Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रबार, चैत १०, २०७९
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
ब्लग/विचार
  • Home
  • ब्लग/विचार
  • "तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" बाटोमा एक्लै हिंडिरहेकी महिला न कसैको जिम्मेवारी हो, न त कसैको मौका । ऊ मानिस हो । ऊ स्वतन्त्र व्यक्ति हो ।
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, असार ९, २०७९

- कामना न्यौपाने 

"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"

चलचित्रमा ‘गुण्डा’ हरुले केटी जिस्क्याउँदा प्रायः नायिकाको डायलग हुन्थ्यो त्यो । गुण्डाले हिरोइनलाई जिस्क्याउँदा खुम्चिएको मेरो निधार हिरोइनको उक्त डायलग पछि फराकिलो हुन्थ्यो । गर्व लाग्थ्यो ।  त्यसपछि बल्ल मज्जा लाग्थ्यो । त्यतिबेला बाँसले बारेको फिल्म हलमा बाँस र बोराबाट बनाइएका सिटमा बसेर त्यो साँघुरो पर्दामा फिल्म हेरिन्थ्यो। एक घण्टा हिंडेर फिल्म हेर्न पुगेको त्यो आफ्नो मेहनत सार्थक भएको भान हुन्थ्यो ।

उही हिरोइन जस्तै आफू सशक्त केटी भएको कल्पना गर्दै गाउँबाट सपनाको भारी सहित काठमाडौं आइपुगियो । काठमाडौंले पत्रपत्रिका र पुस्तकहरुप्रति मोहनी लगाइदियो । विभिन्न पुस्तक, महिला सरोकारका लेख रचनाहरु, बहसहरु, प्रतिक्रियाहरुमा उल्लेखित वाक्यांश सशक्त लाग्न थाले । ‘बुहारी पनि त कसैकी छोरी हो ।’, ‘त्यो केटी कसैकी दिदी हो, कसैकी बहिनी हो ।’,  ‘त्यो कसैकी आमा हो ।’ यी लिखित डायलग पढ्दा मनमा तुफान चल्थ्यो । ‘म पनि त कसैकी बहिनी हूँ, कसैकी छोरी हूँ ।’ किन ट्युसन् पढाएर फर्किंदै गर्दा बाटोमा साइकलमा हुइँकिरहेको त्यो मान्छेले मेरो छातीतिर हात तेर्स्यायो ? के उसको घरमा दिदी बहिनी छैनन् ? उसको दिदी या बहिनीलाई कसैले त्यस्तो गरेको भए ? 

Pay_ru Remit

अब मलाई त्यस्ता मान्छेलाई ठाउँको ठाउँ यस्तै जवाफ दिन सक्ने बन्नु थियो ।

विस्तारै सामाजिक सञ्जालमा पनि अभ्यस्त हुन थालें । ‘बाटोमा हिंडिरहेकी केटी तिम्रो लागि मौका होइन, जिम्मेवारी हो।’ महिला हिंसा र बलात्कारका घटनाले गर्दा सामाजिक सञ्जालमा यी डायलगहरु छाउन थाले । तर बाँसले बारेको फिल्म हल देखि मोबाइलमा औंला दौडाएर संसार थाहा पाइने स्मार्ट फोनको युगसम्म आइपुग्दा मेरो मस्तिष्कमा सशक्त र समानताको अर्थ फेरिएछ । अब यी डायलगले मेरो मन मस्तिष्कमा कब्जा जमाउन छोडिसकेछन् । सायद मैले भोगेका, पढेका, सुनेका कुराहरुले मलाई, ‘तँ कसैकी जिम्मेवारी या मौका होइनस्’ भन्ने बुझाएछन् ।

बाटोमा एक्लै हिंडिरहेकी महिला न कसैको जिम्मेवारी हो, न त कसैको मौका । ऊ मानिस हो । ऊ स्वतन्त्र व्यक्ति हो । उसको आफ्नै परिचय छ । उसको आफ्नै अस्तित्व छ । ऊ त्यसरी नै निस्फिक्री हिंड्न पाउनुपर्छ । जसरी हरेक पुरुष हिंडिरहेका हुन्छन् । उसको आफ्नो शरीर र परिचय माथि केवल उसको आफ्नै हक लाग्छ । ऊ कसैकी होइन । ऊ ‘आफू’ हो ।

हाम्रो मन मस्तिष्कमा हाम्रो हुर्काइको परिवेश र संस्कारले प्रभाव पार्छ । त्यसपछि हामीले देख्ने, पढ्ने, सुन्ने, भोग्ने बाहिरी कुराले प्रभाव पार्दै जान्छन् । हाम्रो संस्कार, परिवेश र हुर्काइले कहिल्यै पनि महिलाको परिचयलाई प्राथमिकतामा राखेन । ऊ ‘कसकी हो’ भन्ने कुरालाई प्राथमिकतामा राखियो र अहिले पनि राखिन्छ । समाजमा उच्च वर्गका छोरीहरु बढी सुरक्षित मानिन्छन्, किनकी उनीहरुको परिचय समाजमा उपल्लो दर्जाको बुवाको नामबाट सुरु हुन्छ । त्यस्तै, सानो भाइसँग हिंडिरहेकी दिदी सुरक्षित मानिन्छे, किनकी उसको साथमा भाइ (पुरुष) छ । समाजमा एउटी महिला यसकारण  मात्रै सुरक्षित मानिन्छे, जब अरुले ऊ कसैकी हो भन्ने महसुस गर्छन् । यदि ऊ कसैकी केही हो भन्ने महसुस गरिएन भने कसैका लागि ऊ जिम्मेवारी कहलिन्छे त कसैका लागि मौका ।

महिलामाथि शासन चलाएको देख्दै आएको हाम्रो हुर्काइले ‘महिला पनि मान्छे हो’ भन्ने नै बुझाउन सकेन । महिलालाई कसैकी छोरी, कसैकी दिदी या बहिनी, कसैकी बुहारी, कसैकी श्रीमतीको रुपमा परिचय दिने हाम्रो संस्कारले उसको स्वतन्त्रतालाई  पनि पचाउन सकेन । समाजमा बढ्दै गइरहेका महिला हिंसाका घटना यसका उदाहरण हुन्। त्यसमाथि चलचित्र, लेखन वा सामाजिक सञ्जालमा ‘के त्यो तिम्रो छोरी जस्तै होइन’ भन्ने जस्ता तर्कले महिला सशक्तिकरणलाई भावनामा बगाइदिन्छन् । यही आदर्शवादले महिलाको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा गरिदिन्छ ।

सशक्तिकरणको लागि आत्मनिर्भरता, महिलाको स्थान र उसको परिचयको आवश्यकता पर्दछ । तर, महिलाको सुरक्षाको नाममा ’कसैकी’ जोडेर उसलाई झन् परनिर्भर बनाइन्छ, उसको क्षमतालाई छायाँमा राखिन्छ, उसको आफ्नो परिचय गुमनाम गराइन्छ । एउटी महिलामाथि उसको परिवार, प्रेमी या श्रीमानले मात्र नभएर समग्र समाजले नै हक जमाउन खोज्छ। यस्तै मानसिकताका कारण, आफ्नो सुरक्षाको  डरले  महिलाले पुरुषलाई आफ्नो सर्वश्व ठान्छन् र हिंसा समेत सहेर बसिरहेका हुन्छन् । समाजमा सम्बन्ध विच्छेद भएका महिला र विधवा माहिलामाथि हुने हिंसाले पनि यस विषयलाई थप प्रष्ट पार्छन् ।

अर्कोतर्फ, शिक्षित र आधुनिक भनिएका महिलाहरु समेत हरेक कुरामा आफूलाई श्रीमानको नामबाट चिनाउन पाउनु ठूलो भाग्य सम्झिन्छन् । त्यस्तै, ‘म आफू को हूँ’ भन्ने प्रश्नको उत्तर खोजि गर्नुभन्दा कसैकी बनेर सुरक्षित रहनुलाई नै उनीहरु उत्तम विकल्प ठान्छन् । जसले गर्दा शिक्षित रहेर पनि उनीहरु आत्मनिर्भर हुन सकिरहेका छैनन् । महिला हिंसाका घटना त्यतिन्जेलसम्म बढिरहन्छन् जबसम्म समाजले महिला मानिस हो भन्ने स्विकार्दैन । जबसम्म एउटी महिलाले म स्वतन्त्र मानव हूूँ भन्ने बुझ्दिन र जबसम्म हाम्रो संस्कारले महिलाको स्वतन्त्रतालाई पचाउन सक्दैन ।

बाटोमा एक्लै हिंडिरहेकी महिला न कसैको जिम्मेवारी हो, न त कसैको मौका । ऊ मानिस हो । ऊ स्वतन्त्र व्यक्ति हो । उसको आफ्नै परिचय छ । उसको आफ्नै अस्तित्व छ । ऊ त्यसरी नै निस्फिक्री हिंड्न पाउनुपर्छ । जसरी हरेक पुरुष हिंडिरहेका हुन्छन् । उसको आफ्नो शरीर र परिचय माथि केवल उसको आफ्नै हक लाग्छ । ऊ कसैकी होइन । ऊ ‘आफू’ हो । अबका महिला अरु कसैकी भएर होइन, ‘आफू’ भएर जिउन थाल्नुपर्छ । चलचित्रमा वा साहित्यमा अब उसलाई ‘कसैकी’को रुपमा चित्रण गर्न छोड्नुपर्छ । महिलाको चरित्रलाई भावनामा बगाउन छोडेर अब वैचारिक विषयलाई केन्द्रमा राखिनुपर्छ ।

इमेल: [email protected] 


प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १३:५८
प्रतिक्रिया दिनुहोस्
थप ब्लग/विचार
खत
खत शनिबार, पुस ३०, २०७९
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  शुक्रबार, पुस २२, २०७९
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? शुक्रबार, पुस १, २०७९
काउकुती लगाउने त्यो सपना
काउकुती लगाउने त्यो सपना बिहीबार, मंसिर २२, २०७९
“नो मिन्स नो ”
“नो मिन्स नो ” शुक्रबार, मंसिर १६, २०७९
आमनिर्वाचन २०७९: मतदाताको परिपक्वताले दिँदैछ अनेक सन्देश
आमनिर्वाचन २०७९: मतदाताको परिपक्वताले दिँदैछ अनेक सन्देश बिहीबार, मंसिर ८, २०७९
लघुकथा : नुनकाे साेझाे
लघुकथा : नुनकाे साेझाे मंगलबार, कात्तिक ८, २०७९
यस्तो हुन्थ्यो ५० वर्षअघिको दसैं
यस्तो हुन्थ्यो ५० वर्षअघिको दसैं बिहीबार, असोज १३, २०७९
नागरिकता विधेयक: जुँगाको लडाइँ, अचानामा विधेयक
नागरिकता विधेयक: जुँगाको लडाइँ, अचानामा विधेयक बिहीबार, असोज ६, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा 
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा 
मन्त्रीपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, को को बन्दैछन् मन्त्री ?  
मन्त्रीपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, को को बन्दैछन् मन्त्री ?  
काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा
काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा
'राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलको नाममा सहमति' 
'राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलको नाममा सहमति' 
कांग्रेसलाई राष्ट्रपति दिने ८ राजनीतिक दलको निर्णय, उम्मेदवार टुङ्गो लगाउने जिम्मा काँग्रेसलाई  
कांग्रेसलाई राष्ट्रपति दिने ८ राजनीतिक दलको निर्णय, उम्मेदवार टुङ्गो लगाउने जिम्मा काँग्रेसलाई  
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्