Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • नागरिकता विधेयक : राष्ट्रपति र सरकार दुवैको प्रतिष्ठा, चुनाव अघि नै राष्ट्रपतिको राजिनामा आउनसक्ने !
नागरिकता विधेयक : राष्ट्रपति र सरकार दुवैको प्रतिष्ठा, चुनाव अघि नै राष्ट्रपतिको राजिनामा आउनसक्ने !
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, भदौ ८, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको १५ बुँदे सुझाव सहित फिर्ता पठाएको विवादित नागरिकता विधेयक सरकारले हुबहु प्रतिनिधिसभाबाट दोस्रोपटक पारित गराएपश्चात नेपालको राजनीति थप पेचिलो बनेको छ । 

आफूले एकपटक फिर्ता पठाएको विधेयक संसदबाट हुबहु दोस्रोपटक पारित भएसँगै राष्ट्रपतिको आगामी कदम कस्तो होला ? भन्ने सर्वत्र चासो बढेको छ । 

यस्तोमा चुनावको मुखमा नयाँ राजनीतिक हलचल देखिने आशंका गरिएको छ । राष्ट्रपतिबाट ‘विद्रोही कदम’ चालिनसक्ने सम्भावना समेत रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । यसले गर्दा अहिले सत्ता गठबन्धनमा तनाव सिर्जना भएको छ ।

प्रतिनिधिभा र राष्ट्रियसभाबाट ध्वनीमतका आधारमा पारित भएर आएको नागरिकतासम्बन्धी विधेयकलाई १५ दिनसम्म रोकेर राष्ट्रपतिले सुझावसहित फिर्ता पठाइदिनुभएको थियो । आफ्नो संवैधानिक अधिकार उपभोग गर्दै चालेको उहाँको उक्त कदमको जनस्तरमा वाहवाही भए पनि सत्ता गठबन्धनका नेताहरूको बैठक बसेर नागरिकता विधेयक पुनः हुबहु पारित गर्ने निर्णय गर्यो । त्यसैबमोजिम प्रतिनिधिसभाले बहुमतका बलमा जस्ताको तस्तै विधेयक पारित गरेर राष्ट्रियसभामा पठाएको छ ।

अब राष्ट्रियसभाले के निर्णय गर्छ भन्नेमा सबैको ध्यान अडेको छ । प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रियसभाले फेल गराउन नसक्ने होइन । तर, राष्ट्रियसभामा पनि सत्तारुढ गठवन्धनको स्पष्ट बहुमत भएकाले त्यहाँ पनि अनुमोदन हुने बलियो सम्भावना छ । तर राष्ट्रियसभाले राष्ट्रपतिबाट आएका सुझावलाई मनन गर्दै विधेयकमा आवश्यक संशोधनपश्चात पारित गर्ने झिनो सम्भावना पनि छ । तर, सरकारको अहिलेसम्मको मनस्थिति हेर्दा संशोधन गर्ने सम्भावना छैन । किनभने उसले नागरिकता विधेयकलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ ।

कुनै पनि विधेयक कानून बन्नका लागि राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्छ । अन्यथा विधेयक निस्क्रिय हुने कानूनविद्हरु बताउँछन् । 

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना हुनुहुन्छ । उहाँले राष्ट्रियसभाको बैठक १२ भाद्रलाई बोलाउनुभएको छ । प्रतिनिधिसभाबाट आएको विधेयकमाथि २ महिनाभित्र राष्ट्रियसभाले निर्णय लिनुपर्ने प्रावधान छ । त्यसैले एमालेबाट निर्वाचित अध्यक्ष तिमिल्सिनाले चाहेमा विधेयकलाई यत्तिकै दुई महिनासम्म झुलाइदिन सक्ने संवैधानिक अधिकार छ । समानुपातिकको मनोनयनसँगै प्रतिनिधिसभाको कार्यकाल २ असोजमा सकिने तर्कहरू भइरहेका छन् । त्यसैले गठबन्धनलाई समयको पनि दबाब छ ।

राष्ट्रपतिले सघन गृहकार्यपश्चात पठाएका सुझाव बुँदाहरूलाई सरकारले छलफल विषयसम्म बनाउन नचाहेपछि नागरिकता विधेयक शीतल निवासको पनि प्रतिष्ठाको विषय बन्न पुगेको छ । 

आफूले संविधानकै व्यवस्थामा टेकेर पठाएका सुझावहरूलाई सरकारले यसरी बेवास्ता गर्नुलाई राष्ट्रपति भण्डारीले सहजरूपमा लिन सक्नुभएको छैन । यसले आफ्नो व्यक्तिगतभन्दा पनि देशको सर्वोच्च संस्थाकै अनादर भएको उहाँको बुझाइ छ ।

यदि राष्ट्रियसभाबाट पनि जस्ताको तस्तै पारित भएर आएको खण्डमा राष्ट्रपतिसँग दुईवटा मात्रै विकल्प रहने विश्लेषकहरु बताउछन् । पहिलो कि उहाँले संविधानबमोजिम विधेयकलाई प्रमाणीकरण गर्नुपर्छ । होइन भने, पदबाट राजीनामा दिएर हिँड्नुको विकल्प छैन । पहिलो विकल्प सरल भए पनि देशको राष्ट्रियतासँगै पदीय प्रतिष्ठाको विषय समेत भएकाले राष्ट्रपतिले बोल्ड निर्णय गर्नसक्ने आँकलन समेत गरिएको छ । अर्थात जुनसुकै बेला राष्ट्रपतिको राजिनामा आउनसक्ने अनुमान गरिएको छ । 

राष्ट्रपतिका रूपमा भण्डारीको यो दोस्रो कार्यकाल हो । २९ फागुन २०७४ मा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको उहाँको पाँच वर्षको कार्यकाल अब बढीमा चार महिना मात्र बाँकी छ । किनभने सरकारले ४ मंसिरमा संसद र प्रदेश संसदको चुनाव गर्ने घोषणा गरिसकेको छ । संघीय संसद र प्रदेश संसदको चुनावपश्चात नयाँ राष्ट्रपति निर्वाचन हुन्छ । 

स्रोतका अनुसार यहीबीचमा राष्ट्रपति भण्डारीले बुढानिलकण्ठमा रहेको आफ्नो निजी निवास तत्काल सरसफाइ र रंगरोगन गर्न निर्देशन दिनुभएको छ । यसले उहाँ बहिर्गमनको मनस्थितिमा रहेको संकेत मिलेको छ । 

उहाँ निकट स्रोतका अनुसार नागरिकता विधेयकलाई प्रतिनिधिसभाले दोस्रोपटक पारित गरेपछिको परिस्थितिमा राष्ट्रपतिले आन्तरिक छलफलहरू गरिरहनुभए पनि कुनै ठोस निर्णयमा भने पुग्नुभएको छैन । 


प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  १८:५४
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने बुधबार, वैशाख २४, २०८२
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा  ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । आइतबार, चैत २४, २०८१
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह आइतबार, माघ २०, २०८१
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार, पुस २७, २०८१
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा  औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड सोमबार, पुस १५, २०८१
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न बुधबार, भदौ १९, २०८१
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ? शनिबार, भदौ १, २०८१
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्