Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिबार, असोज १३, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
ब्लग/विचार
  • Home
  • ब्लग/विचार
  • अष्ट्रेलियामा आमाबुवाको चर्को बिमा शुल्कले निम्त्याएका समस्या र दिर्घकालिन समाधानका उपाय
अष्ट्रेलियामा आमाबुवाको चर्को बिमा शुल्कले निम्त्याएका समस्या र दिर्घकालिन समाधानका उपाय
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता मंगलबार, जेठ ३१, २०७९

- निराजन गौली 
मेलबर्न, अष्ट्रेलिया 

हामी समस्या आइसकेपछि त्यसको समाधान गर्नतर्फ लाग्छौं, त्यो समस्या आउनै नदिन अपनाउन सकिने पूर्वतयारीलाई बेवास्ता गर्छौं। अर्कोतिर, त्यो समस्या समाधान गर्दापनि त्यसको जरो खोतल्ने प्रयास गर्दैनौं। दिर्घकालिन समस्या निवारणभन्दा पनि तत्कालका लागि टाउको नदुखोस् भनेर समाधानको सिटामोल खाइदिन्छौं। 

अष्ट्रेलियामा नेपाली समुदायबीच अहिले नेपालबाट आउने अभिभावकहरुको स्वास्थ्य बीमालाई लिएर विभिन्न बहस चलिरहेका छन्। अष्ट्रेलियामा स्वास्थ्य उपचार खर्च निकै महँगो हुन्छ। बिरामी भएर केही दिन अस्पतालमा बस्नुपर्ने स्थिति आयो भने हजारौं डलर खर्च हुन्छ। यहाँ बसिरहेका व्यक्ति, पीआर होल्डर र नागरिकताधारीलाई औषधि उपचारमा सहज भएतापनि नेपालबाट आउनुभएका अभिभावकको स्वास्थ्य बीमा नगरिएको अवस्थामा उहाँहरुलाई अस्पतालमा जाँच गराउँदा निकै महँगो खर्च लाग्छ। र, अस्पतालमा धेरै दिन बस्नुपरेमा सामान्य परिवारले खर्च धान्न नसक्ने स्थिति निम्तिन्छ। तर यदि आमाबुवालाई ल्याउँदा उहाँहरुको बीमा गरिएको छ भने त्यो बीमाले अस्पतालको सबै खर्च धान्छ। 

यसै विषयलाई लिएर अष्ट्रेलिया आउनुभएका आमाबुवाको बीमा नगर्दा समस्या झेल्नुपरेका नेपालीहरुको अवस्थालाई उदाहरणको रुपमा लिदै बीमा गर्न किन जरुरी छ भनेर संदेश प्रवाह भइरहेका छन्, जुन सकारात्मक हो। तर यो कुरा गरिरहँदा उनीहरुले किन बीमा गरेनन् भन्ने कुरालाई हामीले खोतलेनौं। दिर्घकालिन रुपमा यसको समाधानका लागि के उपाय हुनसक्छ भन्ने कुरालाई नजरअन्दाज गरिरहेका छौं। 

Pay_ru Remit

अभिभावकलाई भिजिट भिसामा अष्ट्रेलिया ल्याउँदा गरिने स्वास्थ्य बीमाको शुल्क २०१४ सम्म एक जनाको ७५० देखि ९ सयसम्म थियो। त्यसपछि २०१६ सम्म केही बढेतापनि एक हजारभन्दा कम नै थियो। २०१९ मा बीमा शुल्क एक हजार देखि उकालो लाग्यो। कोभिड पछाडी स्वास्थ्य बीमाको शुल्क ह्वात्तै बढ्यो, जसले गर्दा बीमा नगर्नेहरुको संख्या पनि बढ्यो। कोभिड पछाडी बीमा शुल्क २ हजारको सेरोफेरोमा रहेको छ। र, यो वृद्धि रोकिएको छैन। अब जुलाई १ देखि लागु हुनेगरी ७० वर्ष उमेरभन्दा माथिका अभिभावकको एक जनाको ३ हजार ६ सय र ७० वर्षभन्दा मुनिका अभिभावकको एक जनाको २ हजार ८ सय स्वास्थ्य बीमा शुल्क तोकिएको छ। हामीले सजिलै अनुमान गर्न सक्छौं कि, अभिभावकको स्वास्थ्य बीमा नगर्नेहरुको संख्या आउँदा दिनमा अझ बढ्नेछ। 

कोही नेपाली महिला गर्भवती छिन्, बच्चा जन्मिने समय भएकोले अभिभावकलाई ल्याउन चाहन्छिन्, र उनका लागि अभिभावकको उपस्थिति अत्यावश्यक छ।  उनले केही समय काम गर्न सक्दिनन् र उनको श्रीमानले मात्र काम गर्नुपर्नेहुन्छ, जसको वार्षिक आय ४०/५० हजार डलर छ। अर्को परिवार यहाँ स्थापित भइसकेको छ, जसको वार्षिक आय दुई लाख डलरको हिसाबमा आउँछ। उनीहरुले आमाबुवालाई भिजिट भिसामा ल्याउँदै छन्। यहाँ, त्यो दुवै परिवारले बीमा शुल्कबापत त्यति नै रकम तिर्नुपर्छ, जबकि उनीहरुको आयमा ठूलो भिन्नता छ। 

अर्कोतिर, भिजिट भिसामा हामीले अभिभावकलाई ल्याउनु भनेको, यहाँको अर्थतन्त्रमा सहयोग पुग्नु हो। अन्य देशका अभिभावक केही दिनका लागि यहाँ आउनुभएको हुन्छ भने, नेपाली अभिभावकहरु कम्तिमा तीन महिना यहाँ रहनुहुन्छ। त्यो तीन महिनासम्म घुम्ने, भेटघाट गर्ने, कार्यक्रमहरु गर्ने जस्ता जति पनि क्रियाकलाप हुन्छन्, त्यसले यहाँको अर्थतन्त्र र पर्यटनमा सहयोग पुगिरहेको हुन्छ। त्यसैगरी, हामी आफूले यहाँ मेहनत गरिरहेका छौं, विद्यार्थीहरु यहाँको अर्थतन्त्रको ठूलो हिस्सा हुन्। र, त्यसमाथि हामीले विभिन्न कर तथा शुल्क तिरिरहेका हुन्छौं। हामीले तिरिरहेको त्यही कर तथा शुल्क बापत हाम्रा बालबच्चाले स्वास्थ्य सुविधा पाएका हुन्छन्।  तर हामीले आफ्नै बुवाआमा, आफ्नै परिवारको सदस्य केही समयका लागि थप्दा, स्वास्थ्य बीमाका नाममा चर्को शुल्क किन ?

यही प्रश्न मैले सांसद पिटर खलिल समक्ष राखेको हूँ। हामीलाई यहाँ मेडिकेयर कार्ड दिइन्छ र मेडिकल लेबीको रुपमा १। ५ प्रतिशत शुल्क हामीले तिरिरहेका हुन्छौं। हाम्रो आम्दानीको सम्पूर्ण लेखाजोखा सरकारसंग रहन्छ। यस्तो अवस्थामा सरकारले अभिभावक ल्याउन चाहने व्यक्तिको आय अनुसार स्वास्थ्य बीमा शुल्क तोकीदियोस्। जस्तै, परिवारको आम्दानी २०० हजार डलर छ भने २ हजार ५ सय डलर तिर्नुपर्ने र परिवारको आम्दानी ८० हजार डलर छ भने ८ सय डलर तिर्नुपर्ने। र, अभिभावकलाई यहाँ बसुन्जेलका लागि अन्तरिम मेडिकेयर कार्ड प्रदान गर्ने। यसोहुँदा स्वास्थ्य बीमाका लागि अनुरोध गरिरहनुपर्ने छैन। किनकि स्वास्थ्य बीमा भविष्यमा आउन सक्ने अप्ठ्यारो परिस्थितिका लागि हो भन्ने सबैलाई ज्ञात छ, तर चर्को शुल्कका कारण उनीहरु चुनौती मोल्छन्। 

धन्यवाद कार्यक्रममा सांसद खलिलले मेरा यी कुराहरु चासोका साथ सुनिदिनुभएकोमा म उहाँप्रति आभारी छु। मलाई लाग्छ, यो हामी सबैको चासो बन्नुपर्छ र आवश्यक रुपमा लबिङ्ग पनि गर्नुपर्छ।

286952310_10166479777410074_8312368197521447110_n1655202719.jpg


प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
थप ब्लग/विचार
खत
खत शनिबार, पुस ३०, २०७९
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  शुक्रबार, पुस २२, २०७९
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? शुक्रबार, पुस १, २०७९
काउकुती लगाउने त्यो सपना
काउकुती लगाउने त्यो सपना बिहीबार, मंसिर २२, २०७९
“नो मिन्स नो ”
“नो मिन्स नो ” शुक्रबार, मंसिर १६, २०७९
आमनिर्वाचन २०७९: मतदाताको परिपक्वताले दिँदैछ अनेक सन्देश
आमनिर्वाचन २०७९: मतदाताको परिपक्वताले दिँदैछ अनेक सन्देश बिहीबार, मंसिर ८, २०७९
लघुकथा : नुनकाे साेझाे
लघुकथा : नुनकाे साेझाे मंगलबार, कात्तिक ८, २०७९
यस्तो हुन्थ्यो ५० वर्षअघिको दसैं
यस्तो हुन्थ्यो ५० वर्षअघिको दसैं बिहीबार, असोज १३, २०७९
नागरिकता विधेयक: जुँगाको लडाइँ, अचानामा विधेयक
नागरिकता विधेयक: जुँगाको लडाइँ, अचानामा विधेयक बिहीबार, असोज ६, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्