Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
युरो–नेपाल
  • Home
  • युरो–नेपाल
  • विद्यालय भवन निर्माणका लागि विकास बेल्जियमद्वारा एक करोड सहयोग
विद्यालय भवन निर्माणका लागि विकास बेल्जियमद्वारा एक करोड सहयोग
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, फागुन ७, २०७८
School.jpg

बेनी। जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको जलजला गाउँपालिका–३ मल्लाजस्थित विद्याज्योति माविको भवन निर्माणका लागि विकास बेल्जियमले करिब रु एक करोड सहयोग गरेको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे कक्षा कोठा भवन बनाउन लागिएको हो ।

विकास बेल्जियमका स्थानीय समन्वयकर्ता टेकबहादुर बरुवालले विद्यालयको भवन बनाउन गाउँपालिकालाई रु ९७ लाख ३६ हजार उपलब्ध गराएको जानकारी दिनुभयो । रु दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि करसहित रु एक करोड ६० लाख ७२ हजार ९७२ मा त्रिशक्ति कन्ट्रक्सन इन्जिनियरिङले ठेक्का लिएको गाउँपालिकाका इन्जिनियर सुनिल बानियाले बताउनुभयो ।

२०७८ साउन ५ गते ठेक्का सम्झौता भएको भवन २०७९ को असार १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दुई तले भवनको कूल खर्च हुने रकमको ७५ प्रतिशत विकास बेल्जियम र २५ प्रतिशत गाउँपालिकाले ब्यहोर्ने सम्झौता भएको थियो । संस्थाले ब्यहोर्नेमध्येको खर्च गाउँपालिकालाई उपलब्ध गराएको बरुवालले बताउनुभयो । उहाँका अनुसार ढलान सकिएको भवनको प्लास्टर, रङरोगन, विद्युत्, फर्निचरका काम बाँकी छन् । ६० प्रतिशत निर्माण सकिएको उहाँले बताउनुभयो ।

प्रअ रघुनाथ आचार्यका अनुसार कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल २७० विद्यार्थी छन् । विसं २००४ मा स्थापना भएको विद्याज्योति धौलागिरि क्षेत्रकै पुरानो विद्यालय मानिन्छ । विकास बेल्जियमले यसअघि धौलागिरि गाउँपालिकाका–७ मा ताकम माविको भवन र बेनीको कालीपुलदेखि डिलफाँट हुँदै मल्लाजसम्म पदमार्ग निर्माण गरेको थियो ।

तीन चरणमा रु ८६ लाख नौ हजार २५२ को लागतमा एक हजार ९५२ मिटर पक्की पदमार्ग निर्माण हो । ठाडो भिरको उकालोमा सिँढी र रेलिङसहितको पदमार्ग निर्माण भएपछि बेनी बजारका साथै बगरफाँट वारीबेनी, जलजला गाउँपालिकाको बाँसखर्क, मल्लाज, लेकफाँट, म्याग्दीको नागीका बासिन्दालाई आवतजावतमा सहज भएको छ ।

पाँच लाखको सामग्री सहयोग म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगस्थित महादेव माविमा पूर्वविद्यार्थीमार्फत शैक्षिक, सूचना प्रविधिका सामग्री सहयोग प्राप्त भएको छ । हाल जापानमा रहेका पूर्वविद्यार्थी पूर्णबहादुर गर्बुजाले रोटरी क्लब जापानको समन्वय र सहकार्यमा रु पाँच लाख मूल्य बराबरका सूचना प्रविधिका सामग्री उपलब्ध गराउनुभएको हो । एक थान स्मोर्ट बोर्ड, दुई थान प्रोजेक्टर, दश थान सिसीटिभी क्यामेरा, हिलट्याङकी, प्रिन्टर, एलइडी मनीटरलगायतका सामग्री उपलब्ध गराउनुभएको प्रअ दुतबहादुर गर्बुजाले बताउनुभयो ।

त्यसैगरी विसं २०६६ को एलएलसी परीक्षामा महादेव माविबाट सहभागी भएका पाँच विद्यार्थीले १ देखि कक्षा १० सम्मका ११५ विद्यर्थीलाई एक÷एक जोर जुत्ता, मोजा सहयोग गर्नुभएको छ । बेगमै व्यवसाय गरेर बसेका रमेश परियार, बेलायतमा रहेका रोशन फगामी, अष्टे«लियाका भूपी गर्बुजा, दीपक फगामी (पोर्चुगल) र धनबहादुर तिलिजा (अमेरिका)ले शुक्रबार सहयोग गर्नुभएको प्रअ गर्बुजाले बताउनुभयो ।


प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८  २३:२०
प्रतिक्रिया दिनुहोस्
थप युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल शनिबार, साउन २६, २०८१
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै आइतबार, माघ १५, २०७९
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर आइतबार, मंसिर १८, २०७९
बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि
बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि शनिबार, मंसिर १७, २०७९
विश्वको जनसंख्या १५ नोभेम्बरमा ८ अर्ब पुग्ने
विश्वको जनसंख्या १५ नोभेम्बरमा ८ अर्ब पुग्ने शनिबार, कात्तिक २६, २०७९
दक्षिण युक्रेनका ४० सहर र गाउँ पुनः कब्जा गरिएको जेलेन्स्कीको दाबी
दक्षिण युक्रेनका ४० सहर र गाउँ पुनः कब्जा गरिएको जेलेन्स्कीको दाबी शनिबार, कात्तिक २६, २०७९
खेर्सनका डेपुटी गभर्नरकाे मृत्यु
खेर्सनका डेपुटी गभर्नरकाे मृत्यु शनिबार, कात्तिक २६, २०७९
अमेरिकाको संसदीय निर्वाचनमा नेपाली मूलका डा ह्यारी भण्डारी दोश्रो पटक पुनः निर्वाचित 
अमेरिकाको संसदीय निर्वाचनमा नेपाली मूलका डा ह्यारी भण्डारी दोश्रो पटक पुनः निर्वाचित  बुधबार, कात्तिक २३, २०७९
ट्वीटरले बर्खास्त गरेका कर्मचारीलाई फिर्ता बोलायो
ट्वीटरले बर्खास्त गरेका कर्मचारीलाई फिर्ता बोलायो सोमबार, कात्तिक २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्