Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • परीक्षा प्रमुखसहित ६ जनालाई कारबाही
परीक्षा प्रमुखसहित ६ जनालाई कारबाही
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, पुस १६, २०८०
8D3A37DF-A4BA-42BE-926E-B6DCF1A97B51.jpeg

सुर्खेत। 

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले प्रश्नपत्र आउट गरेको अभियोगमा परीक्षा प्रमुखसहित ६ जना कर्मचारीलाई कारबाही गरेको छ ।विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र आउट गरेको अभियोगमा ६ जना कर्मचारीलाई कारबाही गरेको हो ।

प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नता देखिएकोले परीक्षा व्यवस्थापन कार्यालयका प्रमुखसहित सम्बन्धित शाखाका ६जना कर्मचारीहरुलाई कारबाही स्वरु निलम्बन गरिएको मध्यपश्चिम विश्वविद्यालयका उपकुल पति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए । “कमजोरी भएको छ, त्यही कमजोरी भएको देखिएकोले संलग्नलाई तत्काल निलम्बन पनि गरिएको छ, अव आउँदा दिनमा यस्ता घटना हुन नदिन विश्वविद्यालय सचेत रहेको छ” उनले भने ।

विश्वविद्यालयले क्यालेण्डर बनाएर आफ्नो शैक्षिककामहरु गर्दै आएको वेलामा परीक्षाको मर्यादा नै कमजोर बनाउने गरी  प्रश्नपत्र बाहिरिनु दुखद भएको भन्दै उपकुलपति सिंहले छानबिन प्रतिवेदनअनुसार जोसुकै दोषी होउन् कारबाही हुने र कसैले उन्मुक्ति नपाउने जिकिर गरे ।

मध्यपश्चिम विश्वविद्यालय,ग्र्याजुएट स्कुलअफ इन्जिनियरिङ अन्तरगत यही  पौष ३ गतेवाट सञ्चालन भएको ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङ तर्फ स्नातक तह छैटौँ सेमेस्टरको डिजाइन अफ स्टिल स्टकचर विषयको प्रश्नपत्र परीक्षा सञ्चालन हुनु अगावै बाहिरिएपछि उक्त विषयको परीक्षा रद्द गरी प्रश्नपत्र चुहावटको छानबिन गर्न समिति गठन गरिएको थियो ।

 छानबिन समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने ५ जना अन्य कर्मचारीहरुलाई छानबिन समितिको अन्तिम प्रतिवेदन प्राप्त नभए सम्मका लागि निलम्बन गरिएको उपकुलपति सिंहले जानकारी दिए । स्थगन भएका ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङ अन्तरगत सिभिल, कम्प्युटर तथा हाइड्रोपावर विभागका परीक्षाहरू नयाँ तालिका अनुसार संचाल नगर्नका लागि नयाँ परीक्षा व्यवस्थापन प्रमुख सहित अन्य कर्मचारीको व्यवस्था गरिएको सिंहले जानकारी दिए । परीक्षाको प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरुले परीक्षा व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन् । उपकुलपति सिंहले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न कर्मचारीहरुलाई कारबाही स्वरुप निलम्बन गरी नयाँ व्यवस्थापन गरिएको हुनाले परीक्षा व्यवस्थापन कार्यालयमा लगाइएको ताला खोल्न आग्रह गरेका  छन्  ।

परीक्षा सकिएको एक महिनाभित्र रिजल्ट आउने

मध्य पश्चिम विश्वविद्यालयका हरेक परीक्षाका रिजल्टहरु परिक्षा भएको एक महिना भित्र आउने उपकुलपति प्रा.डा. सिंहले बताए । हाल सञ्चालन गरिका परीक्षाहरू केन्द्रिकृत परीक्षा प्रणालीवाट सञ्चालन भएकाले रिजल्ट ढिलो आउने गरेको हो, यसबाट विद्यार्थीलाई मर्का पर्ने गरेको भन्दै अबदेखि परीक्षा भएको एक महिनाभित्र रिजल्ट आउने सिंहले बताए  ।

विश्वविद्यालयले परीक्षाको रिजल्ट सम्बन्धित डिनको कार्यालयबाट आउने गरी व्यवस्थापन गरेको पनि जानकारी दिए । सिंहका अनुसार अबदेखि विश्वविद्यालयका प्रत्येक डिनको कार्यालयले आफ्नो जिम्मेवारी रिजल्ट प्रकाशित गर्नेछ । यस अघि रिजल्ट लगायतका परीक्षा सम्बन्धी कामहरु परीक्षा व्यवस्थापन कार्यालयले गर्दै आएको थियो ।


प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने बुधबार, वैशाख २४, २०८२
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा  ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । आइतबार, चैत २४, २०८१
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह आइतबार, माघ २०, २०८१
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार, पुस २७, २०८१
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा  औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड सोमबार, पुस १५, २०८१
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न बुधबार, भदौ १९, २०८१
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ? शनिबार, भदौ १, २०८१
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्