Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल संसार
  • Home
  • खेल संसार
  • मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान
मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीलाई सम्मान
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, मंसिर २१, २०८०
F8C4E6E7-5C1E-42E3-8691-900B8AA0BCBE.jpeg

जनकपुरधाम । मङ्सिर १५ गते पोखरा रङ्गशालामा सम्पन्न केपी ओली कप टी–२० प्रतियोगिताको उपाधि जितेको मधेस प्रदेश क्रिकेट टोलीका खेलाडीहरूलाई सम्मान गरिएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधामस्थित मधेस भवनमा रहेको आफ्नै निवासमा बोलाएर खेलाडीहरूलाई सम्मान गर्नुभएको हो । त्यस अवसरमा मुख्यमन्त्री यादवले नियमित प्रशिक्षण र उपयुक्त पूर्वाधारसहितको खेलमैत्री वातावरणको अभावमा पनि व्यावसायिक टोलीलाई हराएर उपाधि उचालेको भन्दै खेलाडीहरूको प्रशंसा गर्नुभयो ।

उहाँले विजेता टोलीलाई प्रोत्साहनस्वरुप रु पाँच लाख नगद दिने घोषणा गरिसकेको र अरू समस्या समाधानका लागि चाँडै खेलाडीहरूसँग बसेर आवश्यक निर्णय गर्ने बताउनुभयो ।  “प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ, अब प्रदेशसभामा दर्ता गरिएको प्रदेश खेलकुद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएमा आठै जिल्लामा खेल पूर्वाधार, आवश्यक प्रशिक्षक र खेलाडीहरूको जीविकोपार्जनका लागि ठोस काम अगाडि बढाउने छौँ”, मुख्यमन्त्री यादवले भन्नुभयो, “त्यसका साथै मधेस प्रदेशलाई खेलकुदको ‘हब’ बनाउन श्रीराम जानकी बहुउद्देश्यीय रङ्गशालाको निर्माणका लागि पहल भइरहेको पनि यहाँहरू सबैलाई जानकारी नै छ, प्रदेश सरकार खेल क्षेत्रको प्रवद्र्धन र खेलाडीको हौसला बढाउनका लागि प्राथमिकताका साथ काम गरिरहेको छ ।”

त्यसैगरी खेलाडीहरूले आफूहरूले भोगिरहेका समस्या तथा प्रदेश सरकारले तत्काल गर्नुपर्ने कामका विषयमा मुख्यमन्त्री यादवको ध्यानाकर्षण गराउनुुभएको थियो । सो टोलीका प्रशिक्षक सुनिलकुमार साहले मधेस प्रदेशको पहिचानलाई उचो बनाउन क्रिकेट क्षेत्रले महत्वपूर्ण योगदान गर्नसक्ने भए पनि उचित अवसरको अभावमा प्रतिभावान् खेलाडी पलायनको अवस्थाबाट रोक्न जरुरी रहेको बताउनुभयो ।

आर्थिक अभाव, न्यूनतम सुविधासहितका खेलमैदान र पर्याप्त प्रशिक्षक नहुँदा खेलाडी पलायन भइरहेकाले त्यसलाई रोक्न प्रदेश सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने उहाँको भनाइ थियो । “केही समयमै हाम्रो टोलीका पाँच प्रतिभावान खेलाडी पलायन भइसकेका छन्, हाल बाँकी खेलाडीहरूमध्ये ८० प्रतिशत जति भारतमा आफैँ लगानी गरेर बसिरहेका छन्, उनीहरू पनि कुन दिन छाडेर जान्छन् भन्न सकिने अवस्था छैन, त्यसैकारण सरकारले गम्भीर भएर सोच्न जरुरी छ”, साहले भन्नुभयो ।

कप्तान हरिशङ्कर साहले पनि आफ्नो टोली छाडेर गएका खेलाडीहरू रहेको व्यावसायिक आर्मी क्लबसँग प्रतिस्पर्धा गरेर उपाधी उचाल्नु चुनौतिपूर्ण भए पनि बाँकी क्षमतावान खेलाडीको सहारामा प्रतियोगिता जित्नु सिङ्गो मधेश प्रदेशकै गौरवको विषय भएको बताउनुभयो ।

साहले सामान्य जीविको चलाउन पनि परिवारमै निर्भर हुनुपर्ने, मापदण्डानुसारको खेलमैदानको अभाव, अनुभवी प्रशिक्षक नहुनेजस्ता समस्या समाधानका लागि मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।

पोखरा रङ्गशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले रु पाँच लाखसहित ट्रफी उचालेको थियो ।


प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
थप खेल संसार
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । बुधबार, वैशाख ३, २०८२
नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा
नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा बुधबार, चैत २१, २०८०
नेपाली महिला टोली एसिया कपमा
नेपाली महिला टोली एसिया कपमा बुधबार, चैत १४, २०८०
नेपालले चुनौती पाएन
नेपालले चुनौती पाएन बुधबार, चैत १४, २०८०
नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै
नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै शनिबार, फागुन २६, २०८०
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन शुक्रबार, फागुन १८, २०८०
साम्बाले वाफको फाइनल नखेल्ने
साम्बाले वाफको फाइनल नखेल्ने बुधबार, फागुन १६, २०८०
नेपालले गुमायाे सातौं विकेट
नेपालले गुमायाे सातौं विकेट बिहीबार, फागुन ३, २०८०
वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित सोमबार, माघ २२, २०८०
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्