Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • एमालेसँग प्रधानमन्त्रीको प्रतिबद्धता : नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउँछौँ
एमालेसँग प्रधानमन्त्रीको प्रतिबद्धता : नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउँछौँ
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता मंगलबार, माघ ९, २०८०
4C03C547-472B-4455-9F1A-063A306435FB.jpeg

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका छन्।

मंगलबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताए।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले एमालेले गत मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको  ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी नेपाल सरकारसमक्ष ध्यानाकर्षण पत्र प्रस्तुत गरेको हो। जसमा ७५१ वटा माग रहेका छन्।

उक्त ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्त्वपूर्ण योगदान पुग्दै बताउँदै उक्त अभियानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको बताए।

प्रधानमन्त्रीले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षण पत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

ध्यानाकर्षण पत्र बुझाउँदै पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकाङ्क्षा र सम्भावना बुझ्न महत्त्वपूर्ण योगदान पुगेको बताउँदै ध्यानाकर्षण पत्र सम्बोधनमा सहयोगका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

प्रतिनिधिमण्डलमा अध्यक्ष ओलीसहित पदाधिकारी र अन्य नेताहरू उपस्थित रहेका थिए।


प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ११:४०
#राजनीति
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने बुधबार, वैशाख २४, २०८२
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा  ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । आइतबार, चैत २४, २०८१
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह आइतबार, माघ २०, २०८१
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार, पुस २७, २०८१
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा  औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड सोमबार, पुस १५, २०८१
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न बुधबार, भदौ १९, २०८१
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ? शनिबार, भदौ १, २०८१
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्