Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
आर्थिक पत्रिका
  • Home
  • आर्थिक पत्रिका
  • कच्चा तेलको मूल्य आधा घट्दा पनि नेपाली उपभोक्ता चर्को मूल्य तिर्न बाध्य
कच्चा तेलको मूल्य आधा घट्दा पनि नेपाली उपभोक्ता चर्को मूल्य तिर्न बाध्य
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं । नेपाल आयल निगमले पछिल्लो डेढ महिनामा पौने दुई अर्ब नाफा कमाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अकासिएको भन्दै उपभोक्ताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेको निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा भने उपभोक्तालाई राहत दिएको छैन । बरु, अझै घाटामै रहेको भन्दै पुरानै मूल्य कायम राखेको छ । २५ जेठ ०७९ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १२०.६७ डलर हुँदा निगमले पेट्रोल १७८ रुपैयाँ र डिजेल १६५ रुपैयाँ प्रतिलिटर बिक्री गर्थ्यो । त्यसयता कच्चा तेलको मूल्य निरन्तर घटेर अहिले ९५ डलर प्रतिब्यारेल छ । तर, निगमले मूल्य घटाउनुको साटो बढाएर पेट्रोल १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटरमा बेचिरहेको छ ।

इन्डियन आयल कर्पोरेसन (आइओसी)ले प्रत्येक १५ दिनमा निगमलाई तेल खरिदको नयाँ सूची पठाउने गरेको छ । आइओसीले १५ असोज, ३० असोज र १५ कात्तिकमा मूल्य घटाएर सूची पठाएको थियो । निगमले मूल्य नघटाई बेचेर डेढ महिनामा एक अर्ब ७५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

निगमका अनुसार १५ असोजमा प्राप्त खरिद दरमा तेल बिक्री गर्दा निगमलाई ३० असोजसम्ममा मात्रै एक अर्ब १६ करोड ६० लाख रुपैयाँ नाफा भएको थियो । २० महिनापछि पहिलोपटक नाफामा गएकाले निगमले त्यतिवेला मूल्य घटाएको थिएन । त्यसपछि ३० असोजमा प्राप्त नयाँ दरमा पेट्रोलियम बिक्री गर्दा निगमले ३९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गर्‍यो । गत मंगलबार नयाँ खरिद दर प्राप्त भए पनि निगमले पुरानै बिक्री दर कायम गर्दा आउँदो १५ दिनमा थप १८ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । 

निगमले गत मंगलबार आइओसीबाट पेट्रोल ८८.९२ रुपैयाँ, डिजेल १३२ रुपैयाँ २५ पैसा र मट्टीतेल ११६ रुपैयाँ ३६ पैसा प्रतिलिटरमा खरिद गरेको छ । त्यस्तै, आन्तरिक हवाई इन्धन ११९ रुपैयाँ १० पैसा र बाह्य हवाई इन्धन ११८ रुपैयाँ ६८ पैसा प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यास १३ सय ७३ रुपैयाँ ८४ पैसामा खरिद गरेको छ । नयाँ खरिद दर प्राप्त भए पनि निगमले पुरानै बिक्री दर कायम गरेको छ । जसअनुसार आगामी १५ दिनमा थप १८ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गर्ने निगमले प्रक्षेपण गरेको छ । निगमले अहिले पेट्रोल १८१ रुपैयाँ, डिजेल र मट्टीतेल समान १७८ रुपैयाँ, आन्तरिक हवाई इन्धन १९० रुपैयाँ र बाह्य हवाई इन्धन १।६४५ डलर प्रतिलिटरमा बिक्री गरिरहेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले पेट्रोलियम आपूर्तिमा रहेको एकाधिकारको दुरुपयोग गर्दै निगमले उपभोक्ताबाट अनुचित फाइदा लिइरहेको बताउनुभयो । आयल निगमका व्यवस्थापकहरूमा निगम घाटामा हुँदा भाउ बढाइहाल्ने, तर नाफामा जाँदा भने चुप लागेर बस्ने प्रवृत्ति देखिन्छ । इन्धनलाई राजनीतिक वस्तु बनाएर उपभोक्तामाथि शोषण गर्ने प्रवृत्ति नहटेसम्म यो अवस्था रहिरहने बानियाँको भनाइ छ । 

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले २० महिनासम्म निरन्तर खेपेको घाटाका कारण अहिले नै प्राप्त नाफालाई हेरेर निगम मूल्य समायोजन गर्ने अवस्थामा नरहेको बताउनुभयो । सरकारले पनि केही समय अघि पेट्रोलियम पदार्थमा लगाइदै आएको कर छुट दिने निर्णय गरेको थियो । 

सधैं घाटामा रहेको देखाउने निगमसँग खर्च कटौटीको योजना छैन । बरु, खर्च बढाउँदै लगेको छ । गत वर्ष ८ असोजमा बसेको सञ्चालक समितिको २२७९ औँ बैठकबाट निर्णय गराई निगम व्यवस्थापनले कर्मचारीलाई मासिक चार हजार तीन सय ७५ रुपैयाँ यातायात भत्ता वितरण सुरु गरेको छ । जब कि भत्ता बढाइएको असोज महिनामा मात्रै निगमले दुई अर्ब २३ करोड रुपैयाँ नोक्सानी व्यहोरेको थियो । 

यातायात भत्ताबाहेक निगम कर्मचारीले खाजा खर्च, पेट्रोलियम जोखिम भत्ता, महँगी भत्ता, वर्षमा दुईपटक पोसाक भत्ता, घर रंगरोगन खर्च, चाडपर्व भत्ता, औषधि खर्च र भ्रमण भत्ता पनि बुझ्छन् । करिब ६ सय स्थायी कर्मचारीको यस्तो भत्तामा मात्रै निगमको मासिक ८२ लाख अर्थात् वार्षिक झन्डै १० करोड खर्च हुन्छ । यसबाहेक कर्मचारीले एक प्रतिशत ब्याजदरमा घरजग्गा ऋणलगायतका सुविधा पनि पाउँछन् ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक पत्रिका
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा आइतबार, फागुन १४, २०७९
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो 
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो  बिहीबार, माघ १२, २०७९
सुनको भाउ यो वर्षकै उच्च, तोलाको मूल्य १ लाख ५ हजार बढी
सुनको भाउ यो वर्षकै उच्च, तोलाको मूल्य १ लाख ५ हजार बढी मंगलबार, माघ १०, २०७९
गैरआवासीय नेपालीको लगानी बढाउन अनुकुल वातावरण निर्माण गर्न सरकारलाई आग्रह 
गैरआवासीय नेपालीको लगानी बढाउन अनुकुल वातावरण निर्माण गर्न सरकारलाई आग्रह  शनिबार, माघ ७, २०७९
घरजग्गाको कारोबारमा सकरात्मक सुधार, पुस महिनामा तीन अर्ब ७१ करोड रूपैयाँ राजस्व संकलन  
घरजग्गाको कारोबारमा सकरात्मक सुधार, पुस महिनामा तीन अर्ब ७१ करोड रूपैयाँ राजस्व संकलन   बिहीबार, माघ ५, २०७९
आजदेखि इलाम–काठमाडौँ उडान सुरु, कति छ भाडा ? 
आजदेखि इलाम–काठमाडौँ उडान सुरु, कति छ भाडा ?  आइतबार, माघ १, २०७९
आउँदो माघदेखि बैङ्कहरूको ब्याजदर घट्ने 
आउँदो माघदेखि बैङ्कहरूको ब्याजदर घट्ने  बिहीबार, पुस २८, २०७९
आन्तरिक हवाई भाडा दर घट्यो, कुन रुटमा नयाँ भाडादर कति ? 
आन्तरिक हवाई भाडा दर घट्यो, कुन रुटमा नयाँ भाडादर कति ?  सोमबार, पुस २५, २०७९
सुनको मूल्य यो वर्षकै सबैभन्दा उच्च 
सुनको मूल्य यो वर्षकै सबैभन्दा उच्च  बुधबार, पुस २०, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्