Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • ४ वर्षअघि ४ अनुयायीलाई बेपत्ता बनाएको आरोप
४ वर्षअघि ४ अनुयायीलाई बेपत्ता बनाएको आरोप
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, पुस २६, २०८०
D99FB961-C0C7-4C64-9B59-8EA2089EB86F.jpeg

काठमाडौं । 

तपस्वी रामबहादुर बम्जनले धर्मका नाममा अनुयायीमाथि यौन दुराचार गरेको, आश्रमबाट ४ जनालाई बेपत्ता बनाएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।

चार वर्षअघि बम्जनमाथि ४ जना अनुयायीलाई बेपत्ता बनाएको र उनको आश्रममा पुगेकामाथि यौन दुराचार गरेको भन्दै जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि एकाएक बेपत्ता भएका बम्जन आफ्नै परिवारसहित हात्तीगौंडास्थित घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो।

प्रहरीले बम्जनको निवासबाट ३ करोडभन्दा बढी नेपाली रुपियाँ र १७ देशका विदेशी मुद्रासमेत बरामद गरेको छ। प्रहरीको खोजीको सूचीमा रहेका बम्जन राजधानीमा नै लुकेर बसेको भन्ने सुराकी पाएपछि ब्युरोले खोजीलाई तीव्र बनाएको र उनकै अनुयायीको सूचनाको आधारमा पक्राउ गर्न सफल भएको थियो।

बम्जनमाथि उनको आश्रममा बस्दै आएका नुवाकोटका चुन्मो भन्ने चिनिमाया तामाङ, मकवानपुरका सञ्चलाल वाइबा, मकवानपुरकै डोल्मो भन्ने फूलमाया रुम्बा र बाराका सुरेशकुमार आलेलाई बेपत्ता बनाएको आरोप लागेको छ।

उनीहरू चारै जना सिन्धुपाल्चोकस्थित बम्जनको आश्रमबाट बेपत्ता भएको प्रहरीले दाबी गरेको छ। चिनिमाया तामाङ २०६९ असोजदेखि बेपत्ता भएको सीआईबीले दाबी गरेको छ।

त्यस्तै, वाइबा २०७१ चैत १४ देखि, रुम्बा २०७१ माघदेखि र आले २०७२ देखि बेपत्ता भएको भन्दै आफन्तले प्रहरीमा उजुरी गरेका थिए।सीआईबीले उनलाई पक्राउ गर्न ‘अप्रेसन ब्लु’ अभियान चलाएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिनुभयो।

बम्जन विगत २ महिनादेखि हात्तीगौंडामा रहेको घरमा परिवारसँगै बस्दै आएको पनि एसएसपी आचार्यले दाबी गर्नुभयो। लिटिल बुद्ध भनिने रामबहादुर बम्जनको असली नाम रामलाल बम्जन रहेको पनि प्रहरीले दाबी गरेको छ।

सीआईबीले बम्जनलाई पक्राउ गरेपछि उनका अनुयायीले सीआईबीको कार्यालय घेराउ गर्नुका साथै पूर्वराज्यमन्त्री यशोदा लामाले हिरासतमा रहेका बम्जनलाई भेट गर्नुभएको थियो।

सीआईबीले बम्जन बस्दै आएको घरबाट तीनवटा मोटरसाइकलको बिलबुक, हाइलक्सको एउटा चाबी, २० वटा पेनड्राइभ, एउटा सोनीको भ्वाइस रेकर्डर, विभिन्न ब्रान्डका मेमोरी कार्ड फेला पारेको थियो।

जुन पत्रकार सम्मेलनका क्रममा सीआईबीले सार्वजनिक गरेको थियो । यसै गरी १४ वटा मोबाइल, २ वटा ल्यापटप, ५ वटा आईप्याडसमेत प्रहरीले जफत गरेको जानकारी दिएको छ। सीआईबी प्रमुख बज्राचार्यले अन्य बेपत्ता पारिएका भनिएको विषयमा अनुसन्धान र खोजी कार्य जारी रहेको बताउनुभयो।

२०७६ साल माघ २३ गते आनीका रूपमा आश्रममा बसेकी एक किशोरीलाई यौनशोषण गरेको उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि बम्जन विभिन्न आश्रममा बस्दै आएका थिए।

प्रहरीले सिन्धुली र सिन्धुपाल्चोकबाट बम्जनलाई पक्राउ गर्न खोजेको भए पनि अनुयायीहरूको अवरोधका कारण प्रहरीले पक्राउ गर्न सकेको थिएन।

बाराको निजगढ नगरपालिका–१२ का स्थायी बासिन्दा बम्जनलाई उनका अनुयायीले भगवान् बुद्धका नयाँ अवतार भएको बताउँदै आएका छन्। बम्जनको पछि लाग्ने ठूलो समूह रहेको छ । सीआईबीले बम्जनलाई थप कारबाहीका लागि जिल्ला अदालत सर्लाही पठाएको छ।

बम्जनले पछिल्लो समय ऐयासी जीवन बिताउँदै आएका थिए । प्रहरीले बम्जनले मात्रै प्रयोग गर्ने विभिन्न महँगा ब्रान्डका मोबाइल बरामद गरेको छ।

बम्जनले आफ्नो व्यक्तिगत प्रयोजनार्थ ५ करोड पर्ने विलासी कार खरिदका लागि ३ करोड बुझाइसकेको र २ करोड बुझाउने तयारीमा रहेको पनि सीआईबीले जानकारी दिएको छ।

उनले विभिन्न ब्रान्डका मोटरसाइकलसमेत आफ्नो निजी प्रयोगका लागि खरिद गरेको सीआईबीले जानकारी दिएको छ। बम्जनको घरबाट बरामद भएको नेपाली तथा विदेशी मुद्राको स्रोत खुलेको देखिँदैन।


प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने बुधबार, वैशाख २४, २०८२
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा  ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । आइतबार, चैत २४, २०८१
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह आइतबार, माघ २०, २०८१
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार, पुस २७, २०८१
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा  औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड सोमबार, पुस १५, २०८१
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न बुधबार, भदौ १९, २०८१
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ? शनिबार, भदौ १, २०८१
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्