Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समाइन्छ किलोको किलो सुन कमजोर सुरक्षा र सेटिङले मौलायो तस्करी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समाइन्छ किलोको किलो सुन कमजोर सुरक्षा र सेटिङले मौलायो तस्करी
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, मंसिर २५, २०८०
00E5ACEB-58E8-459C-9EDD-E545F17C469B.jpeg

काठमाडौं । 

कमजोर सुरक्षा र सेटिङका कारण मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तस्करको अखडाका रूपमा चिनिन थालेको छ।

विश्वको सबैभन्दा ठूलो सुनको बजार रहेको भारतमा अहिले विश्वभरका तस्करले नेपालको विमानस्थललाई ट्रान्जिट बनाएर सुन तस्करी गर्दै आएको जानकारहरू बताउँछन्।

पछिल्लो समय नेपालमा खाडी मुलुकबाट नेपाल आउने नेपाली तथा विदेशी यात्रुको साथबाट प्रहरीले ठूलाठूला परिमाणमा सुन समात्न थालेपछि नेपालको विमानस्थल ट्रान्जिटका रूपमा प्रयोग भएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल बताउनुहुन्छ।

लागुऔषध तस्करहरूले लागुऔषध तस्करी गर्न नेपाललाई ट्रान्जिट बनाउने प्रयास गरे पनि त्यो सफल हुन सकेको थिएन तर सुन तस्करहरूले भने नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेको मल्लले बताउनुभयो।

पछिल्लो समय दुबईबाट काठमाडौं आएको १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेको भोलिपल्ट रसुवा नाका हुँदै काठमाडौं आएको दुई किलो सुनसहित रसुवाका दुई जना पक्राउ परेका थिए।

त्यस्तै, शनिबार राति दुबईबाट नेपाल आएका एक इजिप्टसियन र दुई सुडानी नागरिकलाई विमानस्थल सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरेको थियो।

नेपालमा विशेष गरी चिनियाँ नागरिकले विभिन्न वस्तुमा राखेर सुनको तस्करी गर्ने गरेका कारण नेपाल ठूलो ट्रान्जिटका रूपमा विकास हुँदै गएको उहाँले बताउनुभयो। भारतमा सुनको माग अत्यधिक रहेको तर भारतीय सरकारले सुनको कोटा कम तोकिदिएपछि यसको तस्करी नेपालको बाटो हुँदै हुने गरेको पनि उहाँले बताउनुभयो ।

भारत सरकारले अवैध रूपमा सम्पत्ति आर्जन गर्नेविरुद्ध बेलाबेलामा अप्रेसन गर्न थालेपछि अवैध रूपमा सम्पत्ति आर्जन गर्नेहरूले सुन किनेर राख्न थालेपछि भारतमा अत्यधिक मात्रामा सुन खपत हुन थालेको छ।

नेपालमा भन्सार नाकाहरूमा विज्ञ कर्मचारीभन्दा पनि राजनीतिक सोर्सफोर्स लगाएर जाने कर्मचारी र भन्सारमा जडान गरिएका उपकरणहरूले काम नगर्दा सुन तस्करहरूले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेको ठम्याई पूर्वडीआईजी मल्लको रहेको छ।

कमजोर सुरक्षा संयन्त्र, विषयविज्ञ कर्मचारीको सही ठाउँमा सरुवा नहुनु नै यसको प्रमुख कारण रहेको बताउँदै मल्ल भन्नुहुन्छ, हाल चलनचल्तीमा रहेको भारतीय रुपियाँ २ हजारका नोट बन्दी गर्ने हल्ला भारतभर चलेपछि अवैध रूपमा रहेको रुपियाँलाई बजारमा पठाएर सुनमा लगानी गर्न थालेको पाइएको छ।

नेपालमा पनि अवैध रूपमा कमाएको धन नगदमा नै राखेका कारण बजारमा पैसाको अभाव हुन थालेकाले नेपालमा पनि नोटबन्दी गर्नुपर्ने बहस चलेपछि नेपालमा नै सुन किन्ने मानिसको संख्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको पूर्वडीआईजी मल्ल बताउनुहुन्छ।

नेपालमा पछिल्लो समय सुन तस्करी गर्ने गिरोहको पहिचान र तस्करी गरेर सुन नेपाल आउन थालेपछि सुरक्षा निकाय चनाखो भएका कारण अवैध रूपमा नेपाल भित्रने सुन पक्राउ पर्ने क्रम बढेर गएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कठायत बताउनुहुन्छ।

नेपालका सुरक्षा एजेन्सीहरू कमजोर छैनन् हामीसँग जति उपकरण हुनुपर्ने थियो त्यो पर्याप्त नभएका कारण बेलाबेलामा तस्करहरूले नेपालका सीमा क्षेत्र र विमानस्थललाई प्रयोग गर्ने गरेको भए पनि सुरक्षा निकायले त्यस्ता गतिविधिलाई निस्तेज गर्ने काम गर्दै आएको उहाँले दाबी गर्नुभयो।

खास गरी नेपालमा अरब मुलुकबाट सुन तस्करी भएर नेपाल आउने गरेको छ । यसअघि हङकङबाट तस्करी हुने सुन अहिले अरब मुलुकबाट हुने गरेको र त्यसमा भरियाका रूपमा नेपाली नागरिक प्रयोग हुने भएकाले त्योचाहिँ अहिले सुरक्षा निकायका लागि चुनौती बनेको डीआईजी कठायतले बताउनुभयो।


प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने बुधबार, वैशाख २४, २०८२
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा  ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । आइतबार, चैत २४, २०८१
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह आइतबार, माघ २०, २०८१
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार, पुस २७, २०८१
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा  औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड सोमबार, पुस १५, २०८१
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न बुधबार, भदौ १९, २०८१
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ? शनिबार, भदौ १, २०८१
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्