Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • साथी–तपाईँ उठाइदिनुस् न मेरो समस्या !
साथी–तपाईँ उठाइदिनुस् न मेरो समस्या !
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, मंसिर २२, २०८०
A2CA7786-36F2-4417-8AD2-EBA9C8FD7A17.jpeg

टिकाराम सुनुवार
जनकपुरधाम ।
 मधेस प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई महिनावारी भएकै कारण पारिवारिक तनाव कहिल्यै भएन । हुनसक्छ परिवार शिक्षित भएकाले पनि होला उहाँले  कहिल्यै छाउ बार्नुपरेन । यस्तो सहजता भने बुवाले अझ बढी सहयोग गरेकाले पनि सहज भएको उहाँको बुझाइ छ ।

“पितृसत्ता र गलत सोचको विकास घरको परिवेशले पनि निर्माण गर्ने हो । समाजले हुर्काउँछ । तर मेरो घरको परिवेशले मलाईचाहिँ सजिलो भयो । त्यसैले सोचमै समस्या हुँदा महिनावारीमा महिलाले विभेद भोग्नुपरिरहेको छ”, उहाँले भन्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतकसमेत रहनुभएकी तिवारीले आफू १३–१४ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा विभेद भोगेको भए आफ्नो सोच पनि नबदलिने सुनाउनुभयो ।

“धेरैले भन्छन् सबैभन्दा ठूलो विभेद भगवान् रिसाउने नाममा चाडपर्व र पूजाकोठामा जान नपाएर हुन्छ । तर म पहिलोपटक लक्ष्मीपूजाकै समयमा महिनावारी हुँदा बुवाले पूजा गर्न रोक्नुभएन”, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानक सन्दर्भमा हालै आयोजित कार्यक्रममा  उहाँले भन्नुभयो, “ममात्रै होइन, तराई मधेसका महिलाले सबैभन्दा ठूलो मानिएको छठ र जितिया पर्वमा महिनावारी भएकै अवस्थामा पूजा गर्न पाइन्छ । त्यसैले यो सोचमा भरपर्ने रहेछ ।”

तर महोत्तरीको लालबन्दीकी अस्मिता यादवको परिवेश भने फरक छ । महिनावारीको बेला उहाँलाई अरु सबै ठाउँमा जान दिइए पनि पूजाकोठामा जान भने अझै प्रतिबन्ध छ । अहिलेसम्म पनि पूजाकोठामा निषेध रहेको बताउने उहाँले भन्नुभयो, “मलाई महिनावारी प्राकृतिक हो भनेर सिकाइए पनि अरु ठाउँमा अवरोध कायमै छ । विद्यालय, घर, सार्वजनिकस्थलमा कुनै न कुनै नाममा विभेद हुन्छ । पर्याप्त र सहजरूपमा प्याडमा पहुँच नहुँदा आफैँलाई पनि महिनावारीको बेला असहज हुन्छ ।”

विगत लामो समयदेखि मर्यादित महिनावारीको क्षेत्रमा कार्यरत अभियन्ता डा राधा पौडेल महिनावारी विभेदले शक्ति र पितृसत्ताको निर्माण र सवलीकरण गर्ने जनाउनुहुँदै त्यसैकारण धेरै प्रयास हुँदा पनि समस्या कायम रहेको बताउनुहुन्छ । उहाँले महिनावारीका बेला भान्छामा गएर आफैँ खान नपाउनुले संविधानले दिएका १२ वटा मौलिक हक हनन हुने भन्दै सर्वोच्च अदालतले पनि छाउपडी अर्थात् महिनावारीलाई सन् २००५ मा नै मानवअधिकार हनन भनेर परिभाषित गरिसकेको स्मरण गराउनुभयो ।

उहाँ भन्नुहुन्छ, “महिनावारी नभएमा सृष्टि रोकिन्छ । तर यही नाममा धेरै विभेद भइरहेका छन् । बालविवाह, घर, विद्यालय, सार्वजनिकस्थलमा हुने अवरोधले महिलाको वृत्तिविकासमै असर गरिरहेको छ । त्यसकारण यसविरुद्ध सबै मिलेर प्रतिवाद गर्न जरुरी छ ।”

सन् २०२३ फेब्रुअरी १४ मा केन्याको सांसदमा त्यहाँका सांसदले ग्लोरिया ओओशेवाले महिनावारीको बेला रगत लागेको कपडा देखाउँदै गरेको विद्रोह र त्यसअघि सन् २०१८ जुन १८ मा स्कटल्याण्डको संसद् बैठकमा ढिलो भएकाबारे सोधिएको प्रश्नमा त्यहाँका माननीय ड्यानियल रुओलीले ‘महिनावारी भएकाले’ भन्ने जवाफ दिएर विश्वको ध्यानाकर्षण गराएजस्तै नेपालमा पनि नेतृत्व तहमा रहेकाहरूले समेत प्रतिकार, दबाब र सचेतनाका लागि सशक्त आवाज उठाउनुपर्ने डा पौडेलको धारणा छ । 

नेतृ रानी शर्मा तिवारीले पनि महिनावारीमा विभेद गर्दाको असर बालबालिका र सिङ्गो परिवारले भोग्नुपर्ने भन्दै त्यसविरुद्ध सचेतना अभिवृद्धि गर्न आग्रह गर्नुभयो । प्रदेशसभा सचिवालयका शौचालयमा स्यानिटरी प्याड राख्न डेलिगेसन गएको स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो, “महिलाले आफ्नो समस्याबारे खुलेर कुरा राख्नुपर्छ । आमा र केटी साथीलाई पनि भन्नुपर्छ । मैले त घरमा मात्रै होइन, संसद्मा रहेका पुरुष साथीलाई पनि ‘तपाईँहरू पनि उठाइदिनुस् न मेरो समस्या’ भन्ने गरेको छु ।”

प्रदेशसभा सदस्य माला कर्ण पनि महिनावारीले मानसिकरूपमै दबाब सिर्जना गर्ने भन्दै त्यस्तो अवस्था आउनुमा सबैको भूमिका रहेको बताउनुहुन्छ । “महिनावारी नभएमा सृष्टि नै चल्दैन भन्ने थाहा छ । तर त्यही नाममा हुने विभेदले महिलालाई मानसिक, शारीरिकलगायत अन्य जोखिम बढाइरहेको छ । त्यसकारण यसविरुद्ध घरघरमा जनचेतना बढाउन आवश्यक छ”, उहाँ भन्नुहुन्छ ।

मधेस प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक कुमरकान्त झाले महिनावारीबारे पहिलो शिक्षक आमा र पहिलो विद्यालय परिवारबाटै सही अभ्यास सिकाउन जरुरी रहेको बताउनुभयो । उहाँले मधेस प्रदेशसभा रहेको बालिका संरक्षणसम्बन्धी विधेयकमा महिनावारी शिक्षा अभियानमै अगाडि बढाउने विषय समावेश गर्नसके धेरै समस्या समाधान हुने बताउनुभयो ।

त्यसैगरी जनमत पार्टीका नेता एवं प्रदेशसभा सदस्य सञ्जयकुमार यादवले मर्यादित महिनावारीका लागि पाठ्यक्रममै राखेर सुरुदेखि नै असल सन्देश दिनुपर्ने र त्यसका लागि आफूले पनि प्रदेशसभामा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अहिले विश्वभरि लिङ्गका आधारमा मान्छेमाथि हुने सबैखाले हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ । हरेक वर्ष अङ्ग्रेजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो दिवसकै एक अभिन्न दिनका रूपमा आज डिसेम्बर ८ का दिन ‘मर्यादित महिनावारी दिवस’ मनाइँदैछ ।

नेपालले विसं २०५४ देखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै आएको छ भने सन् २०१९ अर्थात् २०७६ देखि मर्यादित महिनावारी दिवस मनाउन थालिएको छ । नेपालमा राधा पौडेल फाउण्डेशनलगायत सामाजिक संस्थाले मर्यादित महिनावारीबारे बहस चलाइरहेका छन् ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १४:०९
#समाज
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने बुधबार, वैशाख २४, २०८२
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा  ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । आइतबार, चैत २४, २०८१
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह आइतबार, माघ २०, २०८१
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार, पुस २७, २०८१
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा  औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड सोमबार, पुस १५, २०८१
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न बुधबार, भदौ १९, २०८१
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ? शनिबार, भदौ १, २०८१
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्