Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
आर्थिक पत्रिका
  • Home
  • आर्थिक पत्रिका
  • नोट छपाइमै वर्षेनी अर्बौं नेपाली रुपियाँ विदेशिदै
नोट छपाइमै वर्षेनी अर्बौं नेपाली रुपियाँ विदेशिदै
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, असोज २३, २०७९
note.jpg

काठमाडौँ । नेपालमा नोट छपाइको प्रविधि नहुँदा राष्ट्र बैङ्कले बर्सेनि अर्बौं रुपियाँ नोट छपाइमा खर्च गर्नु परिरहेको छ । 

विश्वव्यापी मूल्य वृद्धि र अर्थतन्त्रको आकार विस्तारका कारण परिमाण पनि बढाउनुपर्ने हुँदा नोट छपाइ खर्च बढ्दो देखिएको हो । भएकै सिक्का टङ्कनको प्रविधि समयानुकूल परिमार्जन नगर्दा सिक्का टङ्कनका लागि पनि विदेशमै भर पर्नुपर्ने अवस्था छ ।  

नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको एक अध्ययनअनुसार नेपालले गएको पाँच वर्षमा औसत वार्षिक एक अर्ब ३३ करोड ६४ लाख रुपियाँ नोट छपाइकै लागि विदेशमा खर्चने गरेको छ । नेपालमा सुरक्षण प्रेस नभएकाले सुरक्षित र भरपर्दो छपाइका लागि फ्रान्स, चीन फिनल्यान्डजस्ता देशमा खुला बोलकबोल प्रक्रियाका आधारमा विभिन्न दरका नोट छाप्ने गरिएको छ । नोट छाप्दाको लागत, ढुवानी र बीमाका लागि राष्ट्र बैङ्कले गर्ने खर्चको दर पनि बढ्दै गएको देखिएको छ ।

नेपालमा डिजिटल करेन्सी सम्बन्धमा राष्ट्र बैङ्कले तयार गरेको एक अवधारणा प्रतिवेदनले यस्तो खर्च विवरण देखाएको हो । राष्ट्र बैङ्कले आर्थिक वर्ष २०७६(७७ मा नोट छपाइ तथा ढुवानीमा ८७ करोड ४१ लाख रुपियाँ मात्रै खर्चिएको थियो तर लगत्तै २०७७(७८ मा आइपुग्दा यस्तो खर्च करिब दोब्बर (९१.०६ प्रतिशत)ले बढेर एक अर्ब ६७ करोड रुपैयाँ पुगेको देखिन्छ । आर्थिक वर्ष २०७८(७९ मा यस्तो खर्च ४५ प्रतिशतले बढेर दुई अर्ब ४३ करोड ६६ लाख रुपियाँ पुगेको देखिन्छ । 

राष्ट्र बैङ्कका प्रवक्ता डा। गुणाकर भट्टका अनुसार विदेशमा छपाइ गर्नुपर्ने र विश्वव्यापी मूल्य वृद्धिका कारण छपाइ खर्च बढिरहेको हो । विश्वका विभिन्न मुलक, जहाँ छपाइ गुणस्तर र सुरक्षित छ, त्यसकै अधारमा छपाइ गर्ने हो । विश्वव्यापी मूल्य वृद्धिको असरले राष्ट्र बैैङ्कको नोट छपाइ खर्च वृद्धि भएको देखिन्छ । राष्ट्र बैङ्कले ती नोट ढुवानीका क्रममा सुरक्षा र बीमा प्रयोजनमा पनि थप रकम खर्च गर्नुपर्ने अवस्था रहेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले नेपालमा डिजिटल करेन्सी प्रयोग गर्ने तथा भुक्तानीमा विद्युतीय प्रणालीको प्रयोग बढाउन सके अबको पाँच वर्षमा नोट छपाइ क्रमिक रूपले हालको भन्दा ५० प्रतिशत कम गर्न सकिन्छ । यसबाट छपाइ खर्च करिब चार अर्ब ७५ करोड रुपियाँ पनि बचत हुनेछ । अर्थतन्त्रको आकार विस्तार हुँदै जाँदा नेपालमा नोट खपतको मात्रा वार्षिक करिब १२.५ प्रतिशतले बढ्ने गरेको छ । 

नेपालमा अहिले एक हजार, पाँच सय, एक सय, पचास, बीस, १० र पाँच रुपियाँ दरका नोट प्रचलनमा छन् । यसपालिको दशैँमा मात्र एक हजार र पाँच सय दरका करिब ४० अर्ब र साना दरका १६ अर्ब रुपियाँ बराबरका गरी ५६ अर्ब रुपियाँ बराबरका नयाँ नोट सटही भएको छ । राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका अनुसार सामान्यतया प्रतिनोट छपाइ लागत एक हजार रुपियाँको तीन रुपियाँ सात पैसा, पाँच सयको चार रुपियाँ ६८ पैसा, एक सय रुपियाँको दुई रुपियाँ ९९ पैसा, ५० रुपियाँ नोटका लागि दुई रुपियाँ ६२ पैसा लागत लाग्छ । त्यस्तै २० रुपियाँ र सोभन्दा कमका लागि दुई रुपियाँ ५० पैसा पर्छ तर यो दर सधैँ स्थिर भने रहँदैन । बोलकबोलका आधारमा मूल्य तय हुन्छ । 

नेपालमा नोट छपाइको प्रविधि छैन तर भएको सिक्का टङ्कण ९छपाइ०को प्रविधि पनि हाल उपयोगमा छैन । पुरानो प्रविधि र उपयुक्त जनशक्तिको अभावका कारण अहिले सिक्का पनि देशभित्र टङ्कण हुने अवस्था छैन । यसर्थ अब सिक्का पनि विदेशबाटै ल्याउने तयारी राष्ट्र बैङ्कको छ । 


प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक पत्रिका
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा आइतबार, फागुन १४, २०७९
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो 
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो  बिहीबार, माघ १२, २०७९
सुनको भाउ यो वर्षकै उच्च, तोलाको मूल्य १ लाख ५ हजार बढी
सुनको भाउ यो वर्षकै उच्च, तोलाको मूल्य १ लाख ५ हजार बढी मंगलबार, माघ १०, २०७९
गैरआवासीय नेपालीको लगानी बढाउन अनुकुल वातावरण निर्माण गर्न सरकारलाई आग्रह 
गैरआवासीय नेपालीको लगानी बढाउन अनुकुल वातावरण निर्माण गर्न सरकारलाई आग्रह  शनिबार, माघ ७, २०७९
घरजग्गाको कारोबारमा सकरात्मक सुधार, पुस महिनामा तीन अर्ब ७१ करोड रूपैयाँ राजस्व संकलन  
घरजग्गाको कारोबारमा सकरात्मक सुधार, पुस महिनामा तीन अर्ब ७१ करोड रूपैयाँ राजस्व संकलन   बिहीबार, माघ ५, २०७९
आजदेखि इलाम–काठमाडौँ उडान सुरु, कति छ भाडा ? 
आजदेखि इलाम–काठमाडौँ उडान सुरु, कति छ भाडा ?  आइतबार, माघ १, २०७९
आउँदो माघदेखि बैङ्कहरूको ब्याजदर घट्ने 
आउँदो माघदेखि बैङ्कहरूको ब्याजदर घट्ने  बिहीबार, पुस २८, २०७९
आन्तरिक हवाई भाडा दर घट्यो, कुन रुटमा नयाँ भाडादर कति ? 
आन्तरिक हवाई भाडा दर घट्यो, कुन रुटमा नयाँ भाडादर कति ?  सोमबार, पुस २५, २०७९
सुनको मूल्य यो वर्षकै सबैभन्दा उच्च 
सुनको मूल्य यो वर्षकै सबैभन्दा उच्च  बुधबार, पुस २०, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्