Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल संसार
  • Home
  • खेल संसार
  • ललितपुर सिटीले जित्यो एनएसएलको नेपाल सुपरलिग
ललितपुर सिटीले जित्यो एनएसएलको नेपाल सुपरलिग
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, पुस १५, २०८०
831AA647-D9C3-4C5E-92CA-627E51CE30C6.jpeg

काठमाडौं । 

ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि शनिबार जितेको छ। दशरथ रंगशालामा भएको फाइनल खेलमा ललितपुर सिटीले धनगढी एफसीलाई ३–२ गोलअन्तरले हराएको हो।

ललितपुर पहिलो फाइनलमै उपाधि जित्न सफल भयो पनि । टोलीलाई जित दिलाउन इमोह एजेकेलले दुई तथा दिनेश हेन्जनले एक गोल गरेका थिए।

पहिलो गोल बेहोरेर पछि परेको ललितपुरका लागि इमोहले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए। उनले डिबक्स भन्दा बाहिरबाट गरेको फ्रिकिकलाई सीधै गोलमा परिणत गरेका थिए । बल धनगढीका गोलकिपर मोहम्मद टाहाको नजिकै आए पनि उनले बचाउन सकेनन्।

यो गोलसँगै पहिलो हाफ १–१ बराबरीमा सकियो। यो गोल नै ललितपुरका लागि टर्निङ प्वाइन्ट भएको कोच एन्ड्रुयुले बताएका थिए। नभन्दै दोस्रो हाफ शुरु भएको केही क्षणमै ललितपुर अग्रता बनाउन पनि सफल भयो।

५०औं मिनेटमा बायाँ विंगबाट आदित्य शाक्यले बल धनगढीको बक्समा ल्याए। उनले बल दिनेशतिर पास गरे । यही पासमा दिनेशले कुनै गल्ती नगरी गोल गरे। यो गोलले ललितपुरलाई २–१ अग्रतामा राख्यो।

५८औं मिनेटमा इमोहले उत्कृष्ट गोल गरे। अनन्त तामाङले दिनेशको लागि बल पास गरे। दिनेशले त्यो बललाई क्रस गरे तर, रिचार्ड अग्यमाङले क्लियर गरेको बल पापा केबेको मुखमा लागेर पोस्ट तिर गयो।

गोलकिपर टाहाले त्यो बल बचाउन अघि बढेका थिए। तर, उनी बलसम्म पुग्न अघि नै इमोहले ओभर हेड प्रहार गर्दै उत्कृष्ट फिनिस गरे। यो गोलसँगै ललितपुर ३–१ को सुरक्षित अवस्थामा पुगेको थियो।

ललितपुरको प्लेअफ यात्रा नै कठिन भएको थियो। ललितपुर लिग चरणमा काठमाडौंसँग पराजित भएको थियो। तर, गोलभिन्नताको आधारमा झापालाई पछि पारेर ललितपुर चौथो स्थानमा रहेर प्लेअफमा पुगेको थियो।

इलिमिनेटर खेलमा ललितपुरले काठमाडौंलाई ३–० ले हरायो भने दोस्रो क्वालिफायर खेलमा पोखरा थन्डर्सलाई २–१ ले हराएर फाइनलको यात्रा तय गरेको थियो। पोखरा लिगमा पहिलो स्थान लिएको टोली थियो। फाइनलमा लिगमा दोस्रो स्थानमा रहेको धनगढीलाई पनि हराएर ललितपुरले अन्ततः उपाधि नै हात पार्‍यो।

निरास धनगढी

धनगढीको लागि भने यो संस्करण पनि फापेन । धनगढी लगातार दोस्रोपटक फाइनलमा पराजित भएको छ। गत पहिलो संस्करणमा धनगढी काठमाडौं रेजर्ससँग पराजित भएर उपाधिबाट विमुख भएको थियो । त्यसो त फाइनलमा धनगढीले खेलमा पहिले अग्रता लिएको थियो।

ओलावाले आफिजले पहिलो हाफमा गोल गर्दै धनगढीलाई १–० को अग्रता दिलाएका थिए । यसपछि ललितपुरबाट ३ गोल बेहोरेपछि धनगढीको लागि उपाधि जित्ने सम्भावना सकिएको थियो।

यद्यपि, अन्तिमतिर अहमद हिजाजीले गोल गरे पनि त्यतिबेलासम्म अर्को गोल फर्काउन समय पनि पर्याप्त पुगेन र धनगढी यसपटक पनि निरास हुनुपर्‍यो ।

विदेशीबाट ५६ गोल
प्रतियोगितामा कुल ४० खेल सञ्चालन हुँदा ८० गोल भएको थियो । यसमा सबैभन्दा बढी गोल विदेशी खेलाडीले गरेका थिए। विदेशी खेलाडीले ५६ गोल गर्दा नेपाली खेलाडीले २४ गोल गरे।

व्यक्तिगतरूपमा ललितपुर सिटीका इमोह इजिकेलले सर्वाधिक ६ गोल गरेका थिए। उनले फाइनलमा दुई गोल गरे। ५–५ गोल गर्नेमा वीरगञ्ज युनाइटेड एफसीका विलियम ओपोकु र पोखरा थन्डर्सका मोसेस ग्याबो रहे।

ओपोकुले ह्याट्रिक गरेको प्रतियोगितामा एक मात्रै थियो। यस्तै ४–४ गोल गर्नेमा धनगढीका दुई खेलाडी ओलावाले आफिज र अहमद हिजाजी रहेका थिए। फाइनलमा यी दुवैले गोल गरेका थिए।


प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०८:५०
#खेलशाला
प्रतिक्रिया दिनुहोस्
थप खेल संसार
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । बुधबार, वैशाख ३, २०८२
नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा
नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा बुधबार, चैत २१, २०८०
नेपाली महिला टोली एसिया कपमा
नेपाली महिला टोली एसिया कपमा बुधबार, चैत १४, २०८०
नेपालले चुनौती पाएन
नेपालले चुनौती पाएन बुधबार, चैत १४, २०८०
नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै
नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै शनिबार, फागुन २६, २०८०
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन शुक्रबार, फागुन १८, २०८०
साम्बाले वाफको फाइनल नखेल्ने
साम्बाले वाफको फाइनल नखेल्ने बुधबार, फागुन १६, २०८०
नेपालले गुमायाे सातौं विकेट
नेपालले गुमायाे सातौं विकेट बिहीबार, फागुन ३, २०८०
वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित सोमबार, माघ २२, २०८०
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्