमा अनुमोदन गराउन नहुने अडान राख्दै आएका गठबन्धनका घटकहरूसँग बुधबार सुझाव माग पनि गरेका छन् । दलहरूले सुझाव बुझाइसकेका छैनन् । बिहीबार प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग एमसीसीका सम्बन्धमा छलफल गरेका छन् ।

एमसीसीकै कारण पाँचदलीय गठबन्धन भत्किने चर्चा पनि हुन थालेको छ । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलसँग एमसिसीकै कारण गठबन्धन भत्किन लागेको हो भन्ने न्युज कारखानाको प्रश्नमा उनले एमसीसीका लागि पाँच दलको गठबन्धन नबनेको स्पष्ट पारे । यही भएर गठबन्धन भत्किने र रहने भन्ने नहुने उनको भनाइ छ ।

‘हामी पहिलेदेखि नै प्रस्ट छौँ, संशोधन नगरी अनुमोदन गर्नुहुँदैन । राष्ट्रघाती केही प्रावधान छन् । ती प्रावधान संशोधन नगरी पारित गर्ने अवस्था हुँदैन’, उनले भने, ‘गठबन्धन एमसीसी पारित गर्न बनेको होइन । गठबन्धन त प्रतिगमनलाई रोक्नलाई पो बन्या हो । संविधानको रक्षाका लागि ग¥या हो । परिवर्तनका लागि गर्‍या हो । एमसीसीका लागि होइन । त्यसैले गठबन्धन टुट्छ र भत्किन्छ भन्न भएन नि ।’

प्रमुख विपक्षी दल एमाले भने एमसीसी परियोजना अनुमोदनबारे ‘पर्ख र हेर’ को स्थितिमा छ । सरकारको धारणापछि मात्रै एमालेले आधिकारिक धारणा सार्वजनिक गर्ने भन्दै आएको छ । 

एमाले यसअघि एमसीसी संसदबाट अनुमोदन गराउन जोड्बल गर्नेमध्येकै पार्टी हो । पार्टी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले पटकपटक अनुमोदन गराउन प्रयास गरेकै हुन् । कतिसम्म भने उनले तत्कालीन सभामुख कृष्णबहादुर महराले संसदमा एमसीसी टेबल गर्न रोकेको सार्वजनिक रूपमै खुलाएका थिए । तर, २८ असारमा सरकारबाट बाहिरिएलगत्तै बसेको एमाले केन्द्रीय कमिटी बैठकले एमसीसीको विपक्षमा रहेको जनाएको थियो । 

एमालेका एक पदाधिकारीले पाँचदलीय गठबन्धन एमसीसीकै कारण भत्किन सक्ने दाबी गरे । उनी भन्छन्, ‘हाम्रा ९एमाले० विरुद्ध बनेको परमादेशी गठबन्धन यही एमसीसीले भत्किने विश्लेषण छ । भत्किनु पनि पर्छ । किनभने यो गठबन्धनले देशको विकास गर्न सक्दैन । सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्दैन ।’

एमसीसी परियोजना कार्यान्वयनबारे सन् २०१७ देखि प्रक्रिया अघि बढेको हो । जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रक्रिया सुरु भएको थियो । एमसीसी सम्झौता भने पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए ।

सम्झौताको केही प्रावधान सन् २०१९ मा केही फेरबदल भएको एमसीसी अध्ययन कार्यदलको निष्कर्ष छ । जतिबेला अर्थमन्त्री तत्कालीन नेकपाबाट डा।युवराज खतिवडा थिए । यसरी एमसीसीलाई प्रक्रियागत रूपमा अघि बढाउने भट्टराईसँगै प्रमुख दुई दल एमाले र कांग्रेस एमसीसी अनुमोदनको पक्षमा छन् । जसका कारण गठबन्धन भत्किने अड्कलबाजी हुँदै आएको छ ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बे भने २६ माघमा संसद् बैठक बोलाएकाले त्यसअघिको समयलाई एमसीसी अनुमोदन गराउन दलहरूबीच समझदारी जुटाउन प्रयोग भइरहेको बताउँछन् । संसद् बैठकअघि नै गठबन्धनमा समझदारी कायम हुने उनलाई विश्वास पनि लागेको छ । 

‘गठबन्धनका नेताहरूबीच छलफल चलिरहेकै छ । संसद् बैठक बस्नुअघि नै एक तहको समझदारी कायम गर्ने प्रयास भइरहेको छ । गठबन्धन नभत्किने गरी अनुमोदन गरेर जान सकिने स्थिति छ’, सहमहामन्त्री आङ्देम्बेले भने । एमसिसी नेपालमा विद्युत प्रसारण लाइन विस्तारका लागि अमेरिकासँग सम्झौता भएको परियोजना हो । 
 


प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७८  ०५:११
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने बुधबार, वैशाख २४, २०८२
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा  ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । आइतबार, चैत २४, २०८१
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह आइतबार, माघ २०, २०८१
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार, पुस २७, २०८१
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा  औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड सोमबार, पुस १५, २०८१
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न बुधबार, भदौ १९, २०८१
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ? शनिबार, भदौ १, २०८१
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्