Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिबार, असोज १३, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • सशस्त्र प्रहरी बलमा आचरणसम्बन्धी स्थायी आदेश जारी, विभागीय स्वीकृति अनिवार्य
सशस्त्र प्रहरी बलमा आचरणसम्बन्धी स्थायी आदेश जारी, विभागीय स्वीकृति अनिवार्य
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, पुस १८, २०७९

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीहरुलाई कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचारणसम्बन्धी स्थायी आदेश २०७९ जारी गरेको छ । यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई भेट्दा अनिवार्य रुपमा विभागीय स्वीकृति लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल नेपालले सो स्थायी आदेश जारी गरेको हो ।

यसबाट आफूखुशी भेटघाट गर्ने परम्पराको अन्त्य हुनेछ भने भेटघाट गर्नुपरेमा आचारण सम्बन्धि स्थायी आदेशनुसार अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने छ । सशस्त्र प्रहरी कर्मचारीहरुले सरकारी प्रयोजनको लागि भेटघाट गर्नुपर्ने भए संगठनको तर्फबाट सम्बन्धित कर्मचारीको नाममा जारी गरिएको रवानापत्र वा तोक आदेशपत्र साथमा लिई जानुपर्ने छ ।

यसैगरी कूटनीतिक भेटघाटका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी गरिएको कुटनीतिक आचारसंहिता, २०६८ मा उल्लेख भएनुसारको प्रक्रिया पूरा गर्नुपर्नेछ । साथै सशस्त्र प्रहरी बल नेपालले सांगठानिक तथा व्यक्तिगत भेटघाट तथा सम्पर्कको लागि र विभिन्न संचारमाध्यहरुसँग सम्पर्क एवं अन्तर्वार्ताको लागि दुई वटा स्वीकृतिको निवेदन फारमसमेत जारी गरेको छ ।

Pay_ru Remit

भेटघाट तथा सम्पर्क सम्बन्धमा राजपत्राङ्कित अधिकृतहरुले फारम अनुसारको निवेदन आफु कार्यरत कार्यालबाट सिलसिलेवार रुपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय मार्फत सशस्त्र प्रहरी महानिरीक्षकबाट स्वीकृति लिनुपर्नेछ । राजपत्र अनाङ्कित कर्मचारीहरुले आफू कार्यरत कार्यालयमार्फत सिलसिलेवार मानवश्रोत विभाग प्रमुखको स्वीकृती लिनुपर्नेछ र सो स्वीकृतिको जानकारी मानवश्रोत प्रमुखले सशस्त्र प्रहरी महानिरीक्षकलाई गराउनुपर्नेछ ।

यसरी स्वीकृती लिई गरिएको भेटघाट तथा सम्पर्कको संक्षिप्त विवरणको जानकारी सिलसिलेवार रुपमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा दिनुपर्ने छ । यसकासाथै सो स्थायी आदेशमा विभिन्न संचारमाध्यहरुमा सम्पर्क तथा सूचना आदनप्रदान गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता वा सूचना अधिकारीबाट मात्र गर्नुपर्नेछ भने मातहत इकाईका सूचना अधिकारीहरुले सशस्त्र प्रहरी बल नेपालको परिचालन सम्बन्धमा सूचना प्रवाह गर्नुपर्ने भएमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्तासँग समन्वय गर्नुपर्ने छ ।

सशस्त्र प्रहरी प्रवक्ता, सहायक प्रवक्ता तथा सूचना अधिकारीहरुबाहेक अन्य सशस्त्र प्रहरी कर्मचारीले संचारमाध्यममा कुनैपनि सूचना संप्रेषण गर्नुपरेमा वा अन्तर्वार्ता दिनुपरेमा स्थायी आदेशमा जारी गरिएअनुसारको निवेदन दिई सशस्त्र प्रहरी प्रवक्तामार्फत सशस्त्र प्रहरी महानिरीक्षकको स्वीकृति लिनुपर्ने छ । यसका साथै सशस्त्र प्रहरी कर्मचारीहरुले सांगठानिक तथा व्यक्तिगत विषयमा कुनैपनि पिरमर्का, गुनासो तथा सुझाव भएमा बाह्य व्यक्ति तथा निकायहरुमा सम्पर्क नगरी सशस्त्र प्रहरी प्रवक्ताको मोवाइल नम्बर ९८५१२७२००७, सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको मोबाइल नम्बर ९८५१२६०७३६, इमेल कउयपभकउभचकयल२।बउा।नयख।लउ वा सशस्त्र प्रहरी बल नेपालको वेबसाइट धधध।बउा।नयख।लउ मा रहेको गुनासोरसुझाव फारम भरी दिन सकिने आचरण सम्बन्धि स्थायी आदेशमा व्यवस्था छ ।

सो आचरण सम्बन्धि स्थायी आदेश कडाईकासाथ पालना गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण मातहत इकाइहरुलाई निर्देशन दिनुकोसाथै कुनैपनि कर्मचारीले आचरण सम्बन्धि स्थायी आदेशविपरीत कार्य गरेको पाईएमा सशस्त्र प्रहरी नियमावलीबमोजिम कडाभन्दा कडा विभागीय सजाय गरिने संगठनको नीति रहेको छ ।


प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय 
खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय  बिहीबार, फागुन २५, २०७९
काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा, बिहीबारदेखि मौसम खुल्ने पूर्वानुमान 
काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा, बिहीबारदेखि मौसम खुल्ने पूर्वानुमान  बुधबार, फागुन २४, २०७९
नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने 
नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने  आइतबार, फागुन २१, २०७९
जुलुशमा पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि दुर्गा प्रसाई आक्रोशित, राजतन्त्रको पक्षमा नारा लगाउन रोक
जुलुशमा पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि दुर्गा प्रसाई आक्रोशित, राजतन्त्रको पक्षमा नारा लगाउन रोक शनिबार, फागुन २०, २०७९
रामचन्द्र पौडेललाई मत दिन केपी ओलीलाई कांग्रेस सभापति देउवाको पत्र
रामचन्द्र पौडेललाई मत दिन केपी ओलीलाई कांग्रेस सभापति देउवाको पत्र मंगलबार, फागुन १६, २०७९
क्रिकेटर सन्दीप लामिछानेलाई १५ दिनका लागि विदेश जान सर्वोच्चको अनुमति
क्रिकेटर सन्दीप लामिछानेलाई १५ दिनका लागि विदेश जान सर्वोच्चको अनुमति सोमबार, फागुन १५, २०७९
बाटो नभएको ठाउँमा पुल बनाउन अनुमति दिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
बाटो नभएको ठाउँमा पुल बनाउन अनुमति दिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  आइतबार, फागुन १४, २०७९
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा 
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा  आइतबार, फागुन १४, २०७९
बागमती प्रदेश सरकारमा कांग्रेस र एकीकृत समाजवादीको इन्ट्री हुने सम्भावना
बागमती प्रदेश सरकारमा कांग्रेस र एकीकृत समाजवादीको इन्ट्री हुने सम्भावना आइतबार, फागुन १४, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्