Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • कर्मचारीको संलग्नताबारे छानविनको विषय बनाउँदै अख्तियार
कर्मचारीको संलग्नताबारे छानविनको विषय बनाउँदै अख्तियार
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, पुस २२, २०८०
CF3F8B1F-15C8-4EDF-AB17-8214D990EFF2.jpeg

काठमाडौं । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद गर्ने क्रममा निजामती कर्मचारीको संलग्नता देखिएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि छानबिनको विषय हुने भएको छ।

सुन तस्करीमा नागरिक उड्डयन कार्यालय, गौचरनका केही कर्मचारीको समेत संलग्नता जोडिएकाको सन्दर्भलाई आयोगले समेत अनुसन्धान गर्न लागेको हो।

गत मंसिर २१ गते १४ किलो सुनसहित चन्द्र घले पक्राउ परेपछि त्यसमा निजामती कर्मचारीको समेत संलग्नता रहेको तथ्य बाहिर आएको थियो।

भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजक एक समिति बनाई त्यस विषयमा अनुसन्धान गरेको थियो । समितिले पुस ८ गते प्रतिवेदन बुझाएको थियो ।

अनुसन्धानले सुन तस्करीको कार्यमा विमानस्थलमा कार्यरत कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, सेवा निवृत्त भई हाल करारमा कार्यरत सफाइ कर्मचारी रमेश देउला, कार्यालय सहयोगी लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने/मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठले सहयोगीको भूमिका निर्वाह गरेको तथ्य बाहिर ल्याएको थियो।

भन्सार कार्यालयका अनुसार उनीहरूलाई सहयोगीका रूपमा कायम गरी गत मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।

भन्सार ऐन, २०६४ अनुसार कैद सजाय र बिगो कायम गरी मुद्दा दायर गरिएकोमा आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ अनुुसार घूस लिएको विषयमा अनुसन्धान गर्ने छ।

सुन चोरी र पैठारीको कार्यमा कर्मचारीहरुको समेत संलग्नता रहेकाले त्यस विषयमा गरिएको छानबिनको फाइल आयोगमा पठाउनुपर्ने सरकारी वकिल कार्यालयले मुद्दा चलाउने राय लेख्ने क्रममा राय दिएको थियो।

यही रायको आधारमा कार्यालयले छानबिनको फाइल आयोगमा बुझाउन लागिएको कार्यालयले जनाएको छ। जिल्ला अदालतमा पेस भएको आरोपपत्रको साथमा समावेश भएको रायमा भनिएको छ– ‘उनीहरुले डीबी भन्ने दानबहादुर गुरुङसँग घूसरिसवत लिई सुन चोरी पैठारीसम्बन्धी कार्य गरेकाले अनुसन्धानका लागि प्रतिवादीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत लेखी पठाई पाउन अनुरोध छ।’

यस विषयमा निर्णय भई फाइल आउनासाथ उजुरीका रुपमा लिएर आयोगले अनुसन्धान अघि बढाउने आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो । आयोगका अनुसार अहिलेसम्म त्यसको उजुरी परेको छैन । उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाउने प्रवक्ता घिमिरेको भनाइ छ।

प्रतिवेदनमा मीनबहादुर घलेसहित टोलीले विदेशबाट नेपालमा पटकपटक गरी हालसम्म १ सय ३८ केजी सुन अवैध रुपमा भित्र्याइएको उल्लेख गरिएको छ।

पछिल्लोपटक गत मंंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको १४ केजी सुन बरामद गरिएको विषयमा छानबिन गरी तयार पारिएको प्रतिवेदनमा खुलाइएको हो।

एक वर्षमा ५२ पटकसम्म दुबई गएको ट्राभल हिस्ट्री रहेका चन्द्र घलेले तीनपटक सुन ल्याइसकेको स्वीकार गरेका थिए । मीनबहादुर घलेले कृष्णकुमार श्रेष्ठ र चन्द्र घलेलाई परिचालन गरी दुबईस्थित अंकित अग्रवालको नामले चिनिने व्यक्ति र गुरु भन्ने व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गर्दै आएको समितिले जनाएको छ।

विमानस्थलबाट सुन बाहिर निकाल्न डीबी गुरुङले विमानस्थलमा कार्यरत कर्मचारीसँग सेटिङ मिलाउने गरेको प्रतिवेदनमा भनिएको छ। १४ किलो सुन तस्करी गर्दा ५ लाख विमानस्थलका कर्मचारीलाई, १/१ लाख आफू र डीबी गुरुङलाई र ७५ हजार चन्द्र घलेलाई दिने गरेको मीनबहादुर घलेले अनुसन्धान अधिकृतसमक्ष बयान दिएका थिए।


प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने बुधबार, वैशाख २४, २०८२
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा  ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । आइतबार, चैत २४, २०८१
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह आइतबार, माघ २०, २०८१
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार, पुस २७, २०८१
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा  औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड सोमबार, पुस १५, २०८१
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न बुधबार, भदौ १९, २०८१
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ? शनिबार, भदौ १, २०८१
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्