Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल संसार
  • Home
  • खेल संसार
  • यी हुन् नेपाललाई खेलकुदबाट चिनाउने पाँच महिला खेलाडी
यी हुन् नेपाललाई खेलकुदबाट चिनाउने पाँच महिला खेलाडी
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता मंगलबार, फागुन २४, २०७८

काठमाडौं । आज मार्च आठ, अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । आमाको काख, दिदी बहिनीको स्नेह अझ भनौं नारी पात्रको प्रगाढ  माया भित्रनै एउटा पुरुषको अवयवहरु चलायमान हुन्छन् । महिलाको कुरा गर्दा नेपाली खेलकुद क्षेत्र अक्षुतो हुने कुरै भएन । नेपाली खेलुकदमा यस्ता महिला खेलाडी छन् । जसले नेपाल र नेपालीलाई सधै अन्तरराष्ट्रिय जगतमा खेलकुद मार्फत चिनाएका छन् । 

न्युज कारखानाले यस्ता पाँच खेलाडीले नाम तयार पारेको छ । जसले नेपालको   शिर उचो बनाएका छन  । यस पात्रमा पर्छन, गौरिका सिंह, सावित्रा भण्डारी, सविता राज भण्डारी, आयशा शाक्य र संंगिना बैद्य । 

१, गौरिका सिंह, पौडी

२०७६ साल पुरा खेलकुद गौरिका सिंह मय भयो । उनले उपलब्धि हासिल गरेकी थिइन् घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा पौडी तर्फ चार स्वर्ण । यति मात्रै हैन उनले दुई रजत र तीन कास्य पनि जितिन् । यस अघि उनलाई कमैले चिनेका थिए । गौरिका धेरै लण्डनमा बस्छिन् । पौडी खेलाडी उतै अभ्यास गर्छिन् । मात्र नेपालमा प्रतियोगिताको अन्तिम तयारी र सहभागीताका लागि आउने गर्छिन् । 

गौरिकाले सन् २०१६ मा भएको १२औं सागमा पनि एक रजत र तीन कास्य जितेकी थिईन् । गोवाहटीमा उनले प्राप्त गरेको उपलब्धीनै पौडीले जितेको पहिलो उपाधि रह्यो । उमेरले २० लाग्दै गरेकी गौरिका हाल समेत नेपाल बाहिर नै छिन् । महिला दिवसको दिन मात्रै हैन, हरेक महिलाको खेलकुदमा कुरा चल्दा गौरिका औलामा गनिने खेलाडी हुन्। 

२, सावित्रा भण्डारी, फुटबल 

सावित्रा भण्डारी, उपनामले साम्बा अर्थात नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड । घरेलु बन्धन र सामाजिक परिधि नाघेर आपूmलाई स्थापित गर्ने चर्चित पात्रमा पर्छिन् साम्बा । गोल गर्ने शैली, हेयर स्टायल, अनि गोल गरेपछि मनाउने खुसीयाली, जहिल्यै चर्चाको विषय रहन्छ । 

देश तथा अन्तरराष्ट्रिय क्षेत्रमा चर्चा पाईसकेकी सावित्राले अन्तरराष्ट्रिय गोल ३८ पुर्याउँदै उच्च गोलकर्ताको शीर्षस्थानमा आफूलाई उभ्याएकी छिन् । एपीएफ जागिरे समेत रहेकी सावित्रा आफूले खेलेको प्रतियागितामा सधै सर्वाधिक गोलकर्ताको होडमै रहने गर्छिन् । 

घरेलु फुटबलमा उनले गरेको गोलको कुनै लेखाजोखा नै छैन । मात्र छ त अन्तरराष्ट्रिय खेलको । उनले एक महिला भएर यो स्थानसम्म आउनुमा सबै दुख भोगेकी पनि छिन् । जमजुङकी साम्बाले नेपालको प्रतिनिधित्व गर्दै साफ च्याम्पियनसिप, साग गेम्स हुँदै ओलम्पिक छनोटको दोस्रो चरण समेत खेलेकी छिन् । हाल चोटका कारण रिकवरी हुने तयारीमा रहेकी सावित्राले माल्दिभ्सको फुटसल लिग र भारतको महिला लिगमा समेत आफ्नो छाप छाडेकी छिन् । 

३, सविता राज भण्डारी, तेक्वान्दो

साविता राज भण्डारी हाल नेपालमा त छैनन् तर उनको चर्चा नेपालमा सधै भईरहन्छ । यति मात्रै हैन, विशेष खेलकुद क्षेत्रमा । तेक्वान्दोकी यी खेलाडी नेपालको लागि एसियाली खेलकुदमा रजत पदक जित्ने एक मात्रै हुन् । 

हाल अमेरिकामा रहेकी सविताले सन् १९९८ को डिसेम्बरमा आयोजना भएको १३औं एसियाली खेलकुदमा आफ्नो प्रतिभा देखाउँदै रजत पदक जिताईन् । घरेलु खेलकुदमा स्वर्णको चाङ लगाएकी सविताले यो उपाधिलाई अन्य नेपाली खेलाडीले भेट्टाउन सकेका छैनन् । 

सविताले नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद ९साग० मा समेत स्वर्ण पदक जितिन् । सन् २००२ यता अमेरिकामा रहँदै आएकी सविता विश्व तेक्वान्दो महासंघ ९डब्लुटीएफ० का पाँचौ डान प्राप्त खेलाडी हुन् । सविताको नाम नेपाली खेलाडीको हरेक सफलता, असफलता र गतिविधिसँगै चलिरहेको हुन्छ । 

४, आयशा शाक्य, तेक्वान्दो

नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० मा आयशा शाक्यले दोहोरो स्वर्ण पदक जितिन् । महिला खेलाडीले पाएको सफलतामा यो पनि थोरैमा रहने गर्छ । ललितपुर पाटनकी आयशाले तेक्वान्दोेमै साग गेम्समा चार स्वर्ण पदक विजयी तथा ओलम्पियन दीपक विष्टसँगै विवाह बन्धनमा बाधिएकी छिन् ।

११औं सागमा स्वर्ण तथा १२औं सागमा आयशाले रजत पदक जितेकी छिन् । दुई छोराकी आमा बनेर पनि नेपाललाई १३औं सागमा दोहोरो स्वर्ण पदक जिताएपछि आयशाको चर्चा झनै चुलिएको थियो । 

५, संगिना बैद्य, तेक्वान्दो

नेपाली खेलकुदले पाएको र सधै चर्चामा रहने ठुलो नाम हो संगिना बैद्य । अन्तरराष्ट्रिय खेलकुदमा नेपालका लागि गर्भ गर्न लायक क्षण कमै हुन्छन् । तर त्यसलाई संगिनाले परास्त गरिन् । सन् २००४ को फेब्रुअरीमा भएको एथेन्स ओलम्पिकका लागि तेक्वान्दोको छनोटमा एसिया र ओसियाना क्षेत्रको प्रतियागिताको संयुक्त रुपमा आयोजना भएको थियो । 

थाईल्याण्डमा भएको उक्त महिला ‘फ्लाई वेइट’मा संगिता विजयी हुँदै ओलम्पिकमा छनोट भएर सहभागीता जनाउने पहिलो नेपाली खेलाडी बनेकी थिईन् । जसको चर्चा निकै नै भएको थियो र भईरहन्छ । नुवाकोट स्थायी भएकी संगिना हाल तेक्वान्दो प्रशिक्षकका रुपमा रहेकी छिन् । खेलाडीको रुपमा संगिनाले ३१ प्रतियोगितामा सहभागी भएर २० स्वर्ण, १ रजत र ४ कास्य जितेकी छिन् । 


प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १८:०९
#अन्तर्राष्ट्रिय महिला दिवस #महिला दिवस
प्रतिक्रिया दिनुहोस्
थप खेल संसार
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । बुधबार, वैशाख ३, २०८२
नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा
नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा बुधबार, चैत २१, २०८०
नेपाली महिला टोली एसिया कपमा
नेपाली महिला टोली एसिया कपमा बुधबार, चैत १४, २०८०
नेपालले चुनौती पाएन
नेपालले चुनौती पाएन बुधबार, चैत १४, २०८०
नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै
नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै शनिबार, फागुन २६, २०८०
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन शुक्रबार, फागुन १८, २०८०
साम्बाले वाफको फाइनल नखेल्ने
साम्बाले वाफको फाइनल नखेल्ने बुधबार, फागुन १६, २०८०
नेपालले गुमायाे सातौं विकेट
नेपालले गुमायाे सातौं विकेट बिहीबार, फागुन ३, २०८०
वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित सोमबार, माघ २२, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्