Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • महिलालाई हतियार बनाएर करोडौं असुली, सुन निर्यात गर्ने भन्दै ठग्दै
महिलालाई हतियार बनाएर करोडौं असुली, सुन निर्यात गर्ने भन्दै ठग्दै
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, फागुन २, २०८०
6A0F0D2B-F095-4F4A-A9C6-E5920184C72C.jpeg

काठमाडौं ।

योजनाबद्ध रूपमा करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे भुल्भु गाउँपालिका-३ घर भई हाल पोखरा महानगरपालिका-३० ढुंगेपाटन बस्ने ३३ वर्षीय कुमार थापा, स्याङ्जा पुतली बजार नगरपालिका-४ घर भई हाल कास्की लेखनाथ नगरपालिका-३० बस्ने ४२ वर्षीया मिना दमै, सिन्धुली गोलन्जोर गाउँपालिका-५ खनियाँखर्क घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ४३ वर्षीय रविनकुमार थापा र सप्तरी सप्तकोसी नगरपालिका-६ बोहोचे घर भई हाल काठमाडौं-९ सिनामंगल बस्ने ३९ वर्षीय दिलीपकुमार लाभ रहेका छन्।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए। उनका अनुसार थापाविरूद्ध बैंकिङ कसुरमा दुई करोड बिगोको मुद्दा कास्कीमा छ। उनलाई भक्तपुर कमलविनायक नगरपालिकाबाट पक्राउ गरिएको हो।

दमैविरूद्ध कास्कीमा ९ वटा मुद्दा छन्। उनीविरूद्ध तीन करोड ६५ लाख ५९ हजार रुपैयाँको बैंकिङ कसुर र ठगीसम्बन्धी कसुरको मुद्दा छ। उनलाई सूर्यविनायक नगरपालिका-५ सल्लाघारीबाट पक्राउ गरिएको हो। यस्तै, रविनकुमारविरूद्ध बैंकिङ एवम् ठगी सम्बन्धी ७ वटा मुद्दा चितवनमा छन्। उनीविरूद्ध दुई करोड ६० लाख रुपैयाँ बिगो छ। उनलाई सिनामंगलबाट पक्राउ गरिएको रेग्मीले बताए।

यस्तै, लाभविरूद्ध बैंकिङ कसुरको ११ लाख रुपैयाँको मुद्दा काठमाडौंमा छ। उनलाई पनि प्रहरीले सिनामंगलबाट पक्राउ गरेको रेग्मीले बताए। सुनका गरगहना विदेशमा निर्यात गर्दछौं भन्दै काभ्रेपलान्चोक भुम्लु घर भई जिल्ला कास्की बस्ने कुमार थापाले पोखराको विभिन्न व्यवसायीहरूसँग सुन खरिद गरेका थिए।

ठूलो मात्रामा रकम ठगी गरेको भन्दै वीरेन्द सुनारले कास्की प्रहरीमा दुई करोड बिगोको मुद्दा दर्ता गराएका थिए। कास्की प्रहरीले पक्राउको लागि पत्राचार गरेपछि अनुसन्धान कार्यालयको टोली उनको खोजीमा थिए। कुमार थापालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा ठगी गर्ने कार्यमा मीना दमै, रविन कुमार थापा र दिलीपकुमार लाभको संलग्नता खुलेको रेग्मीले बताए।

चार जनाको मिलेमतोमा पोखराका सुनचाँदी पसलबाट पहिलोपटक १० लाख, दोस्रोपटक २० लाख तेस्रोपटक ५० लाखका गहना खरिद गरिएको थियो। यसमा १ करोड ४० लाखका गहना बाहिर निर्यात गर्ने भनी चेक दिएर चारै जना फरार भएका थिए। रेग्मीका अनुसार यसपछि उनीहरू भक्तपुर केन्द्रित भए। भक्तपुरको सुडालमा अरू व्यक्तिको नाममा रहेको जग्गा दिलाइदिने भनी दिलीपकुमार लाभले जग्गा बैना गरे।

उक्त जग्गा परिवार अटो मोबाइलका सञ्चालकसँग निसानको किक्स गाडी लिए। उनी १२ आना जग्गा दिन्छु भनेर फरार भए। परिवार अटो मोबाइलका सञ्चालक प्रहरीमा पुगे. प्र.०१-०२३-०१४४ नम्बरको निसान किक्स गाडी ५४ लाख ५० हजार मूल्य तय गरी लिएकोमा रकम नतिरी बेपत्ता भएको भन्दै उनी प्रहरीमा पुगेका थिए। सो गाडी दिलीपकुमार लाभबाट प्रहरीले कम्पनीलाई नै फिर्ता दिलाएको रेग्मीले बताए।

उनीहरूले चितवनमा जग्गा दिन्छु भनी अन्य व्यवसायीहरूको जग्गा बैना गरी १ करोड ३६ लाख ठगी गरेको पाइएको अनुसन्धानले देखाएको छ। कुमार थापाले मीना दमैलाई देखाएर उनको नामको चेक दिने र उनीबाटै कारोबार गर्ने गरेको पाइएको छ। महिलाबाट कारोबार गर्दा विश्वासमा पर्ने भएकाले उनलाई प्रयोग गरेको खुलेको रेग्मीले बताए।


प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने बुधबार, वैशाख २४, २०८२
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा  ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । आइतबार, चैत २४, २०८१
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह आइतबार, माघ २०, २०८१
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार, पुस २७, २०८१
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा  औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड सोमबार, पुस १५, २०८१
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न बुधबार, भदौ १९, २०८१
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ? शनिबार, भदौ १, २०८१
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्