Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • बैंकहरुले प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री महत
बैंकहरुले प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री महत
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, माघ ११, २०८०
D6CB965F-6705-41EE-A2B1-C00CD614766A.jpeg

काठमाडाैं । अर्थमन्त्री डा.प्रकाशशरण महत अब बैंकहरुले धितोबेस कर्जा भन्दा पनि प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । बुधबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जा भन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको बताउनुभयो । उहाँले बैंकहरु पनि कर्जा भन्दा बढी धितो लिएर कर्जा लगानी गरेकाले ढुक्क बस्ने गरेको बताउनुभयो । अब बैंकहरुले पनि धितोबेस कर्जा भन्दा पनि प्रोडक्ट अर्थात आयोजनाबेस भएर कर्जा प्रवाह गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

अर्थमन्त्री डा.महतले बैंकहरुले प्रोडक्टबेस कर्जा दिँदा कर्जा दिन लायक परियोजना भए/नभएको अध्ययन मूल्याङ्कन गर्नुपर्ने बताउनु भयो । उहाँले प्रोजेक्टबेस कर्जामा बैंकहरु जाने हो भने बिस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्ने दाबी गर्नुभयो । मन्त्री डा.महतले मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९/८० भन्दा सुधार अवस्थामा पुगेको दाबी गर्नुभयो । तर आर्थिक वर्ष २०७९÷८० भन्दा सुधार अवस्थामा पुगेको  भएपनि सरकारले सोचेको जस्तो नभएको स्वीकार गर्नुभयो ।

उहाँले मुलुकको आवश्यकताहरु धेरै तर सरकारसँग साधन स्रोतहरु थोरै भएकाले धेरै आवश्यकताको बीचमा थोरै साधन स्रोत हुँदा प्राथमिकिकरण नपुगेको बताउनु भयो । उहाँले सरकारले सबैभन्दा बढी आवश्यकताको क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यता रहेको पनि बताउनु भयो । उहाँले सरकारको प्राथमिकता प्राथमिकिकरण गरेर काम गर्ने गरेको उल्लेख गर्नुभयो ।

सीमित राज्यको साधन स्रोतलाई बढी भन्दा बढी प्रतिफल हुने क्षेत्रलाई प्राथमिकता दिएर खर्च गर्ने वर्तमान अवस्थामा चुनौति रहेको बताउनुभयो। उहाँले पर्यटन आगमन अहिलेसम्मकै उच्च, अर्थतन्त्रको वाह्य परिस्थिति सकारात्मक भएकाले आशा गर्ने ठाउँ रहेको बताउनुभयो ।

उहाँले पर्यटन आगमन वृद्धि भएसँगै होटलहरु वृद्धि भइरहेको भन्दै  बैंकहरुले होटलमा गरेको लगानी डुब्ने खतरामुक्त अवस्थामा आएको बताउनुभयो । उहाँले शेयर बजार र घरजग्गा कारोबार सकारात्मक भइरको बताउनुभयो । उहाँले राष्ट्र बैंकसँग सहकार्य गरे केही सहज बनाउन जरुरी भएकाले सहज बनाएको बताउनुभयो । उहाँले सकारात्मकतर्फ अर्थतन्त्र जाने तथ्याङ्कहरु भएकाले अब लगानीहरु पनि बढ्ने अपेक्षा रहेको बताउनुभयो । 


प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने बुधबार, वैशाख २४, २०८२
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा  ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । आइतबार, चैत २४, २०८१
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह आइतबार, माघ २०, २०८१
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार, पुस २७, २०८१
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा  औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड सोमबार, पुस १५, २०८१
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न बुधबार, भदौ १९, २०८१
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ? शनिबार, भदौ १, २०८१
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्