Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल दृश्य
  • Home
  • सरल दृश्य
  • तामाङ समाज यूएईद्धारा तेमालको एक विद्यालयलाई डेढ लाख आर्थिक सहयोग,विभिन्न क्षेत्रमा योगदान पुर्याउँने स्रष्टालाई सम्मान
तामाङ समाज यूएईद्धारा तेमालको एक विद्यालयलाई डेढ लाख आर्थिक सहयोग,विभिन्न क्षेत्रमा योगदान पुर्याउँने स्रष्टालाई सम्मान
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, मंसिर १७, २०८०
D831C177-77D1-4F72-8C43-4ACF82C7B226.jpeg

काठमाडौं– तामाङ समाज यूएईले शैक्षिक कार्यक्रमको लागि भन्दै तेमालको एक विद्यालयलाई नगद रकम सहयोग गरेको छ ।
शिक्षाको लागि समाज नामको कार्यक्रम सञ्चालन गर्दै आएको समाजले प्रत्येक वर्ष विभिन्न विद्यालयहरुलाई आर्थिक सहयोग गर्दै आउने क्रममा यस पटक भने काभ्रे तेमाल गाउँपालिका वडा नं. ९ स्थित मैनाजाङ आधरभुत विद्यालयलाई नगद सहयोग गरेको हो ।
 

युएईमा संकलन गरेको रकममध्ये १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ काठमाडौंको बौद्ध स्थित एक होटलमा औपचारिक कार्यक्रमको बिच हस्तान्तरण गरिएको हो । प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं तामाङले सोही वडाका वडाध्यक्ष चन्द्र बहादुर लामा(काजी),विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दमै सिं तामाङको टिमलाई उक्त सहयोग रकम हस्तान्तरण गरे । यसका साथै केहि दिनमा उक्त विद्यालयमै पुगेर शैक्षिक सामाग्री वितरणको तयारी पनि रहेको तामाङ समाज यूएईका पूर्व अध्यक्ष महेश मोक्तानले जानकारी दिए ।

 

समाजले तामाङ समुदायका सोनाम तामाङ,परेन्द्र मोक्तान,विजय घले सहित ३ जना जेहेन्दार विद्यालर्थीहरुलाई जनहि २० हजारका दरले नगद छात्रावृत्ति पनि प्रदान गरेको छ । सोही अवसरमा उग्र्येन श्याप्तेर फेल्ग्येन लिङ गोन्पालाई ५० हजार सहयोग हस्तान्तरण गरिएको छ ।
 

वैदेशिक रोजगारीको क्रममा यूएई पुगेका तामाङहरुको छाता संगठनको रुपमा क्रियाशिल यो संस्थाले शनिबार नै तामाङ स्रष्टाहरुलाई पनि सम्मान गरेको छ । समाजले नेपाल सरकारका पूर्व सचिव धन बहादुर तामाङ र गायिका इन्दिरा गोलेलाई भने नगद राशी सहितको प्रतिभा प्रोत्साहन सम्मान प्रदान गरेको छ ।
 

राज्यको प्रशासकिय क्षेत्रमार्फत योगदान गरेकोमा धनबहादुर तामाङ र विश्वसामु तामाङ गीत संगीत स्थापित गर्न योगदान पुर्याएको भन्दै इन्दिरा गोलेलाई नगद २५ हजार,सम्मानपत्र,दोसल्लाद्धारा प्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिएको समाजका कार्यकारी अध्यक्ष भिम दोङले बताए ।

 

समाजले आफ्नो स्थापना पश्चात अहिलेसम्म आयोजना गरेको ल्होछार,एसएमएस धमाका,शिक्षाका लागि समाज जस्ता कार्यक्रमहरुमा नेपालबाट गएर सांगीतिक प्रस्तुती दिएका कलाकारहरुलाई लेटर अफ अनर प्रदान गरेको छ ।
 

यूएईमा पहिलोपटक लहोछार कार्यक्रमको अवसरमा सांगीतिक प्रस्तुतीका लागि पुगेका रोज मोक्तानदेखि वरिष्ठ गायक,संगीतकार चन्द्रकुमार दोङका साथै इन्दिरा गोले,स्व.जयनन्द लामा(परिवारलाई),सञ्जिव वाइबा,विश्व दोङ,विशाल काल्तान,जमुना योञ्जन,इन्दिरा योञ्जन,तुलसा वाइबा,फूलकुमार बम्जन,सोनाम बज्यु,अविनाश घिसिङ,रोशन फ्युबा,निर्मला घिसिङ,गायिका स्वं.योगीता मोक्तान(परिवारलाई),शशिकला मोक्तान,जितु लोप्चन,रमला पाख्रिन,सानु वाइबा,सुरेश लामा,सायरा वाइबा,सुमिना लो,प्रदिप लामा,नम्रता सापकोटा सम्मलाई लेटर अफ अनर प्रदान गरेको हो ।
 

त्यस्तै तामाङ समाज युएईको संस्थागत विकासमा सञ्चार लगायतका क्षेत्रबाट सहयोग गरेको भन्दै पत्रकार अनिस दोङ तामाङलाई सम्मान गरेको छ ।
समाजले शर्मिला थिङ,लवाङ दोङलाई कदरपत्र प्रदान गरेको छ भने संस्थाको स्थापना,गतिशिलता,वृहत्तर विकासमा योगदान दिएका पूर्व अध्यक्ष,वर्तमान संरक्षक महेश मोक्तान लगायतका पूर्व अध्यक्ष एवं पदाधिकारीहरुलाई समेत सम्मान गरेको छ ।
 

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री लामाले तामाङ समुदायको विकासको मुख्य आधार शिक्षामा तामाङ समाज युएईले गर्दै आएको यस खालको रचनात्मक कार्यक्रमहरुप्रति खुसी व्यक्त गरे । समुदायको विकासका लागि आफ्नो तर्फबाट सदैव सहयोग रहने उनको प्रतिवद्धता थियो ।

 

अध्यक्ष जितेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि पूर्व सांसद नविना लामा,जापानका लागि पूर्व राजदुत डा. गणेश योञ्जन,नेपाल सरकारका पूर्व सचिव धन बहादुर तामाङ,गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा ,इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङ,संस्थाका पूर्व अध्यक्ष किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र बहादुर लामा,मातृभाषा शिक्षा अभियन्ता प्रतिक ङेसुर लगायतले तामाङ समाजको विकासमा जुट्न सबै एक हुनुपर्नेमा जोड दिएका थिए ।

 

तामाङ समुदाय शिक्षाको कारण सामाजिक साँस्कृतिक राजनीतिक र आर्थिक क्षेत्रमा पछाडि परेको ठहर गर्दै यूएईमा तामाङ समाज यूएईले लामो समयदेखि शिक्षाको लागि समाज लगायत विभिन्न जागरण मुलुक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
 

कार्यक्रमको अवसरमा बृहत साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।


प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
थप सरल दृश्य
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
गायिका रेखा जोशीको शिरफुल २
गायिका रेखा जोशीको शिरफुल २ शुक्रबार, कात्तिक २५, २०७९
तिहारै आयो, ढक्कमक्क फुले सयपत्री र मखमली फूल 
तिहारै आयो, ढक्कमक्क फुले सयपत्री र मखमली फूल  आइतबार, असोज ३०, २०७९
नयाँ म्युजिक भिडियोमा ‘जननेता मदन भण्डारी’ 
नयाँ म्युजिक भिडियोमा ‘जननेता मदन भण्डारी’  आइतबार, असोज ९, २०७९
गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो’ सिंगल शटमा 
गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो’ सिंगल शटमा  शुक्रबार, भदौ २४, २०७९
कविता : बा (म्यूजिक भिडियोसहित) 
कविता : बा (म्यूजिक भिडियोसहित)  शनिबार, भदौ ११, २०७९
निरु त्रिपाठीको सिग्नेचर प्रेम गीत 'साथी मेरो जीवनसाथी' चर्चामा
निरु त्रिपाठीको सिग्नेचर प्रेम गीत 'साथी मेरो जीवनसाथी' चर्चामा सोमबार, असार २७, २०७९
जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने मेयर बालेन शाहको घोषणा, बस बिसौनीमा मौलिक शैलीका फल्चा निर्माण गरिने 
जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने मेयर बालेन शाहको घोषणा, बस बिसौनीमा मौलिक शैलीका फल्चा निर्माण गरिने  आइतबार, असार ५, २०७९
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्