Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • नेपाल सरकारको डेटा केन्द्रमा हालसम्मकै ठूलो साइबर आक्रमण,  चार सय बढी सरकारी वेबसाइट डाउन
नेपाल सरकारको डेटा केन्द्रमा हालसम्मकै ठूलो साइबर आक्रमण,  चार सय बढी सरकारी वेबसाइट डाउन
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, माघ १५, २०७९

काठमाडौं । सरकारको केन्द्रीय डेटा केन्द्रमा साइबर आक्रमण भएको छ । 

सञ्चार मन्त्रालयमातहत रहेको सरकारको एकीकृत डेटा केन्द्र (जिआइडिसी)मा डस (डिनायल अफ सर्भिस) अट्याक हुँदा शनिबार करिब चार सय सरकारी वेबसाइट डाउन भएका थिए भने अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा ठूलो प्रभाव परेको थियो । 

राहदानी विभागको वेबसाइटमा समस्या आएको एक महिना नपुग्दै सरकारको डेटा केन्द्र साइबर आक्रमणमा परेको हो, जसले साइबर सुरक्षाको अवस्था कमजोर रहेको देखाएको छ । विदेशबाट भएको आक्रमणको कारण खुलेको छैन । डेटा भने सुरक्षित रहेको सरकारी अधिकारीहरूले बताएका छन् । 

धेरैले एकैपटक वेबसाइट भिजिट गर्दा यस्तो खालको समस्या आएको राष्ट्रिय सूचना केन्द्रका प्रवक्ता रमेश पोख्रेलले बताए । यसलाई आइसिटीको भाषामा डस अट्याक भनिने उनको भनाइ छ । सात वर्षअघि पनि डेटा केन्द्रमा यस्तै आक्रमण भएको थियो । 

शनिबार मध्याह्न करिब १२ बजे विदेशबाट साइबर आक्रमण हुँदा सरकारका अधिकांश वेबसाइट खुल्न सकेनन् । जिआइडिसीका अनुसार आक्रमणका कारण एकैपटक करिब चार सय सरकारी वेबसाइट डाउन भएका थिए । साइटहरू विदेशबाट हेर्न नमिल्ने बनाएपछि समस्या तत्कालका लागि हल भएको छ । ‘हाम्रा साइटमा विदेशबाट अत्यधिक भिजिटर ल्याएर साइट डाउन गरिएको थियो,’ उनले भने, ‘पछि हामीले विदेशबाट हेर्न नमिल्ने बनाएपछि समस्या समाधान गर्‍यो, कुन देशबाट भयो भन्नेमा अब भोलि ९आइतबार०देखि अनुसन्धान सुरु गर्छौँ ।’ 

धेरै सेवाग्राही रहेका कम्पनीको सर्भरमा हुने यस्तो आक्रमण मुख्यतः दुई किसिमको हुने साइबरविज्ञ बताउँछन् । पहिलो, सर्भर डाउन गराएर सेवा रोक्ने र दोस्रो सर्भर नै क्र्यास गराउने । नेपालमा शनिबार पहिलो किसिमको आक्रमण भएको हो । 

सञ्चार मन्त्रालयअन्तर्गत राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना बैंकका रूपमा काम गर्छ । साथै सरकारी कार्यालयमा रेकर्डको कम्प्युटीकरण गर्न सामग्रीको विकास र विस्तारमा मद्दत गर्दछ । त्यसमातहतको एकीकृत डेटा केन्द्रले विद्युतीय सरकार कार्यान्वयनका लागि केन्द्रीय भूमिकाको काम गर्छ । यो डेटा केन्द्र कोेरियाली सरकारको सहयोगमा बनेको परियोजना हो । केन्द्रले नेपाल सरकारका मन्त्रालय, विभाग तथा निकायका लागि एक मात्र आधिकारिक सरकारी डेटा केन्द्रका रूपमा काम गर्छ । यसको डिजास्टर रिकभरी साइट हेटौँडामा छ । 

केन्द्रीय सरकारी डेटामा आक्रमण भए पनि कुनै डेटामा भने असर नपरेको राष्ट्रिय सूचना केन्द्रका प्रवक्ता प्रोख्रेलले बताउनुभयो । 

साइबर सेक्युरिटीविज्ञ नारायण कोइरालाले सरकारी वेबसाइटमा देखिएको समस्याको कारण यही नै हो भनी निक्र्योल गर्न नसकिएको बताउनुभयो । प्रविधिले सहजतासँगै समस्या पनि सिर्जना गर्ने भएकाले प्रविधि प्रयोगमा धेरै सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । 

करिब सात वर्षअघि पनि केन्द्रीय डेटा सेन्टरमा यस्तो खालको डस अट्याक भएको थियो । त्यतिवेला पनि सबै सरकारी वेबसाइट डाउन भएका थिए । तर, त्यतिवेला यति धेरै समस्या नआएको केन्द्रका प्रवक्ता पोख्रेलले बताउनुभयो । 

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनालले संस्थागत संरचना कमजोर हुँदा साइबर सुरक्षामा चुनौती देखिएको बताउदै शनिबार सरकारी वेबसाइटमा भएको आक्रमणले आइसिटीमा नेपालको कमजोर धरातललाई उजागर गरेको जानकारी दिनुभयो । 


प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ०८:५३
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने बुधबार, वैशाख २४, २०८२
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा  ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । आइतबार, चैत २४, २०८१
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह आइतबार, माघ २०, २०८१
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार, पुस २७, २०८१
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा  औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड सोमबार, पुस १५, २०८१
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न बुधबार, भदौ १९, २०८१
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ? शनिबार, भदौ १, २०८१
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्