Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल संसार
  • Home
  • खेल संसार
  • एपीएफको उपाधिमा ह्याट्रिक, हेल्प नेपाल च्याम्पियन
एपीएफको उपाधिमा ह्याट्रिक, हेल्प नेपाल च्याम्पियन
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, माघ ७, २०८०
C59ED942-8894-49E9-ADD7-85B1120A19FF.jpeg

पोखरा । 

नेपालएपीएफ क्लबले टाइगरकपअन्तर्गत महिला भलिबलतर्फ उपाधिमा ह्याट्रिक गरेको छ। शनिबार सम्पन्न फाइनल खेलमा न्यु डायमन्डलाई ३–० को सोझो सेटमा हराउँदै चौथो संस्करणको टाइगरकपमा उपाधि जितेको हो।

टाइगर ग्रुपअफ पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल कोर्टमा भएको फाइनल खेलमा न्यु डायमन्डले खराब प्रदर्शनी गर्‍यो। खेलमा हाबी भएको एपीएफले पहिलो दसेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो।

दोस्रो सेटमा २५–१८ को जित हासिल गरेको एपीएफले तेस्रो सेटमा २५–२१ ल्याउँदै च्याम्पियनमा ह्याट्रिक गर्न सफल भएको हो । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेको छ।

पहिलो संस्करणदेखि फाइनलमा पुगेको एपीएफ टोली दोस्रो संस्करणदेखि च्याम्पियन बन्दै आएको छ। एपीएफ पहिलो संस्करणको उपविजेता समेत हो । यस्तै न्यु डायमन्डले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेको छ।

पुरुषतर्फ फाइनल जित्दै उपाधिमा तेस्रो पटकको च्याम्पियन बन्ने दाउमा रहेको गण्डकी प्रदेश हेल्प नेपाल स्पोट्र्स सामु ३–१ ले स्तब्ध भएको छ। गण्डकीको पनि प्रदर्शनी खराब रह्यो।

समूह चरणको खेलमा हेल्प नेपाल माथि ३–२ को जित निकालेको गण्डकीलाई निकै दबाबमा राख्दै हेल्प नेपालले लगातार पहिला र दोस्रो सेट आफ्नो पक्षमा पार्‍यो।

पहिलो सेटमा २५–१३ र दोस्रो सेटमा २५–१८ सहज जित निकाल्यो। तेस्रो सेट भने निकै रोमाञ्चक बन्यो। सोझो सेटमै पाखा लाग्न लागेको गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै खेलामा फर्किएको थियो।

खचाखच दर्शकले भरिएको कोर्टमा गण्डकीको योत्रा टुंगियो भन्दै दर्शक बाहिर निस्कन थालेका थिए। उक्त सेटमा हेल्प नेपाल २३–२० को स्थितिमा पुग्दा आयोजकले दर्शक जान थालेपछि माइकबाटै गेटको ताला खोल्न सूचना दिन बाध्य भएको थियो।

हेल्प नेपाल २४–२१ को स्थितिमा पुगेपछि भने गण्डकीले उत्कृष्ट प्रदर्शन गर्दै २६–२४ ले तेस्रो सेट आफ्नो पक्षमा पारेको थियो। चौथो सेटमा भने पुनः हेल्प नेपाल हाबी हुँदै २५–१७ ले हराउँदै च्याम्पियन बन्न सफल भयो।

गण्डकी पहिलो र तेस्रो संस्करणको च्याम्पियन हो। उपाधिसँगै हेल्प नेपालले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ र गण्डकीले दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गरेको छ।

निरुता र फखर सर्वाेत्कृष्ट

प्रतियोगितामा महिलातर्फ एपीएफ क्लबकी निरुता ठगुन्ना सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। पुरुषतर्फ भने हेल्प नेपालका पाकिस्तानी खेलाडी फखर उदिन सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरू दुवैले नगद २५ हजार पाँच सय ५५ रुपैयाँ हात पारे।

विधागत महिलातर्फ स्पाइकर एपीएफकी सरस्वती चौधरी, सर्भर न्यु डायमन्डकी बालमीका आचार्य, सेटर एपीएफकी जोस्ना महतो, ब्लकर त्रिभुवन आर्मीकी सुनिता खड्का, लिब्रो डायमन्डकी सलिना श्रेष्ठ र प्रशिक्षक एपीएफका महेश चौधरी उत्कृष्ट घोषित भए।

पुरुषतर्फ स्पाइकर हेल्प नेपालका मजहर अलि, सर्भर गण्डकीका हिमाल सुनारी, सेटर हेल्प नेपालका मोहम्मद कशिफ नाभिद, ब्लकर गण्डकीका रामस्वामी, लिब्रो हेल्प नेपालका दीपक थापा र प्रशिक्षक हेल्प नेपालका उत्सव खड्का उत्कृष्ट घोषित भए।

विधागत उत्कृष्ट सबैले आकर्षक गिफ्ट र ट्रफी हासिल गरे।


प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप खेल संसार
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । बुधबार, वैशाख ३, २०८२
नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा
नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा बुधबार, चैत २१, २०८०
नेपाली महिला टोली एसिया कपमा
नेपाली महिला टोली एसिया कपमा बुधबार, चैत १४, २०८०
नेपालले चुनौती पाएन
नेपालले चुनौती पाएन बुधबार, चैत १४, २०८०
नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै
नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै शनिबार, फागुन २६, २०८०
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन शुक्रबार, फागुन १८, २०८०
साम्बाले वाफको फाइनल नखेल्ने
साम्बाले वाफको फाइनल नखेल्ने बुधबार, फागुन १६, २०८०
नेपालले गुमायाे सातौं विकेट
नेपालले गुमायाे सातौं विकेट बिहीबार, फागुन ३, २०८०
वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित सोमबार, माघ २२, २०८०
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्