Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • जनकपुरधाममा छठ पर्वको तयारी
जनकपुरधाममा छठ पर्वको तयारी
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, कात्तिक ३०, २०८०
073D585C-77C4-4025-8FF1-C9AA72758CF2.jpeg

धनुषा । दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ ।

कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको डा राजेन्द्र बिमलले बताउनुभयो । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ ।

प्रत्येक वर्ष छठ मनाउनेहरू वृद्धि भइरहेकाले यस पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ । विगतभन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीय प्रमेश्वर साहले बताउनुभयो । यसवर्ष मङ्सिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुने गर्छ ।

अहिले गाउँगाउँ घरघरमा छठ पर्वका गीत गुन्जिने गरेको पाइन्छ । छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित तपोनरायण झाले बताउनुभयो । अर्काे दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ । 

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा भीड लाग्ने गर्दछ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको पण्डित कुशेश्वर उपाध्यायको भनाइ छ ।

ज्योतिषशास्त्रका आधारमा छठ पर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलकारी पनि मानिएको बाबा विभाष लाभले बताउनुभयो । छठ पर्वको मुख्य प्रसादका रूपमा रहेका ठकुवा, भुसबा, केरा, फलफूल, मीठाइ, अदुवा, मटोबाट बनेको हाती, कुर्वार, दियो, घैटो, उखुलगायत बासबाट बनेका अन्य सामग्री रहने गर्छ ।

छठका लागि जनकपुरधाम नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको धनुषाका प्रहरी प्रवक्ता निरज आवाले जानकारी दिनुभयो । छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उहाँको भनाइ छ ।
 
चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठ पर्वको सुरुआत भएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णव बताउनुहुन्छ ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्त्व पनि त्यत्तिकै महत्त्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्त्वपूर्ण हुने गरेको जानकार रोशन जनकपुरीको भनाइ छ । उहाँले भन्नुभयो, “भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर छ ।”


प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने बुधबार, वैशाख २४, २०८२
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा  ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । आइतबार, चैत २४, २०८१
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह आइतबार, माघ २०, २०८१
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार, पुस २७, २०८१
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा  औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड सोमबार, पुस १५, २०८१
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न बुधबार, भदौ १९, २०८१
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ? शनिबार, भदौ १, २०८१
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्