Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रबार, चैत १०, २०७९
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
ब्लग/विचार
  • Home
  • ब्लग/विचार
  • के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, फागुन २१, २०७८

–मिरा राजभण्डारी अमात्य

नकारात्मक कुरा पोस्ट गर्दा र पढ्दा साँच्चिक्कै तनाव हुन्छ । त्यसैले सकेसम्म त्यस्ता पोस्टमा कमेन्ट गर्न मन लाग्दैन । तर अहिले बालिग र नाबालिगका मुद्दा ? बलात्कर भनेको के हो ? जस्ता मुद्दामा नामी र दामी दामी लेखकहरुका लेखहरु पढ्न पाइरहेको छ । आफूले पनि बिगतमा बलात्कर जस्ता जघन्य अपराधमा रिसर्च गरेको हुँदा कुनै लैंगिक पक्षले नभई एक जिम्मेवार मानवका हिसाबले अहिलेको परिदृश्यमा नेगेटिभ इस्यू भए पनि केही कुरा पोख्ने जमर्को गरेको छु ।

रिसर्चको क्रममा १२ जना बलात्करका अपराधमा डिल्लीबजार सदर खोरमा अभियुक्त /अपराधीसँग प्रत्यक्ष कुराकानी गर्ने मौका पाएको थिएँ । २५ देखि ७५ बर्षका वृद्धसम्म थिए त्यो लर्कोमा । शत प्रतिशत सबैको भनाइ आफूलाई विभिन्न बहानामा फसाइएको दाबी गरेको पनि देखियो  । तिनीहरुमध्येका २५ बर्षको एउटा केटो भने आफ्नै प्रेमिका जो नाबालिग थिइन्, केटीकै कोठामा पक्राउ परेका थिए । केटीको दिदी र भिनाजुको उजुरीको आधारमा केटोमाथि बलात्करको मुद्दा लगाएको थियो । उनीहरुको आरोप प्रमाणित भएपछि सदर खोरमा १० बर्षको सजाय भोग्दै थिए उनी । जेलरका अनुसार उनका ती प्रेमिका हप्तामा एकपल्ट भेट्न आउथिन् जेलमा र भन्थिन् रे “हाम्रो प्रेम थियो, सम्बन्ध भयो । कृपया छुटाइदिनु हामी बिहे गर्छौं “। केटोको भनाइ पनि त्यही थियो । केटाकै भनाइ अनुसार अरू बेला पनि केटो कोठामा जाने गरेको तर कसैले खास मतलब गर्थेन । जब केटीको दिदी र केटोको परिवारसँग पैसा लेनदेनको कुरा मिलेन त्यसपछि टार्गेटमा आफू परेको ती केटाको भनाइ थियो । अनुसन्धानका क्रममा पनि पैसाको कारोबार भएको खुलेको छ । उमेर मिल्ने,जात पनि मिल्ने, यदि केटोसँग लागेको मन नपरे उनैसँग बिहे गरी दिन सकिने अवस्था थियो । तर केटोलाई जेल गरियो ! केटी भर्खरकी थिइन् तर पनि उनी हप्ता दिनमा खानेकुरा लिएर सदर खोरमा पुग्थिन् । ती किशोरीलाई मानसिक, सामाजिक रुपले कति प्रताडना भएको होला ? हुन त शुरुमा दिदी भिनाजुको दबाव र कुटाइमा आफूलाई बलात्कर गरेको बयान दिएकै कारण ती केटा जेल पुगेका थिए । तर दबावलाई प्रेमले जित्यो र केटी आफ्ना प्रेमीलाई छुटाइदिनु भन्दै प्रत्येक हप्ता सदरखोर धाउदै थिइन् । 

Pay_ru Remit

अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चामा रहेको घटना र परिस्थितिमा उठेका सवाल बिल्कुल अलग छन् । केटोले नस्वीकार्ने मात्र होइन आफूलाई महिला अधिकारकर्मी भनिएकाहरु नै ती बालिकाको विपक्षमा अनापसनाप लेख्ने र बोल्ने गरिरहेका छन् । जुन अत्यन्त सम्वेदनशील छ । इस्यु नबुझेर त होइन होला । खासमा यही बेला सबैलाई आआफ्नो पुरुष सेलिब्रिटी फ्यान बनाउने होड देखिन्छ । त्यसैले उनीहरु लेख लेखेर थाकेका छैनन् !  ए बाबा मानिसहरुलाई कति न्यायाधीश बन्नुपरेको होला ? जुन पात्रहरुको अहिले चर्चा भइरहेका छन्, ती दुवै पात्रका जीवन अत्यन्त सम्वेदनशील छन् । केटी पात्रको अवस्था अझ नाजुक छ । किशोरअवस्थाको मन – प्रेम कोमल हुन्छ , जस्तोसुकै अपराधी होस् तर मन प¥यो भने प¥यो । किनकी अवस्था नै त्यस्तै हुन्छ । नत्र होइन भने आफूलाई जन्मा दिने बाबुआमा, सखी र दिदी बहिनीभन्दा किन प्यारो लाग्छ प्रेमी ? ४० बर्षको पुरुष र ४० बर्षकी महिला लैला मज्नु,  हिर–राँझा बन्दैनन् । एकाध बुढ्यौलीमा प्रेममै परेपनि छिछी बरु बिहे गर्नु नि,  के तमासा गरेको होला भन्ने गरेको सुनिन्छ समाजमा । घरी एउटा सोच्ने घरी अर्को सोच्ने चन्चल मनका किशोरकिशोरीकै हो हुने प्रेम । लगाव अचम्मको हुन्छ र कहिलेकाही त्यस्ता लगाव सकिन्छ पनि । यस्तै अवस्थामा अहिलेको परिदृश्य आउछ समाजमा । 

अब मुख्य कुरा के हो भने अमुक पात्रले अमुक कारण अर्को पात्रसँग पिछा छुटाउनतिर लागेको हुन सक्छ । तर फरक यति हो केटी पात्रको मन सजिलै बदलिन सकेन अथवा उनले सहजै भुल्न सकिनन् । हुन त मानिस एक्लै जन्मिन्छन एक्लै मर्छ ! तर यो दर्शन बुझ्ने उमेर ती पात्र दुबैको खास छैन । दुबै पक्षबीच एक अर्कालाई बेइज्जत गर्ने होडबाजी चलेको देखिन्छ । बरु पुरुषहरु ती महिला पात्रका पक्षमा उभिएका छन् तर पीडित महिला पात्रमाथि महिला नै असहिष्नु बनेर उत्रेको देख्दा अचम्म लाग्छ । बरु दुवै पात्रको संगीन अवस्था बुझेर विवेकपूर्ण अभियान चलाईदिए कति जाति हुन्थ्यो । यो बिषयमा यति धेरै घोचपेच गर्नुभन्दा मुद्दामा खास बहस नगरि विन–विन पोलिसीबाट टुङ्याउन सघाए कति धन्य बन्थे ?
 


प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  ०९:१३
प्रतिक्रिया दिनुहोस्
थप ब्लग/विचार
खत
खत शनिबार, पुस ३०, २०७९
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  शुक्रबार, पुस २२, २०७९
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? शुक्रबार, पुस १, २०७९
काउकुती लगाउने त्यो सपना
काउकुती लगाउने त्यो सपना बिहीबार, मंसिर २२, २०७९
“नो मिन्स नो ”
“नो मिन्स नो ” शुक्रबार, मंसिर १६, २०७९
आमनिर्वाचन २०७९: मतदाताको परिपक्वताले दिँदैछ अनेक सन्देश
आमनिर्वाचन २०७९: मतदाताको परिपक्वताले दिँदैछ अनेक सन्देश बिहीबार, मंसिर ८, २०७९
लघुकथा : नुनकाे साेझाे
लघुकथा : नुनकाे साेझाे मंगलबार, कात्तिक ८, २०७९
यस्तो हुन्थ्यो ५० वर्षअघिको दसैं
यस्तो हुन्थ्यो ५० वर्षअघिको दसैं बिहीबार, असोज १३, २०७९
नागरिकता विधेयक: जुँगाको लडाइँ, अचानामा विधेयक
नागरिकता विधेयक: जुँगाको लडाइँ, अचानामा विधेयक बिहीबार, असोज ६, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा 
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा 
मन्त्रीपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, को को बन्दैछन् मन्त्री ?  
मन्त्रीपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, को को बन्दैछन् मन्त्री ?  
काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा
काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा
'राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलको नाममा सहमति' 
'राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलको नाममा सहमति' 
कांग्रेसलाई राष्ट्रपति दिने ८ राजनीतिक दलको निर्णय, उम्मेदवार टुङ्गो लगाउने जिम्मा काँग्रेसलाई  
कांग्रेसलाई राष्ट्रपति दिने ८ राजनीतिक दलको निर्णय, उम्मेदवार टुङ्गो लगाउने जिम्मा काँग्रेसलाई  
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्